टीकापुरमा घरदैलाे स्वास्थ्य सेवा प्रभावकारी बन्दै

शेयेर गर्नुहोस

टीकापुर/ टीकापुर–७ पदमपुरकी जेष्ठ नागरिक सेती चौधरीलाई ज्वरो आएर घरमै सुतिरहेकी थिईन् । कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमै फैलेकाले सेतीलाई अस्पतालसम्म जान डर लाग्यो । ज्वरो बढ्दै गएपछि उनले वडा कार्यालयले समुदायमै खटाएकी स्वास्थ्यकर्मी शान्ती ढुङ्गाना नेपालीलाई फोन गरीन् । स्वास्थ्यकर्मी नेपाली घरमै गएर जाँच गरेर औषधि दिएर आए । सेतीलाई सञ्चो भयो ।

“कोरोना महामारीको डरका बेला घरमै स्वास्थ्यकर्मी नानी आउनुभयो”, सेतीले भनिन्, “मैले घरमै सेवा पाए । म त निकै खुशी छु । सञ्चो पनि भयो । सरकारले राम्रो काम गरेको रहेछ ।” सेतीजस्तै प्रतिपुरकी निरु गिरीलाई पनि रुघाखोकीको समस्या भयो । उनले पनि शान्तिलाई फोन गरिन् । शान्तिले घरमै गएर उपचार सेवा दिएपछि उनी पनि निको भईन् । कोरोना सङ्क्रमणको जोखिमका बेला स्वास्थ्य संस्था जान नसकेको अवस्थामा घरमै सेवा पाउँदा गिरी पनि खुशी छिन् ।

वडा कार्यालयले जेष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भएकाका लागि सुरु गरेको घरदैलो स्वास्थ्य सेवाबाट अहिलेसम्म ५५० जनाले सेवा पाइसकेका छन् । अघिल्लो वर्ष देखि सुरु भएको घरदैलो कार्यक्रम यश चालु आर्थिक वर्षमा पनि वडाले निरन्तरता दिएको हाे । यस आर्थिक वर्षको साउनदेखि सुरु भएको यो सेवाबाट हिटडुल गर्न नसक्नेलाई राहत भएको छ ।

स्वास्थ्यकर्मी नेपाली अस्पताल आउन नसक्ने समस्या भएकाले फोन गर्दा पनि सेवा दिइरहेको बताउँछिन् । “घरमै गएर सेवा दिँदा जेष्ठ नागरिक खुशी भएका छन्”, नेपालीले भनिन्, “हिड्न नसक्नेलाई सहज भएको छ । सामान्य समस्या भएकालाई औषधि दिएर आउँछु । जटिल समस्या भएकालाई अस्पताल लैजान सल्लाह दिन्छु ।” अहेब नेपालीले उपचार सेवा दिँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर उपचार गरिरहेको बताईन् ।

“गाउँमा जेष्ठ नागरिक र बालबालिकालाई अस्पतालसम्म लैजान कठिन हुने बेला घरमै सेवा पाउँदा खुशी हुनुभएको छ”, नेपालीले भनिन्, “समुदायमा मेरो नम्बर बाँडिएको छ । उनीहरु फोन गर्छन् म जान्छु ।” नेपाली जेष्ठ नागरिकको घरमा भने पालो मिलाएर आफैँ जाने गर्छिन् ।

टीकापुर–७ का वडाध्यक्ष रामलाल डगौरा थारु जेष्ठ नागरिकलाई सहज उपचार सेवाका लागि यो सेवा सुरु गरेको बताउँछन् । “जेष्ठ नागरिकलाई अस्पतालसम्म आउन र ल्याउन कठिन हुन्छ, उनीहरुको नियमित जाँच गर्नुपर्ने हुन्छ”, थारुले भने, “त्यसैले हामीले यो कार्यक्रम राखेका हौँ । अहिले राम्रो भएको छ । यो महामारीको समयमा धेरैले राहत महशुस गरेका छन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

युनियनद्वारा पत्रकार महासंघका उम्मेदवारको सूची तयार गर्न समिति गठन

काठमाडौं/नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको निर्वाचन सुनिस्चित गर्न माग गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको सचिवालय बैठकले पत्रकार महासंघको विधान

अझै पढ्नुहोस्
समाचार

टीकापुर -५ शाहीपुर स्थित कर्णाली नदीको तटबन्ध भत्कियर नदि गाउँ पस्याे

टीकापुर नगरपालिका वडा न.‌ ५ शाहीपुर स्थित कर्णाली नदीको तटबन्ध भत्काएर नदि गाउँ पसेकाे छ ।मंगलबार १ बजेर ३० मिनेटमा कर्णाली नदि तटबन्ध भत्काएर नदि

अझै पढ्नुहोस्
Highlights

नेपाल–भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय बैठक सम्पन्न

नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय बैठक आज यहाँ सम्पन्न भएको छ। बैठकमा विशेषगरी भारतको विहार राज्यमा हुन गइरहेको दोस्रो चरणको राज्य सभाको निर्वाचनलाई

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीको वडा नं. १ मा प्रथम वडा भेला सम्पन्न

धनसरा बुढा,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको टीकापुर १ मा प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ । शनिबार कैलालीको टीकापुर नगरपालिका वडा नं. १ मा

अझै पढ्नुहोस्