TRENDING
Try Out a Free Game Casino
Slottika – новая волна азартных ощущений в Казахстане
Checklist of Online Casinos That Accept Bitcoin: Explore the Future of Gaming
The Ultimate Guide to Roulette Betting
Next
Prev

नदी कटानी रोक्न धनगढीको मोहना क्षेत्रमा ३२ हजार बिरुवा रोपिंदै

शेयेर गर्नुहोस

धनगढीको मोहना नदी क्षेत्रको कटानी रोक्नका लागि २० हेक्टर क्षेत्रमा ३२ हजार बिरुवा रोपिन थालको छ । शनिबार डिभिजन वन कार्यालय धनगढीका बरिष्ठ वन अधिकृत कृष्णदत्त भट्टले बिरुवा रुपेर शुभारम्भ गरेका हुन् ।

धनगढी उपमहानगरपालिका–३ र १३ मा अवस्थित डिलासैनी शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूह क्षेत्रभित्रको बगर क्षेत्रमा वृक्षारोपण गरिएको छ। डिभिजन वन कार्यालय कैलाली सहर्काय र नेचर नेक्सस नेपालको आयोजनामा वृक्षारोपण गरिएको हो।

वन क्षेत्रभित्र खाली जमिनलाई हराभरा बनाउने उद्देश्यले वृक्षारोपण गरिएको डिभिजन वन कार्यालयका प्रमुख कृष्णदत्त भट्टले बताए । “वृक्षारोपणले नदी कटान रोकथाममा सहयोग पुग्नेछ, साथै वातावरणीय सन्तुलन कायम गर्न पनि यो महत्त्वपूर्ण छ,” उनले भने। डिलासैनी सामुदायिक वनका अध्यक्ष कृष्णसिंह ऐरले सामुदायिक वनभित्रका खाली जमिनमा २० हेक्टर क्षेत्रफलमा वृक्षारोपण गर्ने योजना रहेको बताए।

“मोहना नदीको कटान हुने क्षेत्रलाई पनि मध्यनजर गर्दै बिरुवा लगाइएको हो ३२ हजार बढी विरुवा रोप्ने योजना छ ,” उनले भने, “आगामी दिनमा नर्सरी उत्पादन गरेर बाँझो जमिनमा थप वृक्षारोपण गरिनेछ।” लगाइएका बिरुवाको संरक्षणका लागि अस्थायी बाँध निर्माण गर्ने र नियमित हेरचाहको व्यवस्था मिलाउने उनले बताए ।

नेचर नेक्सस नेपालका निर्देशक वीरेन्द्र बिष्टले वृक्षारोपणले वातावरण संरक्षणमा मात्र नभई जनचेतना फैलाउने काममा पनि सहयोग पुग्ने बताए। “जति सकिन्छ खाली जमिनमा वृक्षारोपण गर्नुपर्छ, त्यसले वातावरण सन्तुलन कायम हुन्छ,” उनले भने।

सो वनमा गरिएको अनुसन्धानका क्रममा थुप्रै खाली क्षेत्र फेला परेकोले यसमा वृक्षारोपण गर्ने योजना बनाएको उनले बताए। जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न वृक्षारोपण एक भरपर्दो उपाय भएको भन्दै उनले जैविक विविधता संरक्षणका लागि समेत वृक्षारोपण अनिवार्य रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Try Out a Free Game Casino

Slottika – новая волна азартных ощущений в Казахстане

Checklist of Online Casinos That Accept Bitcoin: Explore the Future of Gaming

The Ultimate Guide to Roulette Betting

Online Casino Sites that Accept Neteller: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

अर्थ

नाेबेल सहकारीकाे कुल काराेबार ४ कराेड ७१ लाख ३८ हजार ६ सय

सुदिप वि.क टिकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न १ स्थित नाेबेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे आ.व २०७७/०७८ मा कुल काराेबार ४ कराेड

अझै पढ्नुहोस्
समाचार

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभलकाे सुदूरपश्चिमको पदस्थापन तथा सपथ ग्रहण

जमुना न्युरे,धनगढी/नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० सुदूरपश्चिमको पदस्थापन तथा सपथ ग्रहण भएको छ ।यहि साउन १४ गते भएको आठौं वार्षिक साधारणसभा तथा

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

नेपालमा पहिलो पटक राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवस मनाइयो

मंसिर ६, २०८१ ,काठमाडौं/स्वास्थ्य प्रवर्द्धनको प्रथम अन्तरराष्ट्रिय सम्मेलन क्यानाडाको ओटावामा २१ नोभेम्बर १९८६ सम्पन्न भएको सन्दर्भ पारी पहिलो पटक स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालको

अझै पढ्नुहोस्