तेस्रो नेपाल बर्ड फेयर लुम्बिनीमा हुने

शेयेर गर्नुहोस

धनगढी/लुम्बिनीमा तेस्रो नेपाल बर्ड फेयर हुने भएको छ । स्वदेशी तथा विदेशी चराविद्, विज्ञ, गणक र चरासँग सरोकार राख्ने सरोकारवालाई एकै ठाउँमा सहभागी बनाएर बर्ड फेयर गर्न लागिएको हो ।

पोखरा पंछी समाजको आयोजना तथा ग्रिन युथ लुम्बिनीको सहआयोजना, लुम्बिनी सांस्कृतिक नगरपालिका र नेपाल पर्यटन वोर्डको प्रवद्र्धनमा, नेपाल पंछी संरक्षण संघ, लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा उक्त बर्ड फेयर हुन लागेको आयोजकले मंगलबार लुम्बिनीमा पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् ।

आउँदो माघ १२ र १३ गते दुई दिन लुम्बिनीमा कार्यक्रम हुनेछ । नेपाल बर्ड फेयर कमिटीका संयोजक तथा पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेले नेपाल बर्ड फेयरको मुख्य उद्देश्य नेपालका चराप्रजाति, जैविक विविधता तथा महत्वपूर्ण आवास (सिमसार, वन आदि) को संरक्षणबारे जनचेतना विस्तार गर्नु भएको जनाए । ‘यसका साथै विद्यार्थी, स्थानीय समुदाय, गाइड, अनुसन्धानकर्ता, सरकारी निकाय र संरक्षण संस्थाबीच ज्ञान–आदानप्रदान, सहकार्य र नेटवर्किङ मजबुत बनाउँदै पंछी–पर्यटन तथा प्रकृति–आधारित दिगो पर्यटनको प्रवद्र्धन गर्नु हाम्रो लक्ष्य हो’, उनले भने ।

कार्यक्रम पूर्व माघ ७ र ८ गते स्थानीय २५ देखि ३० विद्यालयहरुमा चरा, तिनीहरुको महत्व, तिनका वासस्थान, संकट हुनुका कारण, संरक्षण आवश्यकता र प्रयासहरुका वारेमा जानकारी दिनइने छ । त्यसैगरि माघ ९ र १० गते लुम्बिनीमा रहेका स्थानीय ३० जना पथप्रर्दशकहरुलाई चराको पहिचान सम्बन्धी तालिम दिइने अध्यक्ष घिमिरेले जनाए ।

कार्यक्रम उद्घाटन सत्र पछि मुख्य वक्ताको प्रस्तुति रहेनछ । यस्तै, ७ प्रकारका विषयमा बर्ड सिम्पोसियम (सम्मेलन), ई–बर्ड फोरम, बर्ड ब्रेन फोरम, एशियन पानीचरा गणना फोरम, सारस फोरम, भल्चर फोरम हुनेछन् । ‘यी गतिविधिहरू लुम्बिनी बौद्ध विश्वविद्यालय परिसरभित्र सञ्चालन हुनेछन् । यसैगरी सारसको यस बर्षको अनुगमन लुम्बिनी फार्मल्याण्डमा गरिनेछ भने बर्ड रेस लुम्बिनी परिसर तथा आसपासका विभिन्न सिमसार र खेतबारीमा आयोजना हुनेछ’, घिमिरेले भने ।

आयोजकका अनुसार कार्यक्रमका अवसरमा चरा, तिनका बासस्थान साथै जैविक विविधता एबम् स्थानीय उत्पादनका स्टल प्रदर्शनी तथा बिभिन्न चराहरुका तस्बिर प्रदर्शनी गरिनेछ । ‘यी कार्यक्रम लुम्बिनी विकास कोष अन्तर्गतको थाई भिजिटर सेन्टर र लिटिल बुद्ध परिसरमा हुनेछ । साथै उक्त कार्यक्रम विजनेस टु विजनेस समेत आयोजना गरिनेछ’,। उनले भने ।

कार्यक्रममा डब्लुडब्लु एफ नेपाल, जेठएसएल नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, हिमालयन नेचर, टाइगर माउन्टेन पोखरा लजको पार्टनरसीप रहने छ भने प्रकृतिका क्षेत्रका विज्ञ, नेपाल पंछीविद संघ, बड्र्स नेपाल, बायोकोस नेपाल र वाइल्डकेयर नेपाल साझेदार संस्थाका रूपमा छन् । त्यसैगरी हिमालयन ट्रेल्स ट्रेकिङ एण्ड क्लाइम्बिङ प्रालि, नेपाल नेचर ट्रेक्स एण्ड ट्राभल्स प्रालि, शेर्पा सोसाइटी प्रालि, शेर्पालय ट्रेक्स एण्ड एक्सपेडिसन प्रालि, नर्थ पोइन्ट मल र एयर डाइनेस्टी हेली प्रालि सर्भिस कर्पोरेट पार्टनरको रुपमा रहने छन् । लुम्बिनी बुद्ध गार्डे, ग्रिन पार्क चितवन, होटेल मुनलाइट प्रालि, सारस लुम्बिनी टूर, ब्रिथ नेपाल ट्रेकिङ प्रालि, आरोमा ट्रेक्स एन्ड एक्स्पिडिसन प्रालि कार्यक्रमका हस्पिटालिटी पार्टनरका साथै अप्टिसान अप्टिक पार्टनरमा रहनेछन् ।

यस बर्ड फेयरमा नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका पंछीविद, अनुसन्धानकर्ता, संरक्षणकर्मी तथा जैविक विविधता प्रेमीहरूको सहभागिता रहनेछ । साथै भारत, भुटान, श्रीलंका, ताइवान, फिलिपिन्स, सिंगापुर र हङकङबाट चरा संरक्षणमा क्रियाशील संघसंस्था तथा टूर लिडरहरूको समेत सहभागिता रहनेछ । दुई सय जनाको प्रस्तुति हुने कार्यक्रम करिब ३० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । कार्यक्रम सम्पन्न गर्न ३१ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।

चराविद हटन चौधरीले चरा चिन्ने तरिका र गणनाबारे कार्यक्रममा सहभागीहरुलाई सिकाइने जनाए । चरा र पर्यटकनलाई जोडेर अघि बढेका पर्यटकीय विकासमा समेत योगदान पुग्ने उनको भनाई छ ।

लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठले कार्यक्रम सफल पार्न कोषले हातेमालो गर्ने जनाए । उनले कार्यक्रमले लुम्बिनीको प्रबद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यबाहक प्रमुख कल्पना हरिजनले लुम्बिनी र यस आसपास धेरै सिमसार क्षेत्र रहेको जनाउँदै कार्यक्रमले ती क्षेत्रको प्रवद्र्धन र चरा संरक्षणमा योगदान दिने विश्वास व्यक्त गरिन् ।

ग्रिन युथ लुम्बिनीका अध्यक्ष अर्जुन कुर्मीले चरा संरक्षणमा सबैले भूमिका खेल्नुपर्छ भन्ने सन्देश दिन कार्यक्रम गर्न लागिएको जनाए । उनले कार्यक्रमका अवसरमा स्थानीय र लुम्बिनी क्षेत्रको प्रबद्र्धन समेत गरिने जानकारी दिए ।

ताजा खबर

What is Apex Casino? A Overview of Online Gaming Facilities.

Introducción a la ruta del pollo : conceptos y características de los juegos de apuestas en línea.

Descripción de Chicken Road 2: un juego de azar en línea.

What is Chicken Road in Online Gambling?

Eigenschaften und Merkmale von Chicken Road als Glücksspiel

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Оптимизация мобильной версии Pinco от десктопной для пользователей

Оптимизация мобильной версии Pinco от десктопной для пользователей В эпоху быстрого технологического прогресса важность оптимизации мобильной версии сайта становитcя всё более очевидной. В этой статье

अझै पढ्नुहोस्