गौरीगंगा साझेदारी वनमा विवाद, बिधान मिचेर समिति गठन

शेयेर गर्नुहोस


धनगढी /कैलालीको गौरीगंगा साझेदारी वन उपभोक्ता समुहमा विवाद सिर्जना भएको छ । नियमित काम गरिरहेको समितिलाई एकाएक विघटन गरी अर्को समिति बनाएर काम थालिएपछि विवाद सिर्जना भएको छ ।

गत वर्ष माघ २० गते डिभिजन वन कार्यालय कैलालीको उपस्थितमा अर्जुनप्रसाद सापकोटाको अध्यक्षतामा समिति निर्वाचित भएको थियो । उक्त निर्वाचित समितिले नियमित काम गरिरहेकै अवस्थाका डिभिजन वन कार्यलय कैलालीले बलबहादुर महतालाई अवैधानिक तरिकाले अध्यक्ष बनाएको गत वर्ष माघ २० गते निर्वाचित अध्यक्ष अर्जुनप्रसाद सापकोटाको आरोप छ ।
सापकोटाले भने,“ आफुलाई ४ वर्षे कार्यकालका लागि डिभिजन वन कार्यलय कैलालीले खटाएका प्रतिनिधिकै उपस्थितमा निर्वाचित गरियो , बैक खातामा हस्ताक्षर परिर्वतन समेत गरियो , संरक्षणको पाटोलाई अगाडि बढाईरहेका बेला फेरी डिभिजन वन कार्यलय कैलालीकै रोहबरमा केही महिना भित्रै अर्को समिति खडा गरियो, म माथि अन्याय भयो न्यायको लागि सरकारी निकायमा धाईरहेको छु ।”

उनले भने,“वनमा संकलनको तयारी गरिन् लागेको एकलाख ३१ हजार क्युबफिट काठ छ यसैको लागि बन कार्यालय कैलाली र केही काँठ व्यवसायीले अवैध चलखेल बढाएका छन् ।” डिभिजन वन कार्यालय कैलालीले निर्णय सच्याउन पहल नगरे अदालती प्रक्रियामा जाने सापकोटाको भनाई छ ।

यता कैलाली डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले उक्त वनमा बिवाद भएको बताएका छन् । कँडेलले भने ,वनमा ब्यापक मात्रमा काठ रहेको छ , त्यसको व्यवस्थापन जरुरी छ । उपभोक्ताहरूमा सहमतिको आवश्यकता छ । उक्त वनमा आफू आउनुभन्दा पहिलेको विवाद रहेकोले अध्ययन गरिरहेको अधिकृत कँडेलको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मत माग्दै धनगढी पुग्यो इन्जिनियर लोकतान्त्रिक समूह

धनगढी/नेपाल इन्जिनियर्स एशोसिएसनको ३४ आै केन्द्रीय कार्यकारिणी समिति र तेस्रो प्रादेशिक समितिको निर्वाचनका लागि लोकतान्त्रिक समूहका उम्मेदवारहरु धनगढी आइपुगेका छन् । भदौ २८ गते हुने

अझै पढ्नुहोस्
Highlights

स्वास्थ्यकर्मिहरुलाई हाजिर गर्न नदिए पछि धर्ना सुरु

धनगढी- धनगढी उपमहानगरपालिकाले समायाेजन मिलान भएका स्वास्थ्यकर्मीलाई हाजिर गर्न नदिएपछि स्वास्थ्यकर्मीहरु आन्दाेलित भएका छन्। कर्मचारीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कर्मचारी समायोजन मिलान सम्बन्धि मापदण्ड, २०७७ र स्वास्थ्य

अझै पढ्नुहोस्
समाचार

हरियाली सा .ब को साधारण सभा सम्पन्न

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडि नगरपालिका वडा ५ देउकलियामा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समुहको १३ औ साधारणसभा तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। वनका

अझै पढ्नुहोस्
समाचार

नागरिकको सुरक्षामा नेपाली सेनाको योगदान सह्रानीय : प्रदेश प्रमुख मियाँ

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नेपाली सेनाले नागरिकहरूको सुरक्षामा दिएको योगदान सह्रानीय रहेको भन्दै प्रशंसा गरेका छन् । सुदूरपश्चिम पृतना हेडक्वार्टरको आयोजनामा महाशिवरात्रि

अझै पढ्नुहोस्