धनगढीमा एक युवकको हत्या

शेयेर गर्नुहोस

धनगढी /धनगढीमा एक युवकको हत्या गरिएको छ । धनगढी उपमहानगरपालिका–८ को धनगढी गाउँमा आइतबार राति ३५ वर्षीय महेश रानाको हत्या गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमकाअनुसार राना राति स्थानीय मिनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला उनीमाथि चौधरीसहितले कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बमले जानकारी दिए ।

उनकाअनुसार रानाको हत्या अभियोगमा चौधरी दम्पत्तीसहितका पाँच जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मिनबहादुरकी श्रीमती २९ वर्षीया पुनम चौधरी, उनकी १७ वर्षीया छोरी र अन्य दुई जना रहेको प्रहरीले जनाएको छ ।

मृतक राना र उनीमाथि कुटपिट गर्ने चौधरी दम्पत्ती छिमेकी समेत हुन् । राना चौधरीको घरभित्र प्रवेश गरेका बेला उनीमाथि कुटपिट भएको थियो । स्थानीयले सम्झाइबुझाई गरेर घर पठाएकोमा अवस्था गम्भीर भएपछि रानालाई अस्पताल लगिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

भजहरमा रमाउँदै नारायणपुरका थारु समुदाय

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कानुनी थुनामा राख्ने चार सिडिओ सहित १२ प्रहरी अधिकारीलाई कारबाहीको सिफारिस

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले व्यक्तिलाई गैर कानुनी थुनामा राख्ने चार जना प्रमुख जिल्ला अधिकारी(सिडिओ)लाई कारबाहीका लागि सिफारिस गरेको छ ।  आयोगले खोटाङको हलेसी

अझै पढ्नुहोस्
अन्तरास्ट्रिय

भारतले जित्यो यु-१९ एसिया कप क्रीकेटको उपाधि

काठमाडौं । श्रीलंकामाथि सानदार जितसहित भारतले यु-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा सम्पन्न फाइनलमा वर्षा बाधक बनेपछि तीन

अझै पढ्नुहोस्
समाचार

भाेलि फागुन १९ गते ग्याल्पाे ल्हाेसारकाे सार्वजनिक विदा

टीकापुर/भोलि फागुन १९ गते विहिवार ग्याल्पो ल्होसारका अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेकाे छ । भोलि शेर्पा समुदायको नयाँ वर्ष अर्थात ग्याल्पो ल्होसारका अवसरमा

अझै पढ्नुहोस्
समाचार

परियोजना निर्माण स्थलको अनुगमन गरे मुख्यमन्त्रीको टोलिले

धनगढी/सुदुरपश्चिम प्रदेशमा ७५० मेघा बिजुली उत्पादन हुने पश्चिमसेती जलविद्युत परियोजना निर्माण स्थलको सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री कमलबहादुर शाह सहित प्रदेश सभा सदस्य माननीय बिक्रम

अझै पढ्नुहोस्