देउडा प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ कलाकार दल बहादुर बोगटीको उपचारको क्रममा निधन

शेयेर गर्नुहोस

धनगढी,३ असोज । देउडा प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ कलाकार दलबहादुर बोगटीको उपचारको क्रममा निधन भएको छ। भदौ ३१ गते राति हाइस् दुर्घटनामा परेर घाइते भएका बोगटीको आज दिउँसो १ बजे धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

गत ३१ गते धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीमा ०१ ०००१ ज १५२८ नम्बरको हाइसले ठक्कर दिँदा उनी घाइते भएका थिए। उनको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका बोगटीलाई उपचारको लागि माया मेट्रो अस्पताल पुर्याएको र आज दिउँसो १ बजे उनको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

अहिले ठक्कर दिने हाइसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । बोगटी नेपाल प्रहरीको अवकाश प्राप्त सहायक प्रहरी निरीक्षक सई पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सत्ता गठबन्धनमा कुनै समस्या छैन गृहमन्त्री लेखक

धनगढी/गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई लिएर सत्त गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् । नेपाल प्रेस युनियन कैलालीद्धारा धनगढीमा आयोजित

अझै पढ्नुहोस्
कृषि

टीकापुरमा कृषि सेन्टरको सुरुवात

टीकापुर/कृषिमा आधुनिक प्रबिधि र प्राबिधिक सेवा सहित स्मार्ट कृषि अभ्यास गराउने उद्धेष्यले टिकापुर नगरपालिका वडा नम्बर २ मा तत्सम एग्रिकल्चर रिसर्च एण्ड डेभलपमेन्ट (आर.एण्ड.डि) सेन्टरको

अझै पढ्नुहोस्
समाचार

सुचक प्रजाती गणना कार्य सुरु

जमुना न्युरे,सुखड/देशभरि का जलाशय, सिमसारक्षेत्र र रामसारक्षेत्रमा आगन्तुक जलपन्छी गणनाका लागि चराकर्मी , चराप्रेमी भने देश भरिका जलाशयमा जलपन्क्षी गणना मा ब्यस्त रहेका छन् ।

अझै पढ्नुहोस्
समाचार

फोनिज) सुदूरपश्चिमको अध्यक्षमा कालीमैँया चौधरी (उन्नती) निर्विरोध निर्वाचित

धनगढी/नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सुदूरपश्चिमको अध्यक्षमा कालीमैँया चौधरी (उन्नती) निर्विरोध निर्वाचित भएकी छन् । फोनिज प्रदेश कार्यसमितिको आज धनगढीमा भएको तेस्रो महाधिवेशनले उनको

अझै पढ्नुहोस्