TRENDING
Casino Games No Deposit: A Comprehensive Review
Roulette gratis echtgeld: Alles, was Sie wissen müssen
Ruletka doświadczenie darmowe spiny – Recenzja kasyna online
Recenzja kasyna online – Ruletka Aplikacja Pieniądze
Ruletka Mobilna Nowa – Recenzja Kasyna Online
Next
Prev

धनगढीस्थित फूलबारीमा आसरा सुधार केन्द्र सञ्चालनमा

शेयेर गर्नुहोस


धनगढी/लागूऔषध दुर्व्यसनीमा फसेकाहरूलाई राख्न कैलालीको धनगढीस्थित फूलबारीमा आसरा सुधार केन्द्र सञ्चालनमा आएको छ। एक कार्यक्रमकाबीच नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्त कुँवरले सुधार केन्द्रको उद्घाटन गरेका हुन्। धनगढी उपमहानगरपालिकाको अगुवाईमा कैलाली र कञ्चनपुरका विभिन्न पालिकाको सहयोगमा सञ्चालनमा आएको सुधार केन्द्रमा दुई सय जना राख्न सक्ने भएतापनि तत्काललाई ६० जना राख्ने बताइएको छ।

उपमहानगरपालिकाले २० वर्षसम्म नेपाल प्रहरीलाई सुधार केन्द्र सञ्चालनको लागि उक्त ठाउँ र भौतिक संरचना उपलब्ध गराएको हो। देशका अन्य स्थानमा आसरा सुधार केन्द्र नेपाल प्रहरी श्रीमती संघले सञ्चालन गर्दै आएको र धनगढीमा पनि सुधार केन्द्र दुर्व्यसनमा फसेका युवालाई सुधार्न सफल हुने विश्वास लिएको महानिरीक्षक कुँवरले बताए। खान, बस्न, उपचारलगायत सबै व्यवस्थापनका लागि भर्ना हुन न्यून शुल्क निर्धारण गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।यस्तै कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले अहिलेको युवापुस्ता लागुऔषधको दलदलमा फस्दै गएको र युवालाई सही मार्ग निर्देशन गर्न सुधार केन्द्रले भूमिका खेल्ने बताएका छन्।लागूऔषधको कुलतमा फस्ने युवायुवतीको सङ्ख्या बढ्न थालेपछि प्रहरीलाई जग्गा र भवन उपलब्ध गराएर सुधार केन्द्र सञ्चालन गर्न आग्रह गरिएको उपमहानगरले जनाएको छ।

सुधार केन्द्रमा भर्ना हुने दुर्व्यसनीलाई औषधि उपचारसँगै मनोपरामर्श र ध्यान, योगहरू गराइने प्रहरीले जनाएको छ। दुर्व्यसनीलाई चार महिनादेखि आवश्यकताअनुसार त्योभन्दा बढी समय राखिने भएको हो। सुधार केन्द्रमा रहँदासम्म उपचारसँगै मानसिक रोग विशेषज्ञले उनीहरूका आनीबानीको नियमित निगरानी गर्ने र कुलतमुक्त भएपछि घर पठाइने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Casino Games No Deposit: A Comprehensive Review

Roulette gratis echtgeld: Alles, was Sie wissen müssen

Ruletka doświadczenie darmowe spiny – Recenzja kasyna online

Recenzja kasyna online – Ruletka Aplikacja Pieniądze

Ruletka Mobilna Nowa – Recenzja Kasyna Online

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

डोटीका सार्वजनिक स्थलहरुमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध

दिपक बहादुर विक ,सिलगढी /डोटीका सार्वजनिक स्थहरुमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरिएको छ। डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षतामा मंगलबार जिल्ला

अझै पढ्नुहोस्
समाचार

हिमालयन गौरीशंकर डेन्टल एनएफजेएफ मिडिया कप हुने

धनगढी/कैलालीको धनगढीमा हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा तेस्रो संस्करणको हिमालयन गौरीशंकर डेन्टल

अझै पढ्नुहोस्