टीकापुरमा माेटरसाइकल दुर्घटनामा परि दुई जनाकाे मृत्यु

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीकाे टीकापुरमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ।
शनिबार टीकापुर नगरपालिका वडा नं. २ विकाशपुरमा से.६ प. १९३१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक टीकापुर नगरपालिका वडा नं.-१ का १८ वर्षीय सुन्दर मगर र पछाडि सवार सोही ठाउँका १८ वर्षीय केशव मगरको मृत्यु भएको ट्राफिक प्रहरीले जानकारि दिएकाे छ । त्यस्तै साेहि मोटरसाइकलमा सवार सोही ठाउँका १९ वर्षीय आशिष मगर घाइते भएका छन्। तीनै जनालाई टीकापुर अस्पतालमा सामान्य उपचारपछि कोहलपुर मेडिकल कलेज रिफर गरिएको र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

घाइते आशिषको उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ। मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

जाडो छल्न भारततिर बसाइँ सरिरहेका कर्‍याङकुरुङ सारस चरा

जमुना न्युरे,धनगढी/जाडो छल्न भारततिर बसाइँ सरिरहेका कर्‍याङकुरुङ सारस चरा कैलालीमा बसाई सर्न थालेका छन् । मङ्गोलिया, रसिया र उत्तरी चीनबाट आएका कर्‍याङकुरुङ कैलारी गाउँपालिका ,

अझै पढ्नुहोस्
समाचार

लाइटहरु गुणस्तरीय नभएको पाइएको छ

धनगढी/धनगढीमा झिलिमिली पार्न लगाइएका लाइटहरु गुणस्तरीय नभएको पाइएको छ। धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानहरूमा जडान गरिएका सडक बत्तिहरु गुणस्तरहीन भएको पाइएको हो। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल

अझै पढ्नुहोस्
समाचार

कानुन मन्त्री जाेशिले सन्चारकर्मी संग शुभकामना आदानप्रदान

जमुना न्युरेधनगढी/सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सञ्चारकर्मीहरुसंग हिन्दुहरुको महान पर्व दशैंतिहारको अवसरमा शुभकामना आदानप्रदान गरेकी छिन ।आफनै कार्यकक्षमा विभिन्न सञ्चारमाध्यममा कार्यरत

अझै पढ्नुहोस्