चलचित्र पत्रकार संघमा जोशी

शेयेर गर्नुहोस


कैलाली, पुस २७ – चलचित्र पत्रकार संघ नेपालको सुदूरपश्चिम प्रतिनिधित्व हुनेगरी कैलाली शाखामा नागरिककर्मी पुष्पराज जोशी सर्वसम्मत चयन भएका छन्् । शुक्रबार चलचित्र पत्रकार संघ नेपालको प्रस्तावित शाखाका रुपमा विशेष भेला तथा कार्यसमिति पुनर्गठन गरिएको हो ।


पुनर्गठीत समितिको उपाध्यक्षमा विवेक नागरी, सचिवमा कृत बिष्ट, सहसचिवमा सुनिता बिक, कोषाध्यक्षमा शंकर बोहरा र सदस्यहरुमा सागर कुश्मी (चौधरी), दिनेश बिष्ट, रमेश ऐडी, योगेन्द्र नायक, महेश वडू र गिरिजा पनेरु रहेका छन् । उद्घाटन सत्रमा प्रमुख अतिथिको आशनबाट बोल्दै चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामीले सुदूरपश्चिमको चलचित्र लगायत भाषा, कला, संस्कृतिको विकासमा समिति कोशेढुंगा सावित हुने बताए ।

हरेक पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न चलचित्रको भूमिका महत्वपूर्ण रहने बताउँदै उनले भने,‘यसको थप प्रचार प्रसार गर्न चलचित्र पत्रकार संघ नेपाल क्रियाशील रहनु पर्छ ।’ कार्यक्रममा विशिष्ठ अतिथि रहेका नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले कला संस्कृतिको विकासमा चलचित्र पत्रकार संघको भूमिका महत्वपूर्ण रहनेमा जोड दिँदै महासंघ सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जमुना न्यूरे, प्रेस सेन्टर नेपाल जिल्ला अध्यक्ष तेजराज भट्ट र प्रेस चौतारी नेपालका जिल्ला सह सचिव दिनेश विष्टले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै संघका सचिव श्रवण देउवाले यस क्षेत्रको कला संस्कृति जगेर्ना गर्न सुदूरपश्चिममा गठन भएको चलचित्र पत्रकार संघ नेपालले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले निवर्तमान समितिका अधूरा कामहरु वर्तमान समितिको जिम्मेबारी रहेको उल्लेख गरे । संघका कोषाध्यक्ष सीताराम ओझाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

ताजा खबर

Understanding ESA Letters in West Virginia: A Comprehensive Guide

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

डोटीको भवानी माविका पाँच सय विद्यार्थीलाई पोशाक, झोला र छात्रबृति प्रदान

डोटी/डोटीको सायल गाउँपालिका–२ स्थित भवानी माध्यमिक विद्यालयका पाँच सय विद्यार्थीहरुलाई बुधवार विद्यालय पोशाक, झोला वितरण गरिनुका साथै १४ जना विद्यार्थीलाई छात्रबृति वितरण गरिएको छ ।

अझै पढ्नुहोस्