धनगढीमा स्टेपिङ स्टोन जुनियर कप क्रिकेटको तयारी पूरा, ट्रफी सार्वजनिक

शेयेर गर्नुहोस

धनगढी/ धनगढी क्रिकेट एकेडेमी (डीसिए) को आयोजनामा हुने स्टेपिङ स्टोन इंग्लिस स्कुल जुनियर कप क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।

यही पुस १४ गतेबाट धनगढीको प्रादेशिक प्रहरी कार्यालयको मैदानमा हुने प्रतियोगिताको बिहीबार एक पत्रकार सम्मेलन मार्फत ट्रफी समेत सार्वजनिक गरियो ।

मुख्य प्रायोजक स्टेपिङ स्टोन इंग्लिस स्कुलका संस्थापक तथा प्राचार्य रामजी हमाल, नेपाल क्रिकेट संघ(क्यान)का सदस्य तथा डिसिएका संस्थापक धिरेन्द्र सावदले सामुहिक रुपमा ट्रफी आवरण गरेका थिए ।

आयोजक डीसिएका व्यवस्थापक समुयल न्यौपानेका अनुसार प्रतियोगितामा ८ कक्षासम्मका खेलाडीहरुको सहभागिता रहनेछ । प्रतियोगितामा धनगढीका १५ वटा स्कुलहरुको सहभागिता हुनेछ ।

प्रतियोगितालाईं धनगढीको स्थापित स्टेपिङ स्टोन इंग्लिस स्कुलले मुख्य प्रायोजन गरेको छ । त्यसबाहेक दीपेन्द्र श्वार मेमोरियल स्ट्रस्ट, मायाँ मेट्रो अस्पताल, गुरुजी सुटिङ सर्टिङ, एसपीए कलेज, ब्रेड बक्स क्याफेलगायतले सहयोग गरेका छन् ।

मुख्य प्रायोजक स्टेपिङ स्टोन स्कुलका संस्थापक तथा प्राचार्य राम जी हमालले सुदूरपश्चिम क्रिकेटको उर्बर भूमी रहेकाले यहाँका बालबालिकाहरुमा ग्रास रुट लेभलको क्रिकेट विकासका लागि आफूहरुले सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे । उहाँले आगामी दिनमा पनि प्रतियोगिताको निरन्तरतामा सहकार्य रहने प्रतिबद्धता जनाए ।

यस्तै क्यानका केन्द्रीय सदस्या सावदले यस खाले कार्यक्रमले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुग्ने भएकाले निरन्तरता दिनुपर्नेमा जोड दिए ।

डीसिएका व्यवस्थापक न्यौपानेले मैदान व्यवस्थापन लगायत अन्य सम्पूर्ण तयारीहरु पूरा भएको जानकारी दिए । उनले प्रतियोगिताले सुदूरपश्चिममा ग्रासरुट लेभलको क्रिकेट विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतियोगिताको विजेताले ३० हजार नगद पुरस्कार पाउनेछ । यस्तै उपविजेताले १५ हजार पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २ हजार सहित डिसिएमा निःशुल्क भर्ना सहित ४ महिनाको छात्रवृत्ति, उत्कृष्ट बलर ब्याटरले एक हजार सहित डिसिएमा निःशुल्क भर्ना सहित २ महिनाको छात्रवृत्ति त्यस्तै उदयमान खेलाडीले डिसिएमा निःशुल्क भर्ना सहित ट्रफि मेडल र प्रमाण पत्र पाउने छन् ।

लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको इभेन्ट निर्देशकमा ज्ञानेन्द्र क्षेत्री, म्यानेजरमा शुभम पनेरु तथा कार्यक्रम संयोजक सन्दीप भट्ट छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

वन मन्त्रालय खापेन नागरिक उन्मुक्ति पाटीलाई

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पहाडका किसान पाखो बारिमा कोदो रोप्दै

धनगढी/तराईमा धान रोपाइँ गरिसकेपछि किसान फूर्सदिला छन् । तर, पहाडका किसान भने जेठदेखि खेतबारीकै काममा व्यस्त छन् । सिँचाइका लागि कुला लाग्ने सेराखेत तथा ज्यूलाहरुमा

अझै पढ्नुहोस्
समाचार

धनगढी उप-महानगरपालिका नाला र खोल्सामा मिल्काउँछ फोहोर

नगरबासीको घरबाट फोहर उठाईरहेको धनगढी उप–महानगरपालिकाले त्यसलाई बस्तीका बिचमा रहेका नाला र खोल्साहरुमा फाल्ने गरेको छ । उप–महानगरपालिकाले नगरबासीको घरबाट शुल्क असुलेर फोहर उठाउने गर्दछ

अझै पढ्नुहोस्
मनोरंजन

बजार सरसफाइ संगै संस्कृतीकाे जगेर्ना गर्न ऐकाडेमीले सुरु गर्याे टीकापुरमा देउसी भैलाे ।

कैलालीको टीकापुर स्थित शितल ऐकाडेमी टीकापुर शाखाले टीकापुरमा बृहत बजार सरसफाइ संगै संस्कृतीकाे जगेडा गर्न शुक्रबार देखी देउसी भेलाे सुरु गरेको छ । शिक्षाकाे क्षेत्रमा

अझै पढ्नुहोस्
समाचार

सहकारी प्रकरणमा सरकार कानुनअनुसार अघि बढ्ने उपप्रधानमन्त्री तथा शहरी बिकास मन्त्री सिंह

धनगढी/उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सहकारी प्रकरणमा सरकार कानुनअनुसार अघि बढ्ने बताएका छन्। उनले सोमबार मात्र संसदीय समितिले प्रतिवेदन बुझाएकाले प्रतिवेदनमा उल्लेख गरेअनुसार

अझै पढ्नुहोस्