TRENDING
Fanobet Registratie – stap-voor-stap handleiding voor nieuwe spelers in Nederland
Casoola Login – Probleme bei der Anmeldung und mögliche Lösungen
Vavada online casino w Polsce – darmowe spiny
Mobilní ruleta pro Android s vysokým RTP: Jak vyhrát v online kasinech
Next
Prev

गेटा आखाँ अस्पतालमा कार्यरत कर्मचारीहरूले प्रशासनबाट लामो समयदेखि अन्याय, दबाब र असुरक्षाको वातावरण सिर्जना

शेयेर गर्नुहोस

धनगढी/नेत्रज्योति संघ नेपाल अन्तरगत सञ्चालित  सुदूरपश्चिमको स्वास्थ्य सेवाको प्रमुख केन्द्रका रूपमा परिचित गेटा आँखा अस्पताल यतिबेला कर्मचारीमाथि हुने व्यवहार र श्रम अधिकारसम्बन्धी प्रश्नका कारण चर्चामा आएको छ।

अस्पतालमा कार्यरत कर्मचारीहरूले प्रशासनबाट लामो समयदेखि अन्याय, दबाब र असुरक्षाको वातावरण सिर्जना गरिएको गम्भीर आरोप लगाएका छन्।

कर्मचारीहरूका अनुसार अस्पताल प्रशासनले योग्यताका आधारमा नियुक्त भएका कर्मचारीलाई समेत स्वतन्त्र र सहज रूपमा काम गर्न नदिई विभिन्न बहानामा बर्खास्त गर्ने, सरुवा गर्ने तथा मानसिक दबाब दिने अभ्यासलाई निरन्तरता दिएको छ। उनीहरूले अस्पतालभित्र व्यावसायिक दक्षता र कार्यसम्पादनभन्दा पनि प्रशासनप्रति ‘आज्ञाकारी’ बन्नुपर्ने संस्कृति विकास गरिएको गुनासो गरेका छन्।

कर्मचारीहरूको भनाइमा अस्पतालमा सेवा दिनुभन्दा पनि आफ्नो जागिर जोगाउन संघर्ष गर्नुपर्ने अवस्था सिर्जना भएको छ। प्रशासनको निर्णय वा व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्ने कर्मचारीमाथि पटक–पटक स्पष्टीकरण सोध्ने, विभिन्न आरोप लगाउने तथा जागिर खोस्ने धम्की दिने गरिएको आरोप उनीहरूले लगाएका छन्।

अस्पतालभित्र काम गर्ने वातावरण क्रमशः कमजोर बन्दै गएको र कर्मचारीको मनोबल खस्किने अवस्था उत्पन्न भएको उनीहरूको दाबी छ। बेलाबेलामा आफ्ना समस्या र गुनासा व्यवस्थापनसमक्ष राख्दा समेत समाधान खोज्नुको सट्टा थप दबाब र त्रास सिर्जना गरिएको कर्मचारीहरूको भनाइ छ।

कर्मचारीहरूले नेपाल सरकारले गत आर्थिक वर्षको बजेटमार्फत वृद्धि गरेको मासिक ३ हजार रुपैयाँ महँगी भत्ता हालसम्म उपलब्ध नगराइएको विषय पनि उठाएका छन्। कानुनअनुसार प्राप्त गर्नुपर्ने सुविधा माग गर्दा उल्टै अपमानजनक व्यवहार र असहयोगको सामना गर्नुपरेको उनीहरूको आरोप छ।

कर्मचारीहरूले अस्पताल आफ्नो मूल उद्देश्यभन्दा टाढिँदै गएको समेत बताएका छन्। सर्वसाधारणलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा प्रदान गर्न स्थापित संस्था पछिल्लो समय सेवामुखीभन्दा व्यापारिक सोचतर्फ उन्मुख भएको आरोप उनीहरूको छ। यसले कर्मचारी मात्र नभई सेवाग्राहीसमेत प्रभावित हुन सक्ने उनीहरूको चिन्ता छ।

यिनै विषयलाई लिएर कर्मचारीहरूले मानव अधिकार आयोगमा  उजुरी दिएपछि निवेदनमाथि प्रारम्भिक अध्ययन गर्दै आयोगले अस्पताल प्रशासनसँग घटनाबारे स्पष्टीकरण तथा आवश्यक जानकारी मागेको  थियो ।

अस्पताल प्रशासनमाथि लागेका आरोप पछि  गेटा आँखा अस्पतालका प्रमुख चिकित्सा निर्देशक सुरेश राज पन्तसँग जानकारी लिँदा कर्मचारीले लगाएको आरोप सत्य नभएको दावी गरे । गेटमा आँखा अस्पताल नेत्र ज्योति संघ नेपाल अन्तरगत सञ्चालित भएकाले माथीकै निर्णय अनुसार काम कारवाही अगाडि बढ्ने भएकाले गत बर्ष सरकारले बढाएको ३ हजार महङ्गी भत्ता दिन केही ढिलो भएको स्विकार गरे । अहिले उक्त विषय पनि समाधान भैसकेको दावी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Fanobet Registratie – stap-voor-stap handleiding voor nieuwe spelers in Nederland

Casoola Login – Probleme bei der Anmeldung und mögliche Lösungen

Vavada online casino w Polsce – darmowe spiny

Mobilní ruleta pro Android s vysokým RTP: Jak vyhrát v online kasinech

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

लागूऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

धनगढी/अवैध लागूऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन । धनगढी उपमहानगरपालिका-२ राम जानकी मन्दिर नजिकबाट ३ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो

अझै पढ्नुहोस्