दिगाे विकास बचत तथा ऋण सहकारीकाे साधारणसभा सम्पन्न,१६ लाख बढी नाफा कमाउन सफल

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर ८ स्थित दिगाे विकास बचत तथा ऋण सहकारी संस्थाकाे साधारणसभा सम्पन्न भएको छ ।
शनिबार बटनपुरमा सहकारी संस्थाको १७ ओै बार्षिक साधारणसभा सम्पन्न भएको हाे ।


सहकारी संस्थाका अध्यक्ष गाेविन्द कठायतकाे अध्यक्षतामा भएको साधारणसभामा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु प्रमुख अथिति रहनु भएको थियाे भने सहकारीका पुर्व अध्यक्ष खगेन्द्र साउंद विशिष्ट अथिति रहनु भएको थियाे ।


टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले शेयर सदस्यकाे समस्या र आवश्यकतालाई मध्यनजर गर्दै सहकारी अघि बढ्नुपर्नेमा जाेड दिनु भएको छ । सहकारीले धेरै राम्रो काम गर्दै आएको भन्दै थारुले प्रशंसा गर्नु भएको थियो । थारुले ग्रामीण क्षेत्रमा किसानको जीवन स्तरमा परिवर्तन ल्याउने गरि सहकारीले काम गर्दै आएको बताउनुभयो ।


सहकारी संस्थाका उपाध्यक्ष जमुना पि. विश्वकर्माकाे स्वागत मन्तव्य संगै सुरु भएको साधारणसभामा समाजसेवी शेर बहादुर साउंद, समाजसेवी मीन बहादुर कठायत, समाजसेवी पदम राज जाेशि, धनसिंहपुर एकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विक्रम चाैधरी , शिक्षक पहलसिंह धामी,
३९ लाख ९६ हजार ६४३ शेयर पुजि रहेकोे सहकारीले आर्थिक वर्ष २०७९/०८० मा १६ लाख ९ हजार ९१९ रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । ७ सय ५१ जना शेयर सदस्य रहेको सहकारीले ७ कराेड ३६ लाख ४६ हजार २८९ रुपैयाँ बराबरको काराेवार गरेकाे जनाएको छ ।


सहकारीको आर्थिक प्रगति प्रतिवेदन सहकारीका व्यवस्थापक तारा साउंदले प्रस्तुत गर्नुभएको थियाे भने कार्यक्रम संचालन सचिव रतन टमट्टाले गर्नुभएको थियाे ।
सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई ऋण लगानी, सुफत मुल्यमा बीउ विजन उपलब्ध गर्नुका साथै हरेक वर्ष सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

कृषि

कुखुरा पालन सम्बन्धि सामाग्री हस्तान्तरण

धनगढी/कैलाली जिल्लाको धनगढी उपमहानगर पालिका वडा न १७ का मुक्त कमैया सिबिरका महिलाहरु कुखुरा पालन गर्न अग्रसरता भयका छन् ।कार्यक्रम माइती नेपाल धनगढी र यु

अझै पढ्नुहोस्
समाचार

कैलालीका थारू समुदाय लवाङ्गी पूजामा रमाउँदै

यहाँका थारू समुदाय आज बिहानैदेखि लवाङ्गी पूजाको तयारीमा जुटेका छन् । नयाँ अन्न भित्र्याइसकेपछि प्रसादका रूपमा आफ्ना देवीदेवतालाई त्यो चढाउन यो समुदायले हरेक वर्ष विवाह

अझै पढ्नुहोस्
समाचार

बच्चा सहितको हात्तीको बथान किसानको उखुबारी पस्दा बिगाहमा लगाएको उखु नोक्सान

कञ्चनपुर / कञ्चनपुरको पुर्नवासमा बच्चा सहितको हात्तीको बथान किसानको उखुबारी पस्दा बिगाहमा लगाएको उखु नोक्सान गरेको छ । बिहिवार राती पुर्नवास नगरपालिका –१० दोधा पुल

अझै पढ्नुहोस्
समाचार

बेलौरि नगरपालिकामा एक निल गाई मृत अवस्थामा फेला

जमुना न्युरे,धनगढी/कंचनपुर जिल्लाको बेलौरि नगरपालिका एक निल गाई मृत अवस्थामा भेटिएको छ । आइतबार बिहान बेलौरी नगरपालिका वडा नम्बर -१ स्थित मटैयामा बयस्क भाले निल

अझै पढ्नुहोस्