जनताको काम नरोक्नुहोस काम गर्न नसके कारण दिनुहोस :मुख्यमन्त्री शाह

शेयेर गर्नुहोस

धनगढी/कैलाली जिल्लाको धनगढीमा भएको नेपाल निजामती कर्मचारी युनियनको प्रदेश भेलाको प्रमुख अतिथिको आसनबोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले भने कर्मचारीहरुलाइ जनताको टेबल आएको कामलाई नरोक्नुहोस काम गर्न नसके कारण सहित लेखेर जवाफ दिन निर्देशन दिएका छन् । प्रदेश सरकारले बजेट सुन्यतामा पनि काम गर्यो अहिले नीति तथा कार्यक्रम कार्यन्वयन गर्दै छ , कर्मचारी सरुवाको नाममा हुने आर्थिक चलेखेल भएको खण्डमा सम्बन्धित कार्यलयका सचिब तथा कर्मचारीहरुलाइ आफुले कारबाही गर्ने बताए ।

मुख्यमन्त्री शाहले सुदूरपश्चिम सरकारले यहाँ जुन सुकै सघं संगठ्न कर्मचारीहरु सङ्ग सरकार हातेमालो गरेर अगाडि बढ्न चाहेको छ , कर्मचारिहरु चाहेमा प्रदेश सरकारले गरेको उपभोक्ता समिती गठन नगरेर कामहरु गर्न सकिने र प्रभाबकारी ,पार्दशिकता अनुसार काम हुने बताए ।

तेस्तै कार्यक्रममा शुभकामना मन्तव्य दिदै सुदूरपश्चिम प्रदेशका सामाजिक बिकाश मन्त्री मेघराज खड्काले नेपाल कर्मचारी युनियनले पचायत देखि लोकतान्त्रिक गणतन्त्र हुदै सघियता सम्मको शासन ब्यबस्थालाइ देखि सकेको हुदा सघियता कार्यन्वयन गर्न नेपाल कर्मचारी युनियन महत्वपूर्ण भुमिका रहेको बताए । नेपाली काग्रेशले आफ्ना पाटिका कार्यक्रमहरुमा , नेतृत्वदायी भुमिकामा रहेको बेलामा कर्मचारीहरुका पेसागत हकहित बारेमा सधै चासो र चिन्तन रहेको , सुदूरपश्चिम प्रदेशमा अझै पनि ५० प्रतिशत कर्मचारीहरुको दरबन्दी रिक्त रहेको , सघिय सरकारले निजामती कर्मचारी ऎन नल्याउदा प्रदेश सरकारले कार्यन्वय गर्न नसकेको बताए ।


सघियता आयो तर अधिकार प्रत्यायोजन गर्न नसक्दा प्रदेश सरकारलाइ काम कार्यन्वयन गर्न समस्या रहेको बताए ।
कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश आन्तरिक मालिला तथा कानुन मन्त्रालय राज्यमन्त्री प्रकाश बमले सुदूरपश्चिम प्रदेश सरकारले कर्मचारी निजामती ऎन ससद बाट पारित गरिसकेको र कर्मचारी निमावली निकट भविस्य ल्याउनका लागि प्रदेश सरकार बिधान संशोधन समिती लागि राखेको बताए । प्रदेश सरकार निजामती कर्मचारी ऎन बनाउदा कर्मचारीहरुका सघं सगठनहरुलाइ जानकारी नदिएको सरसल्लाह नगरेको गुनासोलाइ उनले भने जानकारी गराइको हो ,बिषयगत रुपमा टिममा छलफल सुझाव सङ्कलन गरि टेबल गरिएको बताए ।

कार्यक्रममा बोल्दै नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष गोपाल प्रसाद प्रोखरेलले भने नेपाल कर्मचारी युनियनका कर्मचारीहरुलाइ भ्रममा नपर्न आग्रह गरे नेपाल कर्मचारी युनियनमा कुनै गुट बन्दी नरहेको , नेपाली काग्रेशको पाटिको लाइनको गुट पनि छैन , कर्मचारी युनियनको गुट भनेको काग्रेश पाटि हो , अब नेपाल कर्मचारी युनियन को नेतृत्व पहिलो पुस्ताले होइन दोस्रो पुस्ताले गर्नु पर्छ । नेपाल कर्मचारी युनियनलाइ हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न जरिरि दोस्रो पुस्तालाइ नेतृत्व हस्तान्तरण गर्न आफुले चाहेको बताए ।

राष्ट्रसेवा ,निस्प्क्षता ,तटस्थता ,कर्मचारी एकता भन्ने मुलनारा का साथ भएको नेपाल निजामती कर्मचारी युनियनको प्रदेश भेला तथा प्रशिक्षण कार्यकमका सभापति नेपाल कर्मचारी युनियन सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्म देउवाले कार्यक्रम माथी प्रकाश पार्दै सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश निजामती सेवा ऎन जारी गरेको र नियामावली तत्काल जारी गर्न प्रतिवद्वता जाहेर गरेकोमा नेपाल निजामती कर्मचारी युनियनले मुख्यमन्त्रीलाई धन्यवाद दिएको छ ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय पदाधिकारी , सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका अध्यक्ष हरुले कार्यक्रम सुभकामना दिएका थिए ।

कार्यक्रममा भर्खर मात्रै नबनिर्वाचित नेपाल इन्जिनियर एसोसिएसन सुदूरपश्चिम प्रदेशका कार्यसमितिलाई बधाई तथा सम्मान, नेपाल कर्मचारी युनियनका कर्मचारीहरुलाइ विभिन्न योगदान पुर्‍याएको भन्दै नेपाल कर्मचारी युनियन केन्द्रिय कार्यसमिती देखि प्रदेस सम्म कर्मचारीहरुलाइ सम्मान गरिएको थियो ।

ताजा खबर

Co to jest Coins Game Casino?

Omkring Chicken Road: En Oversigt over Kasinospillets Aspekt

Czym jest Chicken Road w kontekście hazardu

LExpérience de Jeu « Chicken Road » : Principes et Caractéristiques

Co to jest Chicken Road w kontekście hazardu?

What is Pelican Casino: Overview and Key Features

सम्बन्धितखवर

छुटाउनु भयो कि !