टिकापुरमा मनाईयो विश्व ओत दिवस

शेयेर गर्नुहोस



जमुना न्युरे,टिकापुर/कैलालीको टिकापुरमा नेपालमै पहिलो पटक विश्व ओंत दिवस मनाईएको छ । डब्लुडब्लुएफ नेपालले नेपाल सरकारसँगको सहकार्यमा नेपालमा पहिलो पटक विश्व ओंत दिवश मनाएको हो ।सोनाहा विकास समाज , डल्फिन संरक्षण केन्द्र, साना स्तनधारी संरक्षण तथा अनुसन्धान प्रतिष्ठान, मुक्त कमैया महिला विकास मञ्च र डिभिजन वन कार्लेयालय पहलमानपुरको सहकार्यमा दिवस मनाएको हो ।


कार्यक्रममा बोल्दै सुदुूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टिका थापाले सङ्कटमा रहेको ओंतको संरक्षणका लागि सबै जना एक जुट हुुनुुपर्ने बताउनुु भयो । उहाले भन्नभयो, जीवजन्तुलाई जोगाउनुपर्छ, ओंतको बारेमा धेरै मानीसहरुलाई जानकारी नै छैन, स्थानीय स्तरमा जनचेतना मुलक कार्यक्रमहरु गरी लोप हुन लागेको ओंत लगायतका जीवजन्तुको संरक्षणमा लाग्नुपर्ने र सो का लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।


विश्वमा धेरै जनावरहरु लोप हुुदै गईरहेको जानकी गाँउपालिकाका अध्यक्ष गणेश चौधरी बताउनुुहुन्छ । कुुनै समयमा डाईनासोर पनि थियो अहिले लोप भईसकेको छ उहाँले भन्नुभयो, ओंतलाई पनि डाईनासोर नै बनाएर चित्रमा हेर्ने अवस्था आउदैछ त्यसैले यसको संरक्षणका लागि सबैजना एक जुुट हुुनुुपर्दछ ।


खेतीमा प्रयोग हुने विभिन्न बिषादीहरु न्दि तथा ताल तलैयामा मिसिई ओंत लगायत जलचरहरुको वासस्थान संकटमा पुुगेको डिभिजन वन कार्यालय पहलमानपुुरका डिभिजनल वन अधिकृत राम बिचारी ठाकुुरले बताउनुुभयो । पारिस्थितीकिय प्रणालीको अभिन्न अंगका रुपमा जीवजन्तु रहेको बताउदै ठाकुरले भन्नुभयो, यीनको संरक्षण गर्नुु हामी सबैको कर्तव्य हो ।


डल्फिन संरक्षण केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठले डल्फिन र ओंत जस्ता, दुुर्लभ एवं लोपोन्मुख वन्यजन्तुको संरक्षण संगसंगै समुदायको दिगो बिकासका लागि कसरी अगाडि बढ्ने भन्ने तर्फ सबैको चासो निरन्तर रहनुपर्ने बताउनुुभयो ।
लोपोन्मुख हुँदै गएको ओंतको संरक्षणका लागि विभिन्न कार्यक्रमहरु पनि भईरहेका छन । यसको संरक्षणका लागि कर्णाली नदिमा ओंत संरक्षण सचेतना तथा समुुदायको जीविकोपार्जन सुुधार कार्यक्रम समेत लागुु भएको छ । उक्त कार्यक्रमले विभिन्न क्रियाकलापहरु गर्दै आएको छ । सन् २०२३ अप्रिल देखि सुरु भएको सो कार्यक्रम २०२६ मार्च सम्म लागुु हुुने कार्यक्रम संयोजक रत्न केसीले जानकारी दिनुुभयो ।


ओत संरक्षणकै लागि भनेर संरक्षण कार्य योजना नै बनाएको ओत संरक्षणका फिल्ड कोअर्डिनेटर तथा डब्लु डबलु एफका प्रतिनिधि आशिश कपालीले बताउनुभयो । यस अघि ओत संरक्षणकै लागि छुुट्टै योजना बनाएका थिएनौ उहाले भन्नुभयो,१ बर्ष पहिले देखि योजना नै बनाएर ओतको संरक्षणका कार्यक्रमहरु गरिरहेका छौ ।


ओत संरक्षणका लागि समुदाय स्तरमा सचेतना कार्यक्रमहरु गरिरहेको संरक्षणकर्मि बिजय श्रेष्ठले बताउनुुभयो । उहाका अनुुसार कर्णाली नदी तटिय वर्दिया र कैलाली तर्फ , ओत संरक्षण समूहहरु गठन गरिएको छ ।
नेपालमा पाईने वन्यजन्तुु मध्यको पानीमा बस्ने एक सानो स्तनधारी प्राणी हो ओंत । यसको मुुख्य आहारा माछा हो । माछा संगै भ्यागुता, गँगटा जस्ता साना जीव पनि यसका आहारा हुन् ।
ओंत खोला नाला, ताल तलैया तथा सिमसारको डिलमा रहेका माटोको प्वालमा, ढुङ्गे ओढार वा रुखका जराहरुका बिचमा बस्दछन् । जाडोयाममा यिनीहरु बलौटे बगरहरुमा सुतेर घाम ताप्ने गर्दछन् । यीनीहरु नदी, खोला नाला, ताल तलैया तथा सिमसारका नजिकका वनजगलमा विचरण गर्ने गर्दछन् । यिनीहरु शान्त ठाउँ मनपराउँछन् ।


विश्वमा १३ प्रजातिका ओंत पाईन्छन् जसमध्ये नेपालमा भने तीन प्रजातिका ओंत मात्र पाईने गरेको साना स्तनधारी प्राणी संरक्षण तथा अनुुसन्धान फाउण्डेसनका कार्यकारी निर्देशक सञ्जन थापाले बताउनुुभयो । नेपालमा कालो (यूरेशियन ओटर), खैरो ओत (स्मूथ कोटेड ओटर), र सानो ओत (एशियन स्मल ओटर) गरेर तीन प्रजातिका आेंत पाइन्छन् ।


थापाका अनुुसार कालो ओंत कर्णालीको माथिल्लो भाग, पहाडी र हिमाली भागमा पाईन्छ भने खैरो ओंत तराई क्षेत्रका पुर्वमा सप्तकोशी, मध्यमा पूर्वी राप्ती, पश्चिम बबई, तल्लो कर्णाली र शुक्लाफाँटा लगायत कैलालीका नदि क्षेत्रमा पाईने अभिलेख छ । सानो आेंत भने नेपालमा धेरै समय देखि रेकर्ड भएको छैन ।
स्वच्छ पानीको सूचक प्रजातीका रुपमा मानिने ओंत मानवीय क्रियाकलापका कारण संकटमा पर्दै गएको छ । तराई र पहाडी क्षेत्रमा पाइने ओंत पानीको बढ्दो प्रदूषण, वासस्थान र आहारामा मानवीय हस्तक्षेप र वातावरणीय परिवर्तन जस्ता कारणले लोप हुदै गएको थापाले बताउनुभयो ।


“कुनै स्थानमा ओंत देखिनु भनेको उक्त क्षेत्रको पानी स्वच्छ छ भनेर बुझ्नु पर्छ, उहाँले भन्नु भयो, तर पछिल्लो समय नदि तथा सिमसारमा मानवीय गतिविधीले ओंत संकटमा पर्दै गएका छन ।
नदीबाट बालुवा तथा ढुङ्गा उत्खनन, सिमसार दोहन, माछा मार्न ठूला जाल, बिष तथा करेन्टको प्रयोग, लगायत कारणले ओंतको वासस्थान विनाश हुँदै गएको छ । खोला किनार बाटो बनाउने तथा ठूला जलविद्युत आयोजनाका कामले गर्दा नदीमा आश्रीत अन्य जलचर प्राणीलाई जस्तै ओंतको वासस्थानमा समेत असर परेको थापाले बताउनुुभयो ।

ताजा खबर

Just how to Validate an ESA Letter: A Comprehensive Overview

Exploring the most effective ESA Letter Site According to Reddit Users

Lorem Ipsum

The Ultimate Guide to Top Slots: Whatever You Required to Know

Casino Free Slots

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेपाली काङ्ग्रेस जहिले पनि महिलाहरुको मुद्दामा संबेदनसिल छ : देउवा

जमुना न्युरे,धनगढी/नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले महिलामाथि हिंसा भएको देखेमा पुरुषले समेत खबरदारी गर्नुपर्ने बताएकी छन्। सोमबार धनगढीमा आयोजित

अझै पढ्नुहोस्
समाचार

निजामती कर्मचारीले वृक्षारोपण गरि मनाए स्थापना दिवस

जमुना न्युरे,धनगढी/नेपाल निजामती कर्मचारी युनियन को स्थापना दिवसको अवसर पारेर धनगढी उपमहानगर पालिका वडा न ९ र १ को त्रिबेणी आर्यघाटमा वृक्षा रोपण कार्यक्रम सप्पन्न

अझै पढ्नुहोस्