नगरको समृद्धिका लागी नागरिक अभियान, यस्तो छ समृद्धि योजना

शेयेर गर्नुहोस

सुखड/कैलालीको घोडाघोडी नगरपालिकाको समृद्धिका लागी नागरिक अभियान थालिएको छ । परिवर्तनका लागी युवा अभियान नेपालको अगुवाइमा सुरु गरिएको अभियानका बारेमा शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

अभियानको पञ्चवर्षीय खाका तयार पारिएको छ । हामीले आगामी ५ वर्षमा के–के गर्ने भन्ने लक्ष्य राखेका छौ । परिवर्तनका लागी युवा अभियान नेपालका अध्यक्ष भीम बडूवालले भने,… “हामीले नागरिकको नाना देखी छाना सम्मका सपना देखेका छौ । त्यो पुरा गर्न यो अभियानले जनता र सरकार बिच पुलको काम गर्ने छ । विकास र समृद्धिका लागी जनता जाग्ने र जगाउने अभियान पनि हो यो । बाटो बनेन, अस्पताल बनेन, सिचाई भएन भनेर निराश हुने होइन यो किन भएन भनेर सरकार र सरोकारवाललाई प्रश्न गर्ने हो । यो अभियानले जनताको त्यो क्षमताको समेत विकास गर्नेछ ।”

प्राकृतिक वन जङ्गलको संरक्षण गर्न एक घर एक रुख अभियान सुरु गर्ने, कन्द्रा नदीको कोरिडोर बनाउने, चक्लाबन्दी खेती सुरु गर्ने, कम्तीमा १० थरीका प्राविधिक शिक्षा लागु गर्ने, प्रत्येक घरमा सुद्ध खानेपानी दिने, किसानलाई सिचाई सुविधा दिने, सरकारी स्वास्थ्य बिमालाई अनिवार्य गर्ने तथा भ्रष्टाचार विरुद्ध लाग्ने नागरिक अभियानको लक्ष्य छ । यस्तै २५ शय्याको सरकारी अस्पताल बनाउने, औद्योगिक क्षेत्र घोषणा गर्ने, घोडाघोडी मन्दिरलाई ९ तलेमा रूपान्तरण गर्ने, नगर रिङ रोड बनाउने, घोडाघोडी ताल क्षेत्र विकास समिति गठन गर्ने, राष्ट्रिय स्तरको रङ्गशाला बनाउने, किसानलाई मल खाद्यको व्यवस्था गरी एक घर एक करेसाबारी र व्यवस्थित हाटबजारको योजना अघि सार्ने र लागु औषध दुर्व्यसनी विरुद्ध अभियान थाल्ने गरी १६ वटा योजनालाई अभियानले आत्मसाथ गरेको छ । यी बुँदाहरूको कार्यान्वयन भए आगामी ५ वर्षमा समृद्ध घोडाघोडी बन्ने नागरिक अभियानको दाबी छ ।

लक्ष्य प्राप्तिका लागी अभियानले आफै बजेट व्यवस्थापन गरी काम भने गर्ने छैन । नागरिकको समस्या र आवश्यकताको पहिचान गर्दै तीनै तहका सरकार तथा दातृ निकायहरू सँग समन्वय बढाउने छ । नगरको समृद्धिका लागी जनदबाब समेत सृजना गर्ने छ । यो अभियानले समाजलाई एक सूत्रमा बाधि समस्या हल गर्न आपसी सद्भाव समेत बढाउने देखिन्छ ।

ताजा खबर

The Ultimate Guide to Neospin Official: Everything You Need to Know

Mummyland Treasures: почему казахстанцы выбирают этот слот

Free Online Slot Games – How to Win Real Money at Home

Les Machines Électroniques de Hasard du Ludothèque Spinrise Casino

Overview of Stardust Casino Gaming Services and Facilities.

Understanding Nitro Casino: A Guide to Online Gaming Options

सम्बन्धितखवर

छुटाउनु भयो कि !