गौ संरक्षणका लागि कृष्णपुरमा महायज्ञ शुरु,प्रदेश प्रमुख जोशीले गरे उद्घाटन

शेयेर गर्नुहोस

कञ्चनपुर/कृष्णपुर नगरपालिका भित्र रहेका छाडा पशु चौपायाको उचित व्यवस्थापन र संरक्षणका लागी नगरपालिको वडा न. ४ बिन्द्रावनमा महायज्ञ आयोजना गरिएको छ । ग्वाँसी समैजी गौशाला व्यवस्थापन समितिको आयोजना तथा कृष्णपुर नगरपालिका र वडा न.४ को समन्वय महायज्ञ संचालन भएको हो ।


महासंज्ञ उद्घाटनकै दिन ११ सय कलस सहित हजारौँको संख्यामा वडाभरी कलस यात्रा निकालेर गौ माताको रक्षाको कामना गरिएको थियो । महायज्ञको एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले सामुदाय स्तरमा उत्पन्न भएको पशु चौपायाको समस्या समाधानका लागि गरिएको पहल सरानिय भएको बताए । प्रदेश प्रमुख जोशीले यस्ता समाजिक कार्यमा स्थानीय सरकार र नागरिक मिलेर गर्नुपर्नेमा जोडदिए ।

ग्वाँसी समैजी गौशाला व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर खडकाले छाडिएका पशु चौपायाको व्यवस्थापन गर्दैं त्यसबाट बहुमुखी लाभ लिने उदेश्यका साथ महायज्ञ संचालन गरिएको बताए । ‘गोठमा हुनुपर्ने गाई सडक र खेतबारीमा आउन थाले यो ज्यादै समस्या देखिन लाग्यो, ‘उनले भने, ‘हामीले गाईको उचित व्यवस्थापन गर्न खोजेका छौँ ।’ 


कृष्णपुर नगरका मेयर हेमराज ओझाले नगरपालिकाबाट उत्तरी क्षेत्र १ र ४ मा ठुलो परिमाणमा पशु चौपाया व्यवस्थापन कार्यक्रम अघि बढाउन खोजिएको बताए । मेयर ओझाले नगरपालिका विभिन्न वडामा गरि अहिले पनि करिबन पन्ध्र सय गाइको व्यवस्थापन गरिरहेको भन्दै महायज्ञ मार्फत नागरिकलाई गाईप्रतिको महिमा बढाउनेदेखि छाडिएका पशु चौपायाको थप उचित व्यवस्थापन गर्ने बताए । मेयर ओझाले भने छाडा पशु चौपायाका कारण महेन्द्र राजमार्गमा दिनहुँ दुर्घटना भै ठूलो जनधनको क्षती हुन्थ्यो,स्थानीयहरुको बालिनाली समेत नष्ट हुन्थ्यो,नगरबासी हैरान हुनुहुन्थ्यो त्यसैले हामीले प्राथमिकतामै राखेर पशु चौपायाको व्यवस्थापन कार्य फरक ढङगबाट गरेका छौँ,।

‘मेयर ओझाले भने, ‘एकातिर नागरिकलाई समेत गाईप्रति उत्तरदायी बनाउने अर्कारित छाडिएका पशु चौपाया नियन्त्रण गर्दै उनीहरुको उचित व्यवस्थापन गरेर बहुपयोग काम गछौँ ।’ सामाजिक कामका लागि सरोकारवाला निकायले समेत साथ सर्मथन सहयोगको अपिल गर्दै आएका छन । छाडा पशु चौपाया व्यवस्थापन कार्यमा नागरिक सहित स्थानीय सरकार अग्रसर भएदेखि छाडा पशुचौपायाबाट राजमार्गदेखि खेतबारीसम्म हैरान भएका यात्रुदेखि किसान समेत हर्षित भएका छन नगरप्रमुख ओझा बताउँछन् ।

कृष्णपुर नगरपालिका ४ का वडाध्यक्ष धर्म बहादुर सिहले आफ्नो वडामा यति ठूलो पुनित कार्य भैरहेको भन्दै सम्पुर्ण नगरबासी र विशेष गरि ४ न बासीलाई दिनहुँ सहभागी भै सहयोग गर्नहुन आग्रह गरेका छन् ।
३ चैत्रसम्म संचालन हुने महायज्ञमा गाई सरक्षणका लागि स्रोत जुटाउनुका साथै नागरिकलाई गाई संरक्षणका कामकाजप्रति कर्तव्यनिष्ठ बनाउने आयोजकको संकल्प रहेको छ ।

ताजा खबर

The Ultimate Guide to Real Money Roulette Canada Secure

Ruletka Gra Zakłady: Wszystko, co musisz wiedzieć

Обзор онлайн слота “Свит Бонанза”

What is Trada Casino: Overview and Features?

Overview of 10black Casino online gambling platform features and services.

Czym jest gra Chicken Road 2 w kasynie online?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

आवधिक योजनाबिनै नीति, कार्यक्रम तथा बजेट ल्याउँदै स्थानीयतहहरु

धनगढी– धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल नेतृत्वको जनप्रतिनिधिले आफनो कार्यकालको तेस्रो नीति, कार्यक्रम तथा बजेट ल्याउँदै छ। तर, यसअवधिमा हालसम्म नगरको आवधिक योजना तयार पारेको

अझै पढ्नुहोस्