टीकापुर घटनाको समाधान राजनीतिक रुपमा गर्न माग

शेयेर गर्नुहोस

काठमाडौ / टीकापुर नगरपालिकाका प्रमुख रामलाल डङ्गौरा थारुले टीकापुर घटनाको समाधान राजनीतिक तवरबाट गर्न माग गरेका छन् ।

। टीकापुर घटना राजनीतिक रहेको भन्दै राजनीतिक तवरबाट नै समाधान गर्न माग गर्दै बुधबार कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् ।

२०७२ सालमा थरुहट/थारुवान आन्दोलनका क्रममा टीकापुर घटना घटेको थियो । सो घट्नामा हिंसात्मक झडप हुँदा ८ सुरक्षाकर्मी सहित एक बालकको ज्यान गएको थियो । घटनामा दोषी ठहर भइ निलम्बित सांसद रेशम चौधरी सहितका व्यक्तिले जेल जीवन बिताइरहेका छन् ।
टीकापुर घटनाको प्रतिशोधमा भदौ ८ गते थारु समुदायका व्यापारिक फर्म, घर जलाइनुका साथै लुटपाट गरिएको थियो ।

८ गतेका घटनाका दोषी माथि कारबाही भएको छैन । काठमाण्डौं पुगेर टीकापुर घटनालाई राजनीतिक रुपमा समाधान गर्न माग गरेका थारु रेशमको संरक्षकत्वमा रहेको नागरिक उन्मुक्ति पार्टीबाट टीकापुरको मेयरमा निर्वाचित भएका हुन । 

यसैगरी, उनले टीकापुर क्षेत्रको विभिन्न समस्याका बारेमा पनि ध्यानाकर्षण गराउँदै समाधानका लागि पहल गरि दिन मन्त्रीलाई आग्रह गरेका छन् । मेयर डङ्गौराले सोही माग राख्दै अरु मन्त्रीलाई पनि ज्ञापनपत्र बुझाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

सेती प्रादेशिक अस्पताललाई ३५ लाख पर्ने मेसिन प्रदान

धनगढी- सेती प्रादेशिक अस्पताललाई रगत जाँच गरेर भिन्न स्वास्थ्य समस्याको पहिचान गर्न सकिने ३५ लाख मूल्य बराबरको मेसिन प्रदान गरिएको छ। एक समारोहबीच लाइन्स क्लब

अझै पढ्नुहोस्
स्थानीय सरकार

टीकापुर नगरपालिकाको बजार क्षेत्रमा निर्माणधिन संरचनाकाे नगर प्रमुख थारुद्वारा अनुगमन

टीकापुर/टीकापुर नगरपालिकाको बजार क्षेत्रमा निर्माणधिन संरचनाकाे नगर प्रमुख रामलाल डगाैरा थारु सहितकाे टाेलिले अनुगमन अनुगमन गरेकाे छ ।टीकापुर नगरपालिका बजार क्षेत्रमा बनिरहेका विकास निर्माणका संरचनामा

अझै पढ्नुहोस्
समाचार

एक दिने अभिमुखिकरण तालिम सम्पन्न

सुखड/घोडाघोडी नगरपालिकामा क्षयरोग मुक्त पालिका अभियान सन्चाल समिती निर्माण तथा अभिमुखिकरण कार्यक्रम नगरपालिकाको सभाहलमा आज सप्पन्न भएको छ । घोडाघोडी नगरपालिका नगरउपप्रमुख गुलिया देबि चौधरी

अझै पढ्नुहोस्
सम्पादकीय

चिरान काठ सहित २ थान गोलिया बरामद

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको डिभिजन बन कार्यलय पहलमानपुर र डिभिजन बन कार्यलय धनगढी सिमाना पर्ने राष्ट्रिय वन बाट सालको रुख काटी चिरान काठ २८ थान कडि

अझै पढ्नुहोस्