नागरिक उन्मुक्ति पार्टीको टीकापुरमा कार्यकर्ता भेटघाट तथा सम्पर्क कार्यालय उद्घाटन

शेयेर गर्नुहोस

अप्सरा बुढा,
टीकापुर/नागरिक उन्मुक्ति पार्टीको टीकापुरमा कार्यकर्ता भेटघाट तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार कैलालीको टीकापुर नगरपालिका वडा नं. १ मा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चाैधरीलेकाे सभापतित्वमाा कार्यकर्ता भेटघाट तथा सम्पर्क कार्यालय उद्घाटन गरिएको हाे ।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारुकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यकर्ता भेटघाट तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा सयाै जनाले विभिन्न पार्टीबाट नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् । नेकपा एमालेका ललित ताम्राकार, पत्रकार तथा नेकपा माओवादी केन्द्रका गणेश चाैधरी लगायत सयाै जनाले नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता दामोदर पण्डित, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य लक्ष्मण किशोर चाैधरी, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य पुन्न बहादुर बुढा, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य याेगेन्द्र तामाङ घिसिङ , नेकपा एमालेबाट प्रवेश गरेका समाजसेवी ललित ताम्राकार , समाजसेवी तथा त्रिभुवन माविका प्राचार्य उल्का देवि वि.क.लगायतकाले शुभकामना मन्तव्य राख्नु भएको थियाे ।

कार्यक्रम संचालन नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य राम बहादुर बखरियाले गर्नु भएको थियाे ।
पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले विभिन्न वडामा आफ्नो संगठन विस्तार गरिरहेको छ । नागरिक उन्मुक्ति पार्टी दर्ता भइ संगठन विस्तार गर्न लागे संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेपाली हर्ट ग्रुप नेपालले गर्‍यो सहारा घरमा खाद्यान्न सहयोग

सुखड । कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा रहेको असहायका लागि सहयोगी हात नेपालद्वारा सञ्चालित सहारा घरमा नेपाली हर्ट ग्रुप नेपालले बृहत् सहयोग सामाग्री हस्तान्तरण गरेको छ

अझै पढ्नुहोस्
समाचार

नेपाल ट्रेड युनियन काँग्रेसले श्रमिक पोष्ट डिजिटल पत्रिकाको प्रकाशन शुरु

काठमाडौ/नेपाल ट्रेड युनियन काँग्रेस प्रचार विभागले श्रमिक पोष्ट नामक डिजिटल पत्रिकाको प्रकाशन शुरु गरेको छ । काठमाडौँमा आज आयोजित कार्यक्रममा ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र

अझै पढ्नुहोस्
समाचार

रुख सडकमा खस्दा दुई दिन देखि टीकापुर पार्क राेड अवरुद्ध, विजुलिका पाेल टुट्दा पार्क क्षेत्र अन्धकार

एल बी बुढा,टीकापुर/ कैलालीको टीकापुरमा सिमलकाे रुख पार्क सडक खस्दा दुई दिन देखि टीकापुर पार्क राेड अवरुद्ध भएको छ । शनिबार आएको हावाहुरीले करिव सय

अझै पढ्नुहोस्
समाचार

हरियाली सामुदायिक वनको साधारण सभा सम्पन्न

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडि नगरपालिका वडा ५ देउकलियामा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समुहको १४ औ साधारणसभा तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। वनका

अझै पढ्नुहोस्