नागरिक उन्मुक्ति पार्टीको वडा नं. ३ मा प्रथम वडा भेला सम्पन्न

शेयेर गर्नुहोस

माेहित श्रीपाइली,
टीकापुर/नागरिक उन्मुक्ति पार्टीको वडा नं. ३ काे प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।

शनिबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ३ मा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम वडा भेला तथा वडा समिति गठन कार्य सम्पन्न गरिएको हाे ।
टीकापुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्षता रामसेवक महत्ताेकाे अध्यक्षतामा भएको वडा भेला तथा वडा कमिटी गठन कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु प्रमुख अतिथि रहनुभएकाे थियाे ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा वडा नं. ४ का वडा अध्यक्ष लालविर चाैधरी, केन्द्रीय सदस्य दिपक निसानी र वडा नं. ५ का वडा अध्यक्ष राम शंकर डगाैरा थारु लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

लक्ष्मण चौधरीकाे संयाेजकत्वमा ३१ सदस्यीय वडा समिति गठन भएको छ । जसकाे सह- संयाेजकमा साेम प्रकास चाैधरी, काेषाध्यक्षमा भागि देवि कनमी, सचिवमा पुजा वि.क. र सह-सचिवमा शिवलाल चाैधरी चयन हुनुभएको छ ।

केन्द्रीय सदस्य तथा कार्यपालिका सदस्य रमेश वि.क.,ले स्वागत गर्नुभएको कार्यक्रम संचालन केन्द्रीय सदस्य बलविर थारुले गर्नुभएको थियाे । पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले विभिन्न वडामा आफ्नो संगठन विस्तार गरिरहेको छ ।
नागरिक उन्मुक्ति पार्टी दर्ता भइ संगठन विस्तार गर्न लागे संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

व्यवसाय प्रबद्र्धनका लागि युवा उद्यमीलाई तालिम

व्यवसाय प्रबद्र्धनका लागि युवा उद्यमीलाई तालिम दिईएको छ । युवा उद्यमी मञ्च कैलालीको आयोजनामा धनगढीमा युवा उद्यमीहरुलाई व्यवसाय प्रबद्र्धनका लागि तालिम दिईएको हो । कैलाली

अझै पढ्नुहोस्
समाचार

कारबाहीका लागि प्रकाउ परेका बडैलालाई भगाय मन्त्री धामिले

जमुना न्युरे,धनगढी /सुदूरपश्चिम प्रदेश उधोग ,पर्यटन ,वन तथा वातावरण मन्त्री रमेश धामिले कैलाली जिल्लाको भजनि नगरपालिका वडा ९ आमवारी मा रहेको सयपत्री सामुदायिक बनमा बिगत

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा उद्योगका नाममा रहेका जग्गाको अध्ययन प्रतिवेदन सार्बजानिक

टीकापुर/टीकापुर नगर विकासस मितिको २०५४ साल कार्तिक ११ गते  समितिका अध्यक्ष नैन बहादुर स्वारको अध्यक्षतामा बसेको बोर्ड बैठकले गरेको निर्णयअनुसार औद्योगिक क्षेत्रका लागि पलानिङ गरी 

अझै पढ्नुहोस्
पर्यटन

मिचाहा प्रजाति हटाउने कार्य बजेट अभाबले रोकियो

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको बिश्व रामसार सुचिमा शुचिकृत घोडाघोडी ताल नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) घोडाघोडी तालमा मिचाहा प्रजाती बेसरम लाई हटाइउने कार्य

अझै पढ्नुहोस्