घोडाघोडी बहुमुखी क्याम्पस सञ्चालक समिति निर्वाचन सम्पन्न, अध्यक्षमा न्युरे विजयी

शेयेर गर्नुहोस

कैलालीको घोडाघोडी नगरपालिकामा अवस्थित घोडाघोडी बहुमुखी क्याम्पसको क्याम्पस सञ्चालक समितिको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। निर्वाचनबाट अध्यक्षमा लक्ष्मण न्युरे विजयी भएका छन्।

न्युरेले २ सय ७७ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी डबल शाहलाई पराजित गरेका हुन्। शाहले १८८ मत प्राप्त गरेका छन् । न्युरे प्यानल सहित गठबन्धनका साझा उम्मेदवार थिए।

उपाध्यक्षमा आयुष जोशी २ सय ३४ मतका साथ विजयी भएका छन् भने उनका प्रतिस्पर्धी भानुभक्त आचार्यले २ सय २३ मत प्राप्त गरेका छन्।

महिला सदस्यतर्फ राधा पाण्डे बिनाडीले २३२ मत प्राप्त गरी विजयी भएकी छन्। उनका प्रतिस्पर्धी नारायणी गौतमले २२३ मत प्राप्त गरेकी छन् ।

यस्तै लेखा परीक्षण टोली संयोजक पदमा भोजराज जोशी विजयी भएका छन्। उनले २२७ मत प्राप्त गर्दा हेमन्त शाहीले २२१ मत प्राप्त गरेका छन्। लेखा परीक्षण टोली संयोजक बाहेकका पदमा भने न्युरे नेतृत्वको प्यानल सहित गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्।

यसअघि नै सञ्चालक समितिका ७ जना सदस्य भने निर्विरोध निर्वाचित भइसकेका थिए ।

विजय भएसँगै न्यूरेले क्याम्पसको शैक्षिक गुणस्तर सुधार, पारदर्शी व्यवस्थापन तथा विद्यार्थी हक हितका कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचन शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको क्याम्पस प्रशासनले र निर्वाचन समितिले जानकारी दिएको छ ।

ताजा खबर

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मुख्यमन्त्री शाह र नेपाल उद्योग वाणिज्य महासघ अध्यक्ष ढकाल बीच भेटवार्ता

धनगढी/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालबीच आज एक औपचारिक भेटवार्ता भएको छ। मुख्यमन्त्री निवासमा भेटका क्रममा अध्यक्ष ढकालले

अझै पढ्नुहोस्
समाचार

कैलाली जिल्लाको होमस्टे भादागाउँमा मनाइयो गुरही पर्व

धनगढी/जमुना न्युरे”संरक्षण सम्बद्धर्न के लाग सक्कुजन करि काम ,सस्कृती भेषभुषा राखी हमार पहिचान ” भन्ने मुल नाराका साथ थारु समुदायमा आज गुरही (गुरिया) मनाएको छ

अझै पढ्नुहोस्