टीकापुरमा राष्ट्रिय परिचयपत्रकाे लागि नाम दर्ताकाे काम सुरु

शेयेर गर्नुहोस


कैलालीको टीकापुर नगरपालिकामा विहिवार देखि नेपाल सरकारकाे राष्ट्रिय परिचयपत्र अभियान अन्तरगत नाम दर्ता गर्ने काम सुरु भएको छ । पहलाे चरणमा टीकापुर नगरपालिकाकाे वडा नम्बर १ र ३ मा विहिवार देखि सुरु गरेकाे हाे भने वडा नम्बर २, ४, ५ र ७ बाट आइतबारदेखि सुरु गरिन लागेकाे नगरपालिकाले जानकारी दिएको छ । राष्ट्रिय परिचयपत्र अभियानमा रुजु अधिकारीहरु छनाैट गरि वडा कार्यालयकाे सिफारिसमा टीकापुर नगरपालिकाले जिल्ला प्रशासन कार्यालय धनगढीमा पठाइ सकेको थियाे । जिल्ला प्रशासन कार्यालयले टीकापुर नगरपालिकाकाे १ देखि ९ नम्बर वडामा राष्ट्रिय परिचयपत्र अभियानमा काम गर्न ३९ जना रुजु अधिकारी खटाएको छ । राष्ट्रिय परिचयपत्रका लागि नेपाली नागरिकता सक्कलइ ल्याउनु पर्ने छ भने आफ्नो पुर्णरुपमा परिचय खुल्ने खालका कागजात लिएर जानुपर्ने बताइएको छ । राष्ट्रिय परिचयपत्र चिप्स सहितको हुने भएकोले बहुउपयाेगि हुने र नेपाली नागरिकतालाइ बिस्तारै बिस्थापित गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राष्ट्रिय परिचयपत्र बहुउपयाेगि भएकोले सबैले आ आफ्नो नाम दर्ता गर्न नगरपालिकाले आग्रह समेत गरेकाे छ ।

ताजा खबर

Iris Android-App: APK-Download und Sicherheit

Mobile casino fruit machines: what Aussie players should weigh before spinning

मान्छेको ज्यान लिएको बाघको गतिविधि गाउँतिर

Nowe kasyno online BLIK: wszystko, co musisz wiedzieć

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

निजी कम्पनीका एयरलाइन्सहरुले भाडा वृद्धि गरेको भन्दै ने बि सघ र तरुण दलले बिरोध

धनगढी,दसैमा राजधानी काठमाडौबाट धनगढी फर्कने यात्रुहरुले साविकको भन्दा दोब्बर बढी मूल्यमा यात्रा गर्नु परेको भन्दै नेपाल विद्यार्थी संघ र तरुण दल कैलालीले संयुक्तहरुमा आइतबार धनगढी

अझै पढ्नुहोस्