घोडाघोडी तालमा बन्दै गरेको भ्यु -टावरको काम रोक्का

शेयेर गर्नुहोस



जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका रहेको घोडाघोडी तालमा भ्युटावर निर्माण काम रोक्का गरिएको छ।

आर्थिक बर्ष २०७७/२०७८मा करिब एक करोडको लगानिमा पर्यटन मन्त्रालय इ. डिबि .टेन्डर मार्फत नै टेन्डर
पर्यटन बिभागले घोडाघोडी ताल क्षेत्रमा पैदलमार्ग निर्माण गरिएको थियो ।

यसरी भ्यु टावर निर्माण कार्यका लागि ट्याक्टरमा निर्माण सामाग्री ओसारपसार गर्दा निर्माण गरियको इन्टरलग टायल लगाएर निर्माण गरियको पैदलमार्ग भत्कियको थियो ।

भ्युटावर निर्माणलागि निर्माण सामग्री बोकिरहेका ट्याक्टर पैदल मार्गबाट हिडाउदा संरचना भत्किएको छ भन्न्ने खबर सत्ती कर्णाली अनलाइनमा छापिए पछि सब डिभिजन वन कार्यलय सुखडले बिहिवार दिउँसो भ्युटावर निर्माण स्थलमा सव डिभिजन वन कार्यलय सुखड र डिभिजन वन कार्यलय पहलमानपुरको सयुक्त टोलि पठायको सब डिभिजन वन कार्यलय सुखडका फरेस्टेर बिरेन्द्र मल्लले जानकरी दिए ।

फरेस्टर मल्लले भने निर्माण कार्यका लागि घोडाघोडी नगरपालिकाले डिभिजन वन कार्यलय पहलमानपुर सङ्ग समन्वय गरेर डिभिजन वन कार्यलय पहलमानपुरले आफुलाई निर्माण हुने भन्ने पत्राचार गरे पछि मात्र निर्माण कार्य सुचारु गर्न दिने बताए । निर्माण कम्पनीललाई सब डिभिजन वन कार्यलय सुखडले काम रोक्न भनेको छ यदि निर्माण कम्पनीले बल पुर्बक काम सुचारु गरेको पाइएमा बन ऎन २०७६ र वन निमावली २०७९ अनुसार कानुनी कारबाहीमा समेत गर्ने मल्लले बताए ।

सघिय सरकारको पर्यटन मन्त्रालयको पर्यटन बिभागले तीन करोड १३ लाख ७३ हजार ९ सय ४५ रुपैया ३३ पैसा बराबर लगानीमा धर्तीमाता बि .के कालिका जे. सि निर्माण कम्पनीले निर्माण गर्न लागियको थियो ।

घोडाघोडी ताल क्षेत्रको मध्यवर्ती क्षेत्रमा निर्माण गरिन लागिएको भ्युटावर आउदो २०८२ जेठ मसान्तसम्म निर्माण गरि सक्नु पर्ने बताएको छ ।
इ डिबि मार्फत नै टेन्डर पाएका निर्माण कम्पनीका प्रमुख प्रकाश ढुंगानाले जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

दुई वर्ष अघि लकडाउन भए सङ्गै बन्द भएका टिकापुर ९ का हाेटलहरु अझै सन्चालनमा आउन सकेका छैनन् ।

कोरोना भाइरसको महामारी फैलिए पछि नेपालमा लकडाउन र नाकाबन्दी भएपछि टिकापुर नगरपालिका ९ खक्कौला पुल पारि विगत केही वर्ष अघिबाट सन्चालनमा आएका एक दर्जन भन्दा

अझै पढ्नुहोस्
समाचार

वनडढेलो नियन्त्रण तथा व्यवस्थापन जनचेतना सप्ताह सप्पन्न

जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको धनगढी उपमहानगर पालिका वडा न १७मा “डढेलोबाट बनलाइ जोगाओ ,बन-दिगो उत्पादन र उपयोग ” भन्ने मुल नाराका साथ बन डढेलो नियन्त्रण

अझै पढ्नुहोस्
समाचार

१६ औं साधारणसभा सप्पन्न

जमुना न्युरे,सुखड / कैलालीको घोडाघोडी नगरपालिका –१ घोडाघोडीमा अवस्थिति विराट् सनातन धर्म संस्कृति संरक्षण संबद्धन प्रतिष्ठानको १६ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

अझै पढ्नुहोस्
अर्थ

सुनचाँदीको मुल्यमा सामान्य गिरावट

काठमाडौँ । सुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला १०० ले ओरालो लागेको छ । अघिल्लो दिन प्रतितोला ९२ हजार ३०० मा

अझै पढ्नुहोस्