डुडेझारी औद्योगिक क्षेत्र संघीय वन मन्त्री शाहिले अवलोकन गरे

शेयेर गर्नुहोस

सुखड /डुडेझारीलाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्ने योजना सरकारले विगत लामो समयदेखि नीति तथा कार्यक्रममा समेटे पनि बजेटको अभावका कारण काम अघि बढ्न सकेको थिएन। प्रदेश सरकारले उक्त क्षेत्रको विकासका लागि २ करोड २० लाख रुपैयाँ बजेट छुट्टाएको छ। संघीय सरकारले यससम्बन्धी कानुनी बाधा नफुकाउँदा विनियोजन भएको बजेट पनि कार्यान्वयन नहुने सङ्केत देखिएको छ ।

बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन र निर्माण कार्य अगाडी बढाउन सघिय वन मन्त्री ऎन बहादुर शाही लाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले स्थलगत अनुगमन गरायका हुन्।

लामो समय चर्चामा मात्रै सीमित रहेको कैलालीको डुडेझारी औद्योगिक क्षेत्र निर्माण गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले तदारुकता देखाएका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा पनि उनले डुडेझारी औद्योगिक निर्माणबारे ध्यानाकर्षण गराएका थिए । शनिबार संघीय सरकारका वन तथा वातावरण मन्त्री शाहीलाई अवलोकनका गराउँदै तत्काल यस विषयमा काम अघि बढाउनु पर्नेमा जोड दिए ।

‘डुडेझारी औद्योगिक ग्रामका लागि उपयुक्त स्थान हो। यहाँ हाइवे नजिकै छ, उद्योगका लागि आवश्यक पानीको स्रोत छेउमै छ, बिजुली पनि सहजै उपलब्ध हुन्छ। साथै, खक्रौला नाका नजिक भएकाले यो क्षेत्र कर्णाली, लुम्बिनी र सुदूरपश्चिमको केन्द्र बिन्दु बन्न सक्छ’ संघीय मन्त्री शाहीलाई मुख्यमन्त्री शाहले भनेका थिए ।

संघीय वन वातावरण मन्त्री शाहीले पनि डुडेझारीलाई औद्योगिक ग्रामका रुपमा विकास गर्न प्रतिबद्धता जनाए । ‘उद्योग मन्त्रालयबाट फाइलहरू वनमा आएपछि ती फाइलहरूलाई अघि बढाउन र सहजीकरण गर्न मेरोतर्फबाट सबै प्रयास गर्नु छु ’ उनले भने ।

डुडेझारी औद्योगिक क्षेत्र निर्माण गर्न सक्दा यो क्षेत्रका ठुलो आर्थिक संवृद्धिको आधार तयार हुने मुख्यमन्त्री शाहको भनाइ थियो । २ सय ५१ उद्योग स्थापना हुने गरी डुडेझारीमा ६ सय बिघा क्षेत्रफलमा विशेष आर्थिक क्षेत्र बनाउन डीपीआर तयार भइसकेको छ । तर, पर्याप्त बजेट विनियोजन नहुँदा र संघीय सरकारले चासो नदिदा काम अघि बढ्न सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Exploring the World of Online Gaming at Lucky Pays Casino

Grande Vegas Casino: Diversão Responsável e Jogos de Azar Online

Exploring the Gaming Options at Vegas Land Casino

Jogo Legal e Seguro no Cosmislot Casino

PalmSlots Casinos Utbud av Spelautomater och Tavlor

KingBit Casino Online Gaming Experience Review

सम्बन्धितखवर

छुटाउनु भयो कि !

UP-X онлайн-казино — лицензия и безопасность — ответственная игра

UP-X онлайн казино – игровые автоматы ▶️ ИГРАТЬ Содержимое UP-X Онлайн Казино: Игровые Автоматы Преимущества и Недостатки UP-X Онлайн Казино Преимущества Недостатки Лучшие Игровые Автоматы

अझै पढ्नुहोस्

Vavada вход

Vavada вход легкий доступ к игровым услугам Если вы хотите быстро и просто подключиться к игровым развлечениям, полезно знать, что существуют специализированные площадки, которые предлагают

अझै पढ्नुहोस्