नगरको समृद्धिका लागी नागरिक अभियान, यस्तो छ समृद्धि योजना

शेयेर गर्नुहोस

सुखड/कैलालीको घोडाघोडी नगरपालिकाको समृद्धिका लागी नागरिक अभियान थालिएको छ । परिवर्तनका लागी युवा अभियान नेपालको अगुवाइमा सुरु गरिएको अभियानका बारेमा शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

अभियानको पञ्चवर्षीय खाका तयार पारिएको छ । हामीले आगामी ५ वर्षमा के–के गर्ने भन्ने लक्ष्य राखेका छौ । परिवर्तनका लागी युवा अभियान नेपालका अध्यक्ष भीम बडूवालले भने,… “हामीले नागरिकको नाना देखी छाना सम्मका सपना देखेका छौ । त्यो पुरा गर्न यो अभियानले जनता र सरकार बिच पुलको काम गर्ने छ । विकास र समृद्धिका लागी जनता जाग्ने र जगाउने अभियान पनि हो यो । बाटो बनेन, अस्पताल बनेन, सिचाई भएन भनेर निराश हुने होइन यो किन भएन भनेर सरकार र सरोकारवाललाई प्रश्न गर्ने हो । यो अभियानले जनताको त्यो क्षमताको समेत विकास गर्नेछ ।”

प्राकृतिक वन जङ्गलको संरक्षण गर्न एक घर एक रुख अभियान सुरु गर्ने, कन्द्रा नदीको कोरिडोर बनाउने, चक्लाबन्दी खेती सुरु गर्ने, कम्तीमा १० थरीका प्राविधिक शिक्षा लागु गर्ने, प्रत्येक घरमा सुद्ध खानेपानी दिने, किसानलाई सिचाई सुविधा दिने, सरकारी स्वास्थ्य बिमालाई अनिवार्य गर्ने तथा भ्रष्टाचार विरुद्ध लाग्ने नागरिक अभियानको लक्ष्य छ । यस्तै २५ शय्याको सरकारी अस्पताल बनाउने, औद्योगिक क्षेत्र घोषणा गर्ने, घोडाघोडी मन्दिरलाई ९ तलेमा रूपान्तरण गर्ने, नगर रिङ रोड बनाउने, घोडाघोडी ताल क्षेत्र विकास समिति गठन गर्ने, राष्ट्रिय स्तरको रङ्गशाला बनाउने, किसानलाई मल खाद्यको व्यवस्था गरी एक घर एक करेसाबारी र व्यवस्थित हाटबजारको योजना अघि सार्ने र लागु औषध दुर्व्यसनी विरुद्ध अभियान थाल्ने गरी १६ वटा योजनालाई अभियानले आत्मसाथ गरेको छ । यी बुँदाहरूको कार्यान्वयन भए आगामी ५ वर्षमा समृद्ध घोडाघोडी बन्ने नागरिक अभियानको दाबी छ ।

लक्ष्य प्राप्तिका लागी अभियानले आफै बजेट व्यवस्थापन गरी काम भने गर्ने छैन । नागरिकको समस्या र आवश्यकताको पहिचान गर्दै तीनै तहका सरकार तथा दातृ निकायहरू सँग समन्वय बढाउने छ । नगरको समृद्धिका लागी जनदबाब समेत सृजना गर्ने छ । यो अभियानले समाजलाई एक सूत्रमा बाधि समस्या हल गर्न आपसी सद्भाव समेत बढाउने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

बन डढेलो ब्यबस्थापन सम्बन्धि जनचेतना सप्ताह सुरु

जमुना न्युरे,सुखड/कैलाली जिल्लामा बनडढेलो नियन्त्रण तथा ब्यबस्थापन सम्बन्धि जनचेतना सप्ताह सुरु भएको छ । डढेलोबाट बनलाइ जोगाऔ , “बन जङ्गलमा डढेलो लाग्न नदिऔ लागि हालेमा

अझै पढ्नुहोस्
समाचार

हरियाली समुदायिक वन उपभोक्ता समूहको सार्वजनिक सुनुवाइ सम्पन्न

खेमराज पाण्डेय-भजनी/ हरियाली पार्वती सामुदायिक वन उपभोक्ता समूहको १८औं वार्षिक साधारण सभा सार्वजनिक सुनवाई तथा लेखा परीक्षण सम्पन्न भएको छ। कैलालीको जोशीपुर गाउँपालिका ३ भित्तरियामा

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिम महोत्सव २०८० शुरु, लगाइयो प्रधानमन्त्रीलाई १० किलोको माला

धनगढी/नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले सुदूरपश्चिम महोत्सव २०८० को समुदघाटन गरेका छन्। शुक्रबार प्रधानमन्त्री दाहालले धनगढी उपमहानगरपालीका वडा नम्बर १ स्थीत पशुपती

अझै पढ्नुहोस्