टीकापुरकी एक महिला बाघकाे आक्रमणबाट घाइते

शेयेर गर्नुहोस


टीकापुर/कैलालीको टीकापुर नगरपालिकामा बाघको आक्रमणबाट एक जना महिला घाइते भएकि छिन ।
साेमबार जंगलमा घाँस काट्न गएकी टीकापुर नगरपालिका वडा नम्बर २ विजयनगर खडक टोलकी ३५ वर्षीय फूलकुमारी चौधरी बाघको आक्रमणबाट घाइते भएकी हुन्। 
बिहान जानकी गाउँपालिका वडा नं. ६ स्थित कैलाशेश्वर सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा उनी बाघको आक्रमणमा परेकी थिइन्। आक्रमणबाट उनको पेट र पिठ्यूमा चोट लागेको छ। 


इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार घाइते चौधरीको टीकापुर अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको जनाएको छ ।यसअघि समेत सो क्षेत्रमा बाघको आक्रमणबाट केही व्यक्ति घाइते भएका थिए। साे क्षेत्रमा विगत केही महिना यता देखि डमरु सहितको बाघहरू देखा पर्दै आइरहेका छन्। स्थानीयका अनुसार कर्णाली नदी किनारको सो क्षेत्र बाघको आश्रय स्थलका रुपमा रहँदै आएको बताइएको छ ।
कर्णाली नदी पारी रहेको बर्दिया राष्ट्रिय निकुञ्जबाट समेत बाघहरु डमरु हुर्काउन सो क्षेत्रमा आउने गरेको स्थानीयकाे भनाइ रहेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुरकाे नुक्लिपुरमा बाघकाे आक्रमणबाट एक जना घाइते

टीकापुर/ केैलालीकाे टीकापुर नगरपालिकामा बाघकाे आक्रमणबाट एक जना घाइते भएका छन ।टीकापुर नगरपालिका वडा नं. ५, नुक्लिपुरका २२ वर्षिय दिपक चाैधरिलाई बाघले आक्रमण गरि घाइते

अझै पढ्नुहोस्
समाचार

नेपाल विद्यार्थी संघ द्वारा घोडाघोडी मन्दिर परिसर र हेलिप्याड क्षेत्रमा सरसफाइ

सुखड । कैलालीको धार्मिक तथा पर्यटकीय क्षेत्र घोडाघोडी मन्दिर परिसर र सुखडमा रहेको हेलिप्याड क्षेत्रमा सरसफाइ गरिएको छ ।  नेपाल विद्यार्थी सङ्घ घोडाघोडी नगर कमिटीको आयोजनामा

अझै पढ्नुहोस्
समाचार

दर्शक भेट्न पुगे बिराज भट्ट र समीर एस टि एस सिनेमा हलमा

धनगढी/चलचित्र १२ गाउँका निर्देशक तथा अभिनेता विराज भट्ट र नायक समिर भट्टले धनगढीस्थित एसटिएस सिनेनामा हलमा दर्शकसँग भेटघाट गरेका छन् । चलचित्र १२ गाउँको प्रमोसनका

अझै पढ्नुहोस्
समाचार

नागरिकको सुरक्षामा नेपाली सेनाको योगदान सह्रानीय : प्रदेश प्रमुख मियाँ

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नेपाली सेनाले नागरिकहरूको सुरक्षामा दिएको योगदान सह्रानीय रहेको भन्दै प्रशंसा गरेका छन् । सुदूरपश्चिम पृतना हेडक्वार्टरको आयोजनामा महाशिवरात्रि

अझै पढ्नुहोस्