गौरीगंगा साझेदारी वनमा विवाद, बिधान मिचेर समिति गठन

शेयेर गर्नुहोस


धनगढी /कैलालीको गौरीगंगा साझेदारी वन उपभोक्ता समुहमा विवाद सिर्जना भएको छ । नियमित काम गरिरहेको समितिलाई एकाएक विघटन गरी अर्को समिति बनाएर काम थालिएपछि विवाद सिर्जना भएको छ ।

गत वर्ष माघ २० गते डिभिजन वन कार्यालय कैलालीको उपस्थितमा अर्जुनप्रसाद सापकोटाको अध्यक्षतामा समिति निर्वाचित भएको थियो । उक्त निर्वाचित समितिले नियमित काम गरिरहेकै अवस्थाका डिभिजन वन कार्यलय कैलालीले बलबहादुर महतालाई अवैधानिक तरिकाले अध्यक्ष बनाएको गत वर्ष माघ २० गते निर्वाचित अध्यक्ष अर्जुनप्रसाद सापकोटाको आरोप छ ।
सापकोटाले भने,“ आफुलाई ४ वर्षे कार्यकालका लागि डिभिजन वन कार्यलय कैलालीले खटाएका प्रतिनिधिकै उपस्थितमा निर्वाचित गरियो , बैक खातामा हस्ताक्षर परिर्वतन समेत गरियो , संरक्षणको पाटोलाई अगाडि बढाईरहेका बेला फेरी डिभिजन वन कार्यलय कैलालीकै रोहबरमा केही महिना भित्रै अर्को समिति खडा गरियो, म माथि अन्याय भयो न्यायको लागि सरकारी निकायमा धाईरहेको छु ।”

उनले भने,“वनमा संकलनको तयारी गरिन् लागेको एकलाख ३१ हजार क्युबफिट काठ छ यसैको लागि बन कार्यालय कैलाली र केही काँठ व्यवसायीले अवैध चलखेल बढाएका छन् ।” डिभिजन वन कार्यालय कैलालीले निर्णय सच्याउन पहल नगरे अदालती प्रक्रियामा जाने सापकोटाको भनाई छ ।

यता कैलाली डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले उक्त वनमा बिवाद भएको बताएका छन् । कँडेलले भने ,वनमा ब्यापक मात्रमा काठ रहेको छ , त्यसको व्यवस्थापन जरुरी छ । उपभोक्ताहरूमा सहमतिको आवश्यकता छ । उक्त वनमा आफू आउनुभन्दा पहिलेको विवाद रहेकोले अध्ययन गरिरहेको अधिकृत कँडेलको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Hry v Kasinu Stone Vegas Casino online zdarma a bez registrace.

Jocurile De Noroc Cu Experiență Suplimentară La Sportuna Casino

Best Online Casino For Real Money

Picking the Best Online Online Casinos that Approve Neteller

Crusino – O Rază de Nori peste Marea Jocurilor

Spielothek-Nordis – Vielfalt von Spielautomaten und Tischen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

जरहिमा एकजनाको घाँटी रेटी हत्या

कैलालीको घोडाघोडी नगरपालिका–८ जरैमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी)

अझै पढ्नुहोस्
समाचार

रा.मा.बि सुखडको बजारको पूर्व पट्टिमा कित्ता नं.२५१ मा निमार्ण गरिएका अस्थायी घर टहरा हटाउन ३५ दिने अल्टिमेटम

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले बजारको पूर्व पट्टिमा रहेको कित्ता नं.२५१ मा निमार्ण गरिएका अस्थायी घर टहरा हटाउन ३५ दिने अल्टिमेटम दिएको

अझै पढ्नुहोस्