घोडाघोडी नगरपालिकाले गर्‍यो बजारअनुगमन

शेयेर गर्नुहोस

सुखड/कैलालीको घोडाघोडी नगरपालिका भित्रका केही बजारहरूमा अनुगमन गरीएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीको टोलीले साडेपानी र सुखड बजार अनुगमन गरेको हो । बजार अनुगमनको क्रममा साडेपानी र सुखड बजारका विभिन्न किराना पसलहरूबाट ठुलो परिणाममा म्याद गुज्रेका बस्तुहरू जफत गर्नुको साथै भन्सार छली गरी ल्याएको चिनी बरामद गरेको बताईएको छ ।

साडेपानीका किराना पसलहरू बाट बिस्कुट, बिँडी, चिप्स, दाल, अचार, सुपर पावर, सिस्टम, ललिपप,चाउचाउ लगायत म्याद नाघेका खाद्यवस्तुहरू  बरामद गरीएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी कैलालीका निमित्त कार्यालय प्रमुख सुरेश प्रसाद जोशीले जानकारी दिए । सुखडको एक किराना पसलहरू बाट भन्सार छली गरी ल्याएको ५० केजीको १२ बोरा चिनी बरामद गरेको उनले बताए ।

म्याद नाघेका खाद्यवस्तु इलाका प्रहरी कार्यालय सुखडमा विभिन्न व्यक्तिहरूको उपस्थितमा नष्ट गरेको र बरामद गरेको चिनी भन्सार कार्यालय धनगढी पठाइने निमित्त कार्यालय प्रमुख सुरेश प्रसाद जोशीले जानकारी दिए । पहिलो पटक समान जफत गरिएको र फेरी पनि यही अवस्थामा फेला पारेमा कानुन अनुसार कारबाही अगाडी बढाइने उनले बताए ।

साडेपानी र सुखड बजारहरूमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, इलाका प्रशासन कार्यालय सुखड, घोडाघोडी उद्योग वाणिज्य सङ्घ, इलाका प्रहरी कार्यालय सुखड र घोडाघोडी नगरपालिकाको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो ।

ताजा खबर

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

Daily Cars And Truck Rental in Dubai: Whatever You Need to Know

Exactly how to Book a Private Yacht in Dubai

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

भुमाफियाकाे चङ्गाेलमा टीकापुरकाे श्रीलंका

यज्ञराज उपाध्याय ,कैलाली / जंगलको अ्मरा फल र मौरी गाडेर भोक मेटाउदै २०२२ सालमा जंगल फडानी गरी बसेका स्थानियहरु हाल आएर भुमाफियाका कारण अप्ठेरोमा पर्न

अझै पढ्नुहोस्