धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुँदै

शेयेर गर्नुहोस

कैलाली/धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुने भएको छ । चलचित्र विकास बोर्डको आयोजनामा धनगढीमा असार ७ देखि गतेसम्म दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुने भएको हो ।


बालबालिकालाई आफ्नो कथा भन्ने र हेर्र्ने वातावरण तयार गर्न तथा सिने साक्षरता बढाउन धनगढीमा बाल चलचित्र महोत्सव हुन लागेको चलचित्र विकास बोर्डका सदस्य तथा राष्ट्रिय बाल चलचत्रि महोत्सवका संयोजक केएल बुढाथोकीले बताए । धनगढीका पत्रकारसँग कुराकानी गर्दै उनले भने,‘महोत्सवले बालबालिकालाई सिनेमामार्फत् उनीहरुको सोच, विचार, व्यवहार, भावना र धारणामा परिष्कार ल्याउनुका साथै उनीहरुको मनोरञ्जनको अधिकार प्रवद्र्धनमा टेवा पुग्ने छ ।’

महोत्सवमा बाल चलचित्र प्रदर्शन, मेरो कथा मेरो चलचित्र कार्यशाला गोष्ठी गरिने बताइएको छ । यस्तै बोर्डका अध्यक्ष तथा सिने जगतका सुपर स्टार भुवन केसी आउने कार्यक्रममा बालबालिकासँग भुवन केसी संवाद कार्यक्रम, चलचित्रमा बालबालिकाका कथा अन्तरक्रिया कार्यक्रम र फोटो तथा पुस्तक प्रदर्शनी गरिने कार्यक्रम संयोजक बुढाथोकीले बताए । महोत्सवमा बालबालिका तथा बयस्कहरुले निर्माण गरेको बाल चलचित्रहरुको प्रदर्शनी तथा प्रतिस्पर्धा गरिनुका साथै स्थानीय कला संस्कृति झल्कने झाँकी, सांस्कृतिक कार्यक्रम तथा सांगीतिक प्रस्तुति पनि गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

जाडो छल्न भारततिर बसाइँ सरिरहेका कर्‍याङकुरुङ सारस चरा

जमुना न्युरे,धनगढी/जाडो छल्न भारततिर बसाइँ सरिरहेका कर्‍याङकुरुङ सारस चरा कैलालीमा बसाई सर्न थालेका छन् । मङ्गोलिया, रसिया र उत्तरी चीनबाट आएका कर्‍याङकुरुङ कैलारी गाउँपालिका ,

अझै पढ्नुहोस्
मनोरंजन

बजार सरसफाइ संगै संस्कृतीकाे जगेर्ना गर्न ऐकाडेमीले सुरु गर्याे टीकापुरमा देउसी भैलाे ।

कैलालीको टीकापुर स्थित शितल ऐकाडेमी टीकापुर शाखाले टीकापुरमा बृहत बजार सरसफाइ संगै संस्कृतीकाे जगेडा गर्न शुक्रबार देखी देउसी भेलाे सुरु गरेको छ । शिक्षाकाे क्षेत्रमा

अझै पढ्नुहोस्
सम्पादकीय

नागरिक उन्मुक्ति पार्टीका बारेमा केही कुरा : गन्तिराम

नागरिक उन्मुक्ति पार्टिको जन्म : नागरिक उन्मुक्ति पार्टी रहरले जन्मिएको होइन । आन्दोलनले जन्माएको हो । जनआन्दोलन २०६२/०६३ पछि अन्तरिम संविधान २०६३ को भावना अनुरुप

अझै पढ्नुहोस्
कृषि

टीकापुरमा कृषि सेन्टरको सुरुवात

टीकापुर/कृषिमा आधुनिक प्रबिधि र प्राबिधिक सेवा सहित स्मार्ट कृषि अभ्यास गराउने उद्धेष्यले टिकापुर नगरपालिका वडा नम्बर २ मा तत्सम एग्रिकल्चर रिसर्च एण्ड डेभलपमेन्ट (आर.एण्ड.डि) सेन्टरको

अझै पढ्नुहोस्