टीकापुरका दलहरु चुनावको आन्तरिक तयारीमा, कुन वडामा कति मतदाता

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुर लगायतका विभिन्न क्षेत्रमा राजनीतिक दलहरु चुनावकाे आन्तरिक तयारीमा जुटेका छन् ।सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेसँगै राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेर चुनावी सरगर्मी बढेको हाे ।

सरकारले वैशाख ३० मा स्थानीय तहकाे निर्वाचन मिति ताेकेपछि निर्वाचन आफ्नो पक्षमा पार्न यतिबेला राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटिरहेका हुन ।

राजनीतिक दलहरु वडा तथा टाेल बस्तीमा पुगेर विभिन्न कमेटीहरु गठनमा जुटेका छन भने कुन वडामा आफ्नो पार्टीको पक्कड के कति छ भनेर आंकल गर्न थालेका छन् ।

चिया पसल देखि दारुकाे भट्टीमा समेत राजनीतिक चर्चाले बढी स्थान पाएको जानकारहरु बताउन्छन । केही पार्टीले केही उम्मेदवारी सार्वजनिक गरेपनि पार्टीले आधिकारीक उम्मेदवारी घाेषणा नगर्दै केही पार्टीका कार्यकर्ताहरु साेघाेसित उम्मेदवारका रुपमा आफुलाइ अगाडि सारेका छन् ।
निर्वाचन आयोग समेत चुनावी तयारीमा जुटि रहेकाे बेला टीकापुर नगरपालिकामा मतदाताको संख्या कति छ भनेर आम चासोको बिषय समेत बनिरहेको अवस्था छ । निर्वाचन आयोगले हाल सम्मको मतदाता संख्या सार्वजनिक गरेको छैन । यद्यपि आयोगको वेभसाइटमा २०७७ पौष मसान्तसम्म १८ वर्ष उमेर पुगेका मतदाताको संख्या ५० हजार ४ शय ८१ रहेको छ ।

वेभसाइटमा उपलब्ध तथ्यांकका अनुसार सबैभन्दा बढी वडा नं. १ मा २० हजार १ सय ५४ मतदाता रहेका छन् भने सबैभन्दा कम वडा नं.९ मा छन् ।
वडा नं. २ मा ५ हजार १ सय, वडा नं. ३ मा ३ हजार २ सय ६८, वडा नं. ४ मा ३ हजार २ सय ५८ मतदाता रहेका छन् ।

त्यस्तै वडा नं. ५ मा ४ हजार ८ सय २३, वडा नं. ६ मा ३ हजार ३ सय ५७, वडा नं. ७ मा ४ हजार ४ सय ७३ , वडा नं. ८ मा ३ हजार ६ सय ७० र वडा नं. ९ मा २ हजार ३ सय ७८ मतदाता रहेका छन् ।
यही तथ्यांकलाई आधार मान्ने हो भने टीकापुर नगरपालिकामा कुल ५२ हजार बढी मतदाता हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पत्रकार धमलाले फाउण्डेशनको भवन बनाउने, ५० हजार नगद सहयोग

जमुना न्युरे,धनगढी/कैलालीको धनगढी स्थित दृष्टि फाउण्डेशनमा पुगरे प्राईमटाईम टेलिभिजनका अध्यक्ष तथा चर्चित पत्रकार ऋषि धमलाले भवन बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन ।कल्पना भट्टले धनगढी

अझै पढ्नुहोस्
समाचार

रा.मा.बि सुखडको बजारको पूर्व पट्टिमा कित्ता नं.२५१ मा निमार्ण गरिएका अस्थायी घर टहरा हटाउन ३५ दिने अल्टिमेटम

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले बजारको पूर्व पट्टिमा रहेको कित्ता नं.२५१ मा निमार्ण गरिएका अस्थायी घर टहरा हटाउन ३५ दिने अल्टिमेटम दिएको

अझै पढ्नुहोस्
समाचार

प्रदेश कार्यसमितिले बुझायो ध्यानाकर्षण सहित ज्ञापन पत्र

जमुना न्युरे,धनगढी /बैज्ञानिक बन ब्यबस्थापन उपभोक्ता रास्ट्रीय महासघको प्रदेश कार्यसमिति ले धनगढीका विभिन्न निकायमा आज बैज्ञानिक बन ब्यबस्थापन कार्यक्रम लागू गर्नु पर्ने भन्दै ध्यानाकर्षण सहित

अझै पढ्नुहोस्
समाचार

रेशम चौधरीसहितको रिहाई गर्न सरकारले ल्यायो छुट्टै अध्यादेश

काठमाडौँ / सरकारले वार्तामा रहेका सरोकारवालाहरूसँगको सहमति कार्यान्वयनका लागि अलग्गै अध्यादेश ल्याएको छ ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो अध्यादेश ल्याउने निर्णय गरेको सरकारका एक मन्त्रीले

अझै पढ्नुहोस्