टीकापुर विमानस्थल संचालन नभए उड्डयन प्राधिकरणले जग्गा फिर्ता गर्नु पर्छ : नगर प्रमुख थारु

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर विमानस्थल संचालन नभए नागरिक उड्डयन प्राधिकरणले जग्गा फिर्ता गर्नुपर्ने टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले बताउनुभयो ।


शनिबार टीकापुर विमानस्थलकाे स्थलगत निरिक्षण गर्ने क्रममा नगर प्रमुख थारुले साे कुरा बताउनुभएकाे हाे ।
नगर प्रमुख थारुले कित तत्काल टीकापुर विमानस्थल संचालन हुनुपर्छ हैन भने नागरिक उड्डयन प्राधिकरणले नगर विकास समितिलाई जग्गा फिर्ता गर्नुपर्ने बताउदै उहाँले टीकापुरकाे मुटुमा रहेको जग्गा नागरिक उड्डयन प्राधिकरणले ओगटी राख्न नपाउने बताउनुभयो । उहाँले यस विषयमा टीकापुर नगरपालिकाकाे टीम डेलिगेसनमा जाने बताउनुभयो ।


टीकापुर विमानस्थल संचालनका लागि नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रेशमलाल चाैधरी, कृषि तथा सहकारी मन्त्री रामेश्वर चाैधरी तथा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु सहितकाे टाेलिले शनिबार विहान अवलोकन गरेका छन् । Tikapur Airport काे लम्बाई १२५० मिटर र चौडाइ १७५ मिटर रहेकाे छ ।

ताजा खबर

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

Daily Cars And Truck Rental in Dubai: Whatever You Need to Know

Exactly how to Book a Private Yacht in Dubai

सम्बन्धितखवर

छुटाउनु भयो कि !