नागरिकको सुरक्षामा नेपाली सेनाको योगदान सह्रानीय : प्रदेश प्रमुख मियाँ

शेयेर गर्नुहोस

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नेपाली सेनाले नागरिकहरूको सुरक्षामा दिएको योगदान सह्रानीय रहेको भन्दै प्रशंसा गरेका छन् ।

सुदूरपश्चिम पृतना हेडक्वार्टरको आयोजनामा महाशिवरात्रि तथा २६२ औँ नेपाली सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख मियाँले प्राकृतिक विपद्, भूकम्प, बाढी पहिरो लगायत महामारीमा पनि नेपाली सेनाले जनताको सुरक्षामा देखिएको भूमिका उत्कृष्ट रहेको बताएका थिए ।

विविध सैनिक प्रदर्शन तथा युनिटी रन २०८१ मा सहभागी भएका प्रदेश प्रमुख मियाँले सेनाले राष्ट्रले दिएको जिम्मेवारी कुशलतापूर्वक ढंगले निर्वाह गरेको समेत बताए ।

‘नेपाली सेनाले स्थापनाकालदेखि नै नेपालीहरूको सुख दुखमा हातेमाले गर्दै आएको इतिहास हामीसँग छ’ उनले भने, ‘आफ्नो प्राथमिक जिम्मेवारीहरूको अलवा राष्ट्र विकास, प्राकृतिक संरक्षण तथा अन्तराष्ट्रियस्तरमा समेत शान्ति स्थापना कार्यमा नेपाली सेनाले पुराएको योगदान प्रशंसनीय रहेको छ । ’

प्रदेश प्रमुख मियाँले विभिन्न खेल , सैनिक प्रदर्शनी तथा कला संस्कृति प्रदर्शनको माध्यमबाट राष्ट्रिय एकतालाई अझै बलियो बनाउने विश्वास व्यक्त गरेका थिए ।

त्यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले राष्ट्रिय एकता र विकासमा सेनाको भूमिका महत्त्वपूर्ण रहेको बताएका थिए ।

उनले नेपाली सेना राष्ट्रको गौरवशाली सङ्गठन भएको बताउँदै भौगोलिक अखण्डता, स्वाधीनता, सार्वभौम सत्ता तथा राष्ट्रिय एकताको रक्षा गर्नु यसको महत्त्वपूर्ण जिम्मेवारी रहेको बताए।

सुदूरपश्चिम पृतनाका उपरथी प्रकाश देउजाले नेपाली सेनाले विभिन्न प्राकृतिक प्रकोप, विपद् व्यवस्थापन, जनसुरक्षा, विकास निर्माण तथा संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्दै जनताको विश्वास जित्न सफल भएको बताएका थिए । नेपाली सेना सांस्कृतिक विविधताभित्र एकता कायम राख्दै राष्ट्रसेवामा समर्पित रहेको उनको दाबी थियो ।

कार्यक्रममा ५ किलोमिटर तथा १० किलोमिटरको पुरुष तथा महिला विजेताहरूलाई पुरस्कार प्रदान गरिएको थियो । प्रदेश प्रमुख मियाँले रिबन काटेर दौडको उद्घाटन गरेका थिए । कार्यक्रममा सातै प्रदेशको संस्कृति झल्किने झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो । नेपाली सेनाले जनताको उद्धार गर्दा तथा युद्धमा सामेल हुँदा प्रयोग गरिने उपकरण तथा साधनहरूको पनि प्रदर्शन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Värdefulla tips och detaljer kring snatch-casinos.com.se för smarta casinospelare

Essential insights concerning kinbet platform features and functionality

Einsteiger Tipps für ein faires Spiel mit donbet casino und attraktiven Gewinnen erwarten Sie

Distintivi ambienti e cazimbos.co.it per un design che esprime la tua personalità unica e raffinata

Glücksspiel-Hauptstadt bei Great Slots Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

महिला संघ कैलालीले बुझायो ज्ञापन पत्र

धनगढी/१६ वर्षीया बालिका इनिशा विकमाथि भएको सामूहिक बलात्कार तथा हत्या घटनाको विरोधमा नेपाल महिला संघ कैलालीले सरकारको ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालय कैलालीलाई ज्ञापन पत्र

अझै पढ्नुहोस्