TRENDING
Fanobet Registratie – stap-voor-stap handleiding voor nieuwe spelers in Nederland
Casoola Login – Probleme bei der Anmeldung und mögliche Lösungen
Vavada online casino w Polsce – darmowe spiny
Mobilní ruleta pro Android s vysokým RTP: Jak vyhrát v online kasinech
Next
Prev

धनगढीमा स्टेपिङ स्टोन जुनियर कप क्रिकेटको तयारी पूरा, ट्रफी सार्वजनिक

शेयेर गर्नुहोस

धनगढी/ धनगढी क्रिकेट एकेडेमी (डीसिए) को आयोजनामा हुने स्टेपिङ स्टोन इंग्लिस स्कुल जुनियर कप क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।

यही पुस १४ गतेबाट धनगढीको प्रादेशिक प्रहरी कार्यालयको मैदानमा हुने प्रतियोगिताको बिहीबार एक पत्रकार सम्मेलन मार्फत ट्रफी समेत सार्वजनिक गरियो ।

मुख्य प्रायोजक स्टेपिङ स्टोन इंग्लिस स्कुलका संस्थापक तथा प्राचार्य रामजी हमाल, नेपाल क्रिकेट संघ(क्यान)का सदस्य तथा डिसिएका संस्थापक धिरेन्द्र सावदले सामुहिक रुपमा ट्रफी आवरण गरेका थिए ।

आयोजक डीसिएका व्यवस्थापक समुयल न्यौपानेका अनुसार प्रतियोगितामा ८ कक्षासम्मका खेलाडीहरुको सहभागिता रहनेछ । प्रतियोगितामा धनगढीका १५ वटा स्कुलहरुको सहभागिता हुनेछ ।

प्रतियोगितालाईं धनगढीको स्थापित स्टेपिङ स्टोन इंग्लिस स्कुलले मुख्य प्रायोजन गरेको छ । त्यसबाहेक दीपेन्द्र श्वार मेमोरियल स्ट्रस्ट, मायाँ मेट्रो अस्पताल, गुरुजी सुटिङ सर्टिङ, एसपीए कलेज, ब्रेड बक्स क्याफेलगायतले सहयोग गरेका छन् ।

मुख्य प्रायोजक स्टेपिङ स्टोन स्कुलका संस्थापक तथा प्राचार्य राम जी हमालले सुदूरपश्चिम क्रिकेटको उर्बर भूमी रहेकाले यहाँका बालबालिकाहरुमा ग्रास रुट लेभलको क्रिकेट विकासका लागि आफूहरुले सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे । उहाँले आगामी दिनमा पनि प्रतियोगिताको निरन्तरतामा सहकार्य रहने प्रतिबद्धता जनाए ।

यस्तै क्यानका केन्द्रीय सदस्या सावदले यस खाले कार्यक्रमले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुग्ने भएकाले निरन्तरता दिनुपर्नेमा जोड दिए ।

डीसिएका व्यवस्थापक न्यौपानेले मैदान व्यवस्थापन लगायत अन्य सम्पूर्ण तयारीहरु पूरा भएको जानकारी दिए । उनले प्रतियोगिताले सुदूरपश्चिममा ग्रासरुट लेभलको क्रिकेट विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतियोगिताको विजेताले ३० हजार नगद पुरस्कार पाउनेछ । यस्तै उपविजेताले १५ हजार पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २ हजार सहित डिसिएमा निःशुल्क भर्ना सहित ४ महिनाको छात्रवृत्ति, उत्कृष्ट बलर ब्याटरले एक हजार सहित डिसिएमा निःशुल्क भर्ना सहित २ महिनाको छात्रवृत्ति त्यस्तै उदयमान खेलाडीले डिसिएमा निःशुल्क भर्ना सहित ट्रफि मेडल र प्रमाण पत्र पाउने छन् ।

लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको इभेन्ट निर्देशकमा ज्ञानेन्द्र क्षेत्री, म्यानेजरमा शुभम पनेरु तथा कार्यक्रम संयोजक सन्दीप भट्ट छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Fanobet Registratie – stap-voor-stap handleiding voor nieuwe spelers in Nederland

Casoola Login – Probleme bei der Anmeldung und mögliche Lösungen

Vavada online casino w Polsce – darmowe spiny

Mobilní ruleta pro Android s vysokým RTP: Jak vyhrát v online kasinech

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सर्वोच्चको आदेशपछि सुदूरपश्चिम लोकसेवा आयोगको परीक्षा स्थगित

सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशपछि प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले परीक्षा स्थगित गरेको छ । आयोगले गतवर्ष फागुन २० गते जारी गरेको प्रदेश निजामती सेवाका अधिकृत

अझै पढ्नुहोस्

mostbet কিভাবে খেলবো: ফুটবল বাজিতে জয়ের কৌশল

mostbet কিভাবে খেলবো: ফুটবল বাজিতে জয়ের কৌশল ফুটবল বাজি খেলার জন্য সঠিক কৌশল জানলে আপনি সহজেই জয় লাভ করতে পারেন। mostbet হলো একটি জনপ্রিয় অনলাইন

अझै पढ्नुहोस्