टीकापुरमा रहेकाे केरा पकाउने च्याम्बरकाे नगर प्रमुख थारुद्वारा अनुगमन

शेयेर गर्नुहोस

टीकापुर/कैलालीको टीकापुर- २ मा रहेकाे केरा पकाउने च्याम्बरकाे नगर प्रमुख रामलाल डगाैरा थारु लगायतको टाेलिले अनुगमन गरेकाे छ ।

साेमबार टीकापुर- २, बन्दिपुरमा बन्द अवस्थामा रहेको केरा पकाउने च्याम्वरकाे नगर प्रमुख थारु लगायत रानि, जमरा, कुलरिया सिचाइ आयाेजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टीकापुरकाे टीमले अनुगमन गरेकाे हाे । रानि, जमरा, कुलरिया सिचाइ आयाेजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टीकापुरकाे आर्थिक तथा प्राविधक सहयोगमा साे केरा पकाउने च्याम्वर बनेकाे हाे ।

आर्थिक वर्ष २०७५/०७६ मा ३ कराेड ५६ लाख ३६ हजार २३६ लागतमा बनेकाे केरा पकाउने च्याम्वर एक वर्ष देखि बन्द अवस्थामा रहेको छ । च्याम्वरलाई तत्काल संचालनमा ल्याउन नगर प्रमुख थारुले पहल थाल्नु भएको छ ।

नगर प्रमुख थारुले यस विषयमा थप छलफलका लागि सम्बन्धित निकाय, सराेकारवाला र रानि, जमरा, कुलरिया सिचाइ आयाेजना कृषि कार्यक्रम कार्यान्वयन इकाईकाे भाेलि मंगलबार बैठक बाेलाउनु भएको छ ।
बैठकमा केरा पकाउने च्याम्वरलाइ बैकल्पिक रुपमा कसरी संचालनमा ल्याउन सकिन्छ भन्ने विषयमा छलफल हुनेछ ।

ताजा खबर

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

Daily Cars And Truck Rental in Dubai: Whatever You Need to Know

Exactly how to Book a Private Yacht in Dubai

सम्बन्धितखवर

छुटाउनु भयो कि !

प्रदेश

देउसी भैलाे साँझ ८ बजे पछि खेल्न नपाउने, अवज्ञा गरे कारवाहि गरिने

टीकापुर /कैलालीमा दिपावलीको समयमा खेलिने देउसी भैलो साँझ ८ बजे पछि खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले एक सूचना जारी गर्दै उक्त

अझै पढ्नुहोस्