चितुवाको छाला सहित २ जना पक्राउ

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड / कैलाली जिल्ला को लम्की चुहा नगरपालिका वडा ३मा रहेको टुक्की बजार बाट आज दुई जनालाई चितुवाको छाला सहित दुई जनालाइ प्रहरीले प्रकाउ गरेको छ ।

सुदूरपश्चिनम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय चिसापानीबाट प्र.नि. टेक बहादुर जोराको कमाण्डमा खटि गएको संयुक्त प्रहरी टोलीले कुईने देखि चिसापानी तर्फ आउँदै गरेको अछाम जिल्ला बिनायक नगरपालिका वडा नं. ०६ तोली बस्ने बर्ष-३६ को तुल बहादुर बि.क. जुम्ला जिल्ला तातोपानी गाउँपालीका वडा न. ०४ राउत वाडा बस्ने बर्ष-५० को तुल बहादुर खत्री लाई विशेष सुराकी आधारमा प्रकाउ गरेको छ ।

प्रहरीले सन्काको आधारमा चेकजाँच रातो पहेलो रंगको झोलामा लुकाइ छिपाइ ल्याउदै गर्दा लम्बाई ७ फिट १० ईन्च र चौडाई ४ फिट ७ ईन्च भएको चितुवाको छाला थान १ (एक) र बन्यजन्तुको जस्तो देखिने बिभिन्न भागका हड्डी २ किलो ९५० ग्राम बरामद गरेको हो ।

प्रकाउ परेका दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यलय धनगढी पठायको चिसापानी इलाका प्रहरी कार्यलयका प्रमुख टेक बहादुर जोराले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

गेटामा अस्पताल सफल भए मात्रै विश्वबिद्यालय : स्वस्थ्य मन्त्री बस्नेत

धनगढी, १६ पुस/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतले गेटामा तत्काल मेडिकल विश्व विद्यालय बनाउन एकजुुट भएर लाग्न आग्रह गरेका छन् । मन्त्री बस्नेतले सुदूरपश्चिमका नागरिकले

अझै पढ्नुहोस्
राजनीति

दुई ठुला दल मिलेर बनेको सत्तागठबन्धनको सरकार ढल्छ भन्नु हल्ला मात्रै हो : काँग्रेश नेता कोइराला

धनगढी पुस ५ नेपाली काँग्रेसका नेता डाक्टर शेखर काइरालाले दुई ठुला दल मिलेर बनेको सत्तागठबन्धनको सरकार ढल्छ भन्नु हल्ला मात्रै रहेको बताएका छन् । आज

अझै पढ्नुहोस्
समाचार

सुशासन, दिगो विकास तथा समृद्ध सुदूरपश्चिम विषयक राष्ट्रिय सेमिनार हुने

धनगढी- चैतन्य इन्टिच्युट फर रिसर्च एन्ड डेभ्लप्मेन्ट प्रालिले धनगढीमा सुशासन, दिगो विकास तथा समृद्ध सुदूरपश्चिम विषयक राष्ट्रिय सेमिनार गर्ने भएको छ। आज शिवनगरस्थित चैतन्य पाठशालामा

अझै पढ्नुहोस्
समाचार

एमालेको प्रदेश अधिबेशन को तयारी पुरा

धनगढी – नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन तयारी सकिएको छ । असोज २१ र २२ गते हुने प्रथम प्रदेश अधिवेशनको तयारी सकिएको शनिबार पत्रकार

अझै पढ्नुहोस्