नागरिक उन्मुक्ति पार्टीको वडा नं. १ मा प्रथम वडा भेला सम्पन्न

शेयेर गर्नुहोस

धनसरा बुढा,
टीकापुर/नागरिक उन्मुक्ति पार्टीको टीकापुर १ मा प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।

शनिबार कैलालीको टीकापुर नगरपालिका वडा नं. १ मा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको हाे ।
केन्द्रीय सदस्य तथा वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारुकाे अध्यक्षतामा भएको वडा भेला तथा वडा कमिटी गठन कार्यक्रममा केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता दामोदर पण्डित प्रमुख अथिति रहनु भएको थियोे ।

कार्यक्रममा केन्द्रीय सदस्य लक्ष्मण किशोर चाैधरी, त्रिभुवन माविका प्राचार्य उल्खा देविवि.क., पत्रकार गणेश चाैधरी, मेरी आमा संस्थाका संचालक दिव्या चाैधरी,जिल्ला सदस्य रुपलाल वि.क.लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

भेलाले चमन चौधरीकाे संयाेजकत्वमा २१ सदस्यीय वडा समिति गठन भएको छ । जसकाे सह- संयाेजकमा निशान चाैधरी, काेषाध्यक्षमा सम्झना चाैधरी , सचिवमा कमल शाह र सह-सचिवमा दुर्गा वि.क.चयन हुनुभएको छ ।
केन्द्रीय सदस्य तथा कार्यपालिका सदस्य रमेश वि.क.ले स्वागत गर्नुभएको कार्यक्रम संचालन केन्द्रीय सदस्य बलविर थारुले गर्नुभएको थियाे ।

पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले विभिन्न वडामा आफ्नो संगठन विस्तार गरिरहेको छ । नागरिक उन्मुक्ति पार्टी दर्ता भइ संगठन विस्तार गर्न लागे संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिरहेको बताइएको छ ।

ताजा खबर

Ruletka na prawdziwe pieniądze – poradnik dla graczy

Iris Android-App: APK-Download und Sicherheit

Mobile casino fruit machines: what Aussie players should weigh before spinning

मान्छेको ज्यान लिएको बाघको गतिविधि गाउँतिर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

लाइटहरु गुणस्तरीय नभएको पाइएको छ

धनगढी/धनगढीमा झिलिमिली पार्न लगाइएका लाइटहरु गुणस्तरीय नभएको पाइएको छ। धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानहरूमा जडान गरिएका सडक बत्तिहरु गुणस्तरहीन भएको पाइएको हो। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल

अझै पढ्नुहोस्
समाचार

दश वर्ष पुग्दा पनि गरेन पालिकाले फोहोर व्यवस्थापन

जमुना न्युरे/कैलालीमा वन्यजन्तु हिँड्ने बाटोमा नगरपालिकाले फोहर बिसर्जन गर्ने गरेको छ । केही दिनका लागि अस्थायी रुपमा ‘डम्पिङ साइट’ बनाउन अनुमति लिए पनि गौरीगङ्गा नगरपालिकाले

अझै पढ्नुहोस्