टीकापुर-लम्की क्षेत्र अपराधको ‘हब’ बन्दै सजिलै भारत पस्छन् अभियुक्त, त्रासमा स्थानीय

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीको पूर्वी क्षेत्र कुनै बेला पर्यटकीय स्थलका कारण चर्चामा रहेकाे थियाे। कर्णाली नदीमा एउटा पिलरमा अडिएको चिसापानी पुल, टीकापुरको वीरेन्द्र पार्क लगायत ठाउँले चिनिन्थ्याे । अहिले पनि दिनहु जसो कैलालीकने पुर्वी क्षेत्र समाचारको विषय बनिरहेको छ। निस्फिक्री घुम्ने पर्यटकका कारण होइन, दिनदिनै हुने हत्या र अपराधीक गतिबिधिले यो क्षेत्रलाई चिनिरहेका छन्।

पछिल्लो केही समय लम्की र टीकापूर क्षेत्रमा लगातार हत्याका घटना भएका छन्। सबै हत्या तथा अपराध लागुअाैषध संग जाेडिएर हुने गरेका छन जसका पछाडि आपराधिक समूहहरू सक्रिय छन्। गत कात्तिक २३ गते लम्कीका भूपेन्द्र बडुवालको हत्या हुनुअघि प्रहरीले ठुलाे मात्रामा चक्कु, हँसिया, खुडा, खुकुरी लगायत हतियार बोकेको समूहको जम्काभेट भयो। लम्कीबाट टीकापुरतर्फ गइरहेका बेला प्रहरीको गाडी आएपछि उनीहरू हतियारधारी समूह रोकिएको थियाे । एक जना प्रहरी अधिकारीका अनुसार त्यो दिन त्यो आपराधिक समूहले गस्ती आएका प्रहरीलाई त्यही हतियारले आक्रमण गर्न खोजेका थिए। तत्कालै प्रहरीको अर्को ‘क्विक रेस्पोन्स टिम’ त्यहाँ पुग्यो। अर्को गाडी पुगेपछि हतियार छोडेर उनीहरू भागे। ‘त्यो दिन अर्को गाडी नपुगेको भए प्रहरीमाथि आक्रमण हुनसक्थ्यो,’ ती प्रहरी अधिकारीले भने। उक्त समूहले छोडेको हतियार ल्याएर प्रहरी चौकी फर्कियो।

केही घन्टापछि राति ९ बजेतिर टीकापुरमा भूपेन्द्रमाथि चक्कु र धारिलो हतियार प्रहार गरियो। खबर पाएको ६ मिनेटमा प्रहरी घटनास्थल पुग्दा २२ वर्षीय भूपेन्द्र घाइते थिए। उपचारका क्रममा टीकापुर अस्पतालमा ‍उनको मृत्यु भयो। दुई समूहको रिसइबीका कारण भूपेन्द्रमाथि आक्रमण भएको थियो। कैलाली प्रहरीको अनुसन्धानमा केही वर्षदेखि लम्की, चिसापानी, टीकापुर क्षेत्रमा नदीजन्य पदार्थ तथा वन पैदावारको ठेक्कापट्टामा आपराधिक गिरोह सक्रिय रहेका र तिनीहरूको विवादकै कारण भूपेन्द्रले ज्यान गुमाउनु परेको देखिएको छ।

उनीहरू भागेर भारत गएका छन्। कात्तिक १२ गते राति टीकापुरमै चक्कु प्रहारबाटै १८ वर्षीय अनुप साउँदको हत्या भएको थियो। आपसी विवादका क्रममा भजनी नगरपालिका ३ बस्ने १८ वर्षीय किरण साउँदले चक्कु प्रहार गरी अनुपको हत्या गरेको प्रहरी रेकर्ड छ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका अनुपको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको थियो। भूपेन्द्रको हत्यामा संलग्नलाई पक्राउ गरिनसक्दै पुस ३ गते जानकी गाउँपालिका ९ का अरूण दास रूखमा बाँधेर घाँटी छिनालिएको अवस्थामा फेला परे।

यसअघि २०७४ मा टीकापुरमै होली कार्यक्रममा सहभागी भएका २१ वर्षीय करन थापाको अज्ञात समूहको खुकुरी प्रहारबाट मृत्यु भएको थियो। २०७६ असोज १६ गते कैलालीको लम्कीमा खुकुरी प्रहारबाट लम्कीचुहा- २ का अन्दाजी ३१ वर्षीय कृष्णबहादुर बुढामगर घाइते भएका थिए।

२०७७ साउन ९ गते लम्कीचुहा नगरपालिका १ मा २८ वर्षीय रमेशबहादुर शाहीमाथि खुकुरी प्रहार भएको थियो। सैलुनमा कपाल काटेर बाहिर निस्कने क्रममा उनीमाथि ७र८ जनाको समूहले आक्रमण गरेको थिए। २०७८ मंसिर ५ गते लम्कीचुहा १ खुन्टीखेतका स्थानीय दिनेश नेपालीमाथि खुकुरी प्रहार भएको थियो। बिहेमा नाचगान गरिरहेका बेला उनको कोखामा एक समूहले खुकुरी प्रहार गरेको थियो। पछिल्लो समय निर्मम तरिकाले हत्या हुन थालेपछि कैलालीको यो क्षेत्रमा सुरक्षा चुनौती बढेको भन्दै स्थानीयमा त्रास फैलिएको छ।

जानकी गाउँपालिका ९ का स्थानीय धनीराम चौधरीले गाउँमा घटेका अपराधले डरैडरमा बस्नु परेको बताए। ‘आजकाल साँझ परेपछि डर लाग्छ, गाई बाख्रा चराउन जंगल एक्लै जाँदा डर लाग्छ,’ उनले भने, ‘यो ठाउँ छोडेर अन्त जाऊँ भने कहाँ जानेरु हाम्रा पनि छोराछोरी छन्, कहीँ केही पो भइहाल्छ कि भन्ने डर छ।’ प्रहरीले अपराधीलाई पक्राउ गर्न नसकेका कारण अपराध झन् बढेको स्थानीयहरू बताउँछन्।

‘प्रहरीमाथि विश्वास रहेन। त्यस्तो अडियो रेकर्ड हुँदा अरू के प्रमाण चाहिन्छरु,’ जानकी गाउँपालिका- ९ का प्रकाश नेपालीले भने। अपराधीहरू कारबाहीको दायरामै नआएपछि उनीहरूको साहस बढेको नेपालीको बुझाइ छ। प्रहरीको सक्रियता बढे अपराधीहरू डराउने थिए भन्ने उनको अपेक्षा छ। केही घटनामा राजनीतिक संरक्षण मिल्ने भएकाले पनि प्रहरी प्रशासनलाई काम गर्न गाह्रो भएको स्थानीयको भनाइ छ। स्थानीय जानकी ९ का लालबहादुर सोडारी अपराधीलाई राजनितिक संरक्षण दिन नमिल्ने बताए।

‘यस्ता अपराधीहरू बढे, भोलि यो क्षेत्र क्राइम एरिया बन्छ। त्यसकारण सबै निकायले यसतर्फ ध्यान दिनुपर्छ,’ सोडारीले भने,‘हरेक अभिभावकले आफ्ना छोराछोरीको क्रियाकलापमाथि नियमित निगरानी गर्नुपर्छ। शंका लागे समयमै प्रहरीलाई खबर गर्नुपर्छ।’ भने टीकापुर क्षेत्रमा प्रहरीकाे संख्यामा बृदि गरिनु पर्ने महशुस गरेका छन ।कैलालीको टिकापुर जानकी गापा र लम्की चुहा नपा यी तीन स्थानीय तहको पूर्वमा कर्णाली नदी, दक्षिणमा मोहना नदी छन्। कर्णाली तरेपछि बर्दिया हुँदै बाँके पुगिन्छ। नेपालगन्ज हुँदै रूपडिया नाका प्रयोग गरी अपराधीहरू भारत जाने गरेका छन्।

टीकापुरसँग जोडिएको स्थानीय तह जोशीपुर, भजनी, कैलारी र धनगढी हुँदै छाेटाे दुरिकाे हुलाकी सडकको बाटो छ। हुलाकी सडकपारि भारतीय सीमा नजिकै छ। यो रूट भएर पनि अपराधीहरू भारत जान्छन्।

पूर्वपश्चिम राजमार्ग प्रयोग गरेर कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी भएर पनि कतिपय अपराधी भारत पसेका छन्। कैलाली प्रहरीका अनुसार त्यो क्षेत्रमा अहिलेसम्म सक्दो प्रहरी परिचालन र सुरक्षा दिने प्रयास भएको छ। थप संवेदनशील क्षेत्र पहिचान गरेर सुरक्षा बढाउने कैलाली प्रहरीले तयारी गर्नु पर्ने स्थानिय बुद्धिजिबि बताउछन ।

प्रहरीका अनुसार यो क्षेत्रमा आपराधिक गतिविधि लगातार बढ्नुको पहिलो कारण लागुऔषध प्रयोग र कारोबार हो।
कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जोशीका अनुसार युवा जमात अपराधमा बढी संलग्न देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

१६ औं राष्ट्रिय पुस्तकालय दिवस भव्य रुपमा मनाइयो

जमुना न्युरे/ कैलाली जिल्ला स्थित गोदावरी नगरपालिका वडा नं १,अत्तरियामा स्थित श्री प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा १६ औं राष्ट्रिय पुस्तकालय दिवस कार्यक्रम भव्य रुपमा मनाइएको

अझै पढ्नुहोस्
राजनीति

टीकापुर १ एकतानगरमा नागरिक उन्मुक्ति पार्टीकाे संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम

धनसरा बुढा,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको टीकापुर १ एकतानगर शिविरमा संगठन विस्तार तथा संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ । बुधबार कैलालीको टीकापुर नगरपालिका वडा नं. १

अझै पढ्नुहोस्
समाचार

प्रजातान्त्रीक नेपाल जनस्वास्थ्य संघ प्रदेश अध्यक्षमा महेन्द्र खडका

जमुना न्युरे/प्रजातान्त्रीक नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा महेन्द्र खडका सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । शनिबार भएकाे संघकाे साधारण सभाबाट खडका नेतृत्वमा प्रदेश कार्यसमिति

अझै पढ्नुहोस्
राजनीति

संघ सरकारले अधिकारलाई बिकेन्द्रीकृत गर्नुपर्छः मुख्यमन्त्री शाह

धनगढी/सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भूमी सम्बन्धी अधिकार प्रदेश सरकारलाई दिएमा तीन वर्ष भित्र समस्या समाधान गर्ने ठोकुवा गर्नु भएको छ । मंगलबार भूमि समस्या

अझै पढ्नुहोस्