दिगो वन व्यवस्थापनका लागि साझेदारी वनका प्रतिनिधिले बुझाए ज्ञापन पत्र

शेयेर गर्नुहोस


धनगढी/सुदूरपश्चिम प्रदेशमा सामुदायिक वनका क्षेत्रमा काम गर्ने वनकर्मी संघ संस्था , साझेदारी सामुदायिक वनका प्रतिनिधिहरुले सामुहिक रुपमा ज्ञापन पत्र बुझाएका छन् । सुदूरपश्चिम सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालालाई ज्ञापनपत्र बुझाएका हुन् ।

सुदूरपश्चिम सरकारले २०७७ साल देखि वन कार्यविधि नलिएर पटक पटक ध्यानाकर्षण गर्दा पनि कुनै चासो नदिएपछि चरणबद्ध रुप आन्दोलन गर्ने तयारीका साथ आज ज्ञापन पत्र बुझाएको कार्यक्रमका संयोजक पुष्कल बमले बताए । अन्य प्रदेशले कार्यविधि ल्याएर कार्यान्वयन गरि सक्दा पनि सुदूरपश्चिम सरकारले चासो नै नदिएपछि आफुहरु बाध्य भएर ज्ञापनपत्र बुझाउन आएको संयोजक बमले जानकारी दिए ।

वन मन्त्रालयका सचिवलाई ज्ञापनपत्र बुझाएको र माग पुरा नभए चरणबद्ध आन्दोलन गर्ने भारताल साझेदारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष यादव भण्डारीले बताए ।

ज्ञापनपत्र सुदूरपश्चि प्रदेश साझेदारी उपभोक्ता महासंघ नेपाल , वैज्ञानिक वन उपभोक्ता राष्ट्रिय वन नेपाल, सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल , सामुदायिक वन समन्वय समिति, सामुदायिक वन सहजिकरण समिति , साझेदारी वन र उपभोक्ता समूहको संयुक्त पहलमा ज्ञापनपत्र बुझाएका थिए ।

माग पुरा नभए पछि सामुदायिक वनहरुमा अन्तक्रिया गर्ने, धनगढीमा वन मन्त्रालय लगायतका मन्त्रालयमा शान्तीपुर्ण आन्दोलन, धर्नासँगै सार्वजनिक यातायात बन्द गर्ने र एक महिनाको अवधिमा पनि माग पुरा नभए भदौ २३ गते देखि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा तालाबन्दी गर्ने संर्घष समितिका संयोजक पुष्कल बमले चुनौति समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

HighSpin Casino Slot Games for Players Worldwide

The Spinboss Casino Slot Machine Experience Review Guide

Mystbet Casino Slot Machines and Odds Explained

Spinfin Slot Machines and Player Strategies in Online Casino Games

Reaching the Underworld with Hadesbet Slots

The Evolution of Slimking Slots in Modern Casino Gaming

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वन डडेलो सप्ताहका लागि सामाग्री वितरण

धनगढी/डिभिजन बन कार्यलय डोटिले आज जिल्ला प्रमुख अधिकारी गोपाल प्रसाद अर्यालको अध्यक्ष मा बैठक बसि बन डढेलो सप्ताहका लागि सामाग्री वितरण गरेको छ । आइतबार

अझै पढ्नुहोस्