चलचित्र पत्रकार संघमा जोशी

शेयेर गर्नुहोस


कैलाली, पुस २७ – चलचित्र पत्रकार संघ नेपालको सुदूरपश्चिम प्रतिनिधित्व हुनेगरी कैलाली शाखामा नागरिककर्मी पुष्पराज जोशी सर्वसम्मत चयन भएका छन्् । शुक्रबार चलचित्र पत्रकार संघ नेपालको प्रस्तावित शाखाका रुपमा विशेष भेला तथा कार्यसमिति पुनर्गठन गरिएको हो ।


पुनर्गठीत समितिको उपाध्यक्षमा विवेक नागरी, सचिवमा कृत बिष्ट, सहसचिवमा सुनिता बिक, कोषाध्यक्षमा शंकर बोहरा र सदस्यहरुमा सागर कुश्मी (चौधरी), दिनेश बिष्ट, रमेश ऐडी, योगेन्द्र नायक, महेश वडू र गिरिजा पनेरु रहेका छन् । उद्घाटन सत्रमा प्रमुख अतिथिको आशनबाट बोल्दै चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामीले सुदूरपश्चिमको चलचित्र लगायत भाषा, कला, संस्कृतिको विकासमा समिति कोशेढुंगा सावित हुने बताए ।

हरेक पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न चलचित्रको भूमिका महत्वपूर्ण रहने बताउँदै उनले भने,‘यसको थप प्रचार प्रसार गर्न चलचित्र पत्रकार संघ नेपाल क्रियाशील रहनु पर्छ ।’ कार्यक्रममा विशिष्ठ अतिथि रहेका नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले कला संस्कृतिको विकासमा चलचित्र पत्रकार संघको भूमिका महत्वपूर्ण रहनेमा जोड दिँदै महासंघ सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जमुना न्यूरे, प्रेस सेन्टर नेपाल जिल्ला अध्यक्ष तेजराज भट्ट र प्रेस चौतारी नेपालका जिल्ला सह सचिव दिनेश विष्टले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै संघका सचिव श्रवण देउवाले यस क्षेत्रको कला संस्कृति जगेर्ना गर्न सुदूरपश्चिममा गठन भएको चलचित्र पत्रकार संघ नेपालले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले निवर्तमान समितिका अधूरा कामहरु वर्तमान समितिको जिम्मेबारी रहेको उल्लेख गरे । संघका कोषाध्यक्ष सीताराम ओझाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बाढिका कारण हुलाकी राजमार्ग पुर्ण रुपमा अवरुद्ध

टीकापुर/ कैलालीको टीकापुर स्थित पुर्व पश्चिम हुलाकी सडक पुर्णरुपमा अवरुद्ध भएको छ । टीकापुर नगरपालिका वडा नं. ८ बनगाउं स्थित हुलाकि सडक कर्णाली नदिमा आएको

अझै पढ्नुहोस्
समाचार

टीकापुरका एक बालक रकम अभावका कारण क्यान्सर राेग संगै लड्दै

टीकापुर / कैलालीको टिकापुर नगरपालिका वडा नं ७ सत्तीका एक बालक रकम अभावको कारण क्यान्सर राेग संग लडिरहेका छन् ।सत्ती बजार ( राम मन्दिर नजिकै

अझै पढ्नुहोस्
समाचार

हत्याको बिराेधमा लम्कीमा राजमार्ग अवरुद्ध, ८ जना पक्राउ

टीकापुर/ कैलालीकाे टीकापुरमा खुकुरी प्रहारबाट एक युवकको हत्या भएपछि लम्किमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर १ का भुपेन्द्र बडुवालको खुकुरी

अझै पढ्नुहोस्
समाचार

नेपाली काँग्रेसको माघी मिलन तथा कार्यकर्ता भेटघाट कार्यक्रम

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–७ करैचामा नेपाली काँग्रेसको माघी मिलन तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । थारु समुदायको अति महत्वको ठुलो चार्डको रूपमा चिनिने माघी

अझै पढ्नुहोस्