टीकापुर नगरपालिकामा भुमिहिनलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण कार्य सुरु

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकाले भुमिहिनलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण कार्य सुर गरेको छ ।
टीकापुर नगरपालिकाले वडा नं. ६ बाट भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेवासिलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण सुरु गरेकाे हाे ।


वडा नं. ६ ले भिडभाड कम गर्न टाेल अनुसार तालिका बनाइ सुचना जारी गरेकाे वडा अध्यक्ष बलिराम थारुले जानकारी दिनुभयो । उहाँका अनुसार मंसिर १२ गते मंगलबार भर्तापुर र भगवानपुरका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेवासिलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण गरिदै छ भने मंसिर १३ गते बेलुवाबाेझि र आम्वासा गाउँ, मंसिर १४ गते प्रसेनी, पानीमुला र ओखरपुर गाउँ, त्यसै गरि मंसिर १५ गते नारायणपुर र मिलनपुरका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेवासिलाई निस्सा बितरण गर्ने कार्यक्रम रहेकाे छ भने मंसिर १७ गते लछिनापुर र स्रिमेनी तथा मंसिर १८ गते छुटफुट रहेका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेवासिलाई निस्सा बितरण गर्ने कार्यक्रम रहेकाे वडा अध्यक्ष चाैधरीले जानकारी दिनुभयो । उहाँले निस्सा लिन आउदा स्वंयम सम्बन्धित व्यक्तिले सक्कल नेपाली नागरिकता प्रमाण पत्र लिएर आउनु पर्ने बताउनुभयो ।


नगरपालिकाले केही दिनमा अरु बांँकि वडाहरुमा समेत भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेवासिलाई लालपुर्जा वितरणका लागि निस्सा वितरणको काम सुर गर्ने नगर प्रमुख रामलाल डगाैरा थारुले जानकारी दिनुभयो । नगर प्रमुख थारुले निस्सा वितरणको काम सम्पन्न भए लगत्तै जग्गा नापजाँचकाे काम सुरु गरि समयमै भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेवासिलाई लालपुर्जा वितरण गर्ने तयारी भएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बाढीपीडित क्षेत्रका उच्च धारा र शाैचालय प्रयाेग विहिन

डम्मर सिंह साउंदभजनी/ कैलालीका अधिकांश बाढीपीडित क्षेत्रमा बनाइएका उच्च धारा र उच्च शाैचालय सुरु देखि नै प्रयाेग विहिन रहेका छन् । कैलालीकाे दक्षिणी बाढीपीडित क्षेत्रका

अझै पढ्नुहोस्
समाचार

नवजीवन सहकारीले कृषी उप आयोजना अन्तर्गतको राइस मिल (प्लान्ट) को पनि उद्घाटन

धनगढी: धनगढी स्थित देशकै अग्रणी सहकारी नवजिवन सहकारी संस्था ३२ औँ बर्षमा प्रवेश गरेको छ । धनगढीमा मुख्य कार्यालय रहेको सहकारी संस्थाले आज एक कार्यक्रमका बिच

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्‍चिममा पर्यटनमा लगानी गर्न प्रदेश सरकारको आह्वान

काठमाडौं- सुदूरपश्‍चिम सरकारले प्रदेशमा पर्यटनका प्रचुर सम्भावना भएकोले लगानी गर्न आह्वान गरेको छ। काठमाडौंमा सोमबार सुदूरपश्‍चिम लगानी तथा विकास सम्मेलन र पर्यटन व्यवसायीको भूमिका विषयमा

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

नगर प्रमुख रावलद्वारा झुंगा शहरी स्वास्थ्य चाैकीकाे उद्घाटन

टीकापुर/ टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावलले नव निर्माण शहरी स्वास्थ्य चाैकीकाे उद्घाटन गर्नुभएको छ ।नगर प्रमुख रावलले एक कार्यक्रमका विच टीकापुर नगरपालिका वडा

अझै पढ्नुहोस्