दोधारा चाँदनीको पुल भाँचियो

शेयेर गर्नुहोस

महाकाली नदीमाथि रहेको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल भाँचिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दोधारा चाँदनी नगरपालिका–४ स्थित महाकाली नदीमाथि रहेको झोलुङ्गे पुलको दोधारा चाँदनीतर्फको करिब ५/६ मिटर भाग माथि उठेको थियो।

त्यसका कारण पुलबाट आवतजावतमा समस्या भइरहेको अवस्थामा पुलको पिल्लरसमेत भत्किएपछि पुल क्षतिग्रस्त भई बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो।

पुल भाँचिएपछि उक्त मार्ग हुँदै आवतजावत गर्ने सर्वसाधारण प्रभावित भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार क्षतिग्रस्त पुलको मर्मत तथा आवागमन पुनः सञ्चालनका लागि सम्बन्धित निकायबाट आवश्यक पहल भइरहेको छ।

पुलको मर्मत तथा पुनः सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

ताजा खबर

IvyBet – Opoziția de Fortuna la Jocurile de Noroc

Kasyno online z płatnością PayPal

Crystal Poker Slot Machine Strategies for Success

SlotLair – Ein Spiel der Chance und des Ruhms in Glücksspielanlagen

LExpérience BravoPlay en Ligne : Jouer les Machines à Sous avec Précaution

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

ब्यवसायीको लगानी सुनिश्चित हुने वातावरण श्रृजना गछौँः मन्त्री धामी

धनगढी/सुदुरपश्चिमका उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश सिहं धामीले ब्यवसायीहरुको लगानी सुनिश्चित हुने वातावरण श्रृजना गर्ने बताएका छन् । नेपाल बन पैदावार उधोग ब्यवसायी

अझै पढ्नुहोस्