गाउँघरमा हराउदै मैलिक तिजको रौनक

शेयेर गर्नुहोस


धनगढी/कुनै समय थियो, जब तीजको रौनक गाउँघरमा मादलको ताल र मौलिक भाकाको गुञ्जनसँगै सुरु हुन्थ्यो । दिदीबहिनीहरू आँगनमा जम्मा भएर वर्षभरिका दुःख, वेदना र भोगाइलाई गीत मार्फत गाउँदै मादलको तालमा नाचेर मन हल्का गर्थे ।

दिनभरि काम अनि साँझ पर्नासाथ भेला हुने महिलाहरूले मादल बजाएर तिजका भाका गाउने चलन थियो । ती गीतहरू केवल रमाइलोका लागि मात्र नभई मनका पीडा, व्यथा पोख्ने माध्यम बन्थे ।

६१ वर्षीय कैलालीको घोडाघोडी नगरपालिका ८ की पार्वती देवी खत्री पुराना दिन सम्झिदै भनिन रोपाई सकिने बित्तिकै साउनको महिना बाट नै गाँउमा मादल घन्किन थाल्थे । सबै जम्मा भएर महिना दिनसम्म नाचगान गरिन्थ्यो । अब त ती सबै हराउँदै गए ।
६३ वर्षीय तोला देवी बिष्टको पनि सम्झना उस्तै छ ।

उहाँ भन्छिन “पहिले तिजमा महिलाले आफ्ना पीडा पोख्थे । गीत गाउने माध्यम नै हाम्रो आवाज थियो । अहिलेका गीत त भड्किला हुँदै गएका छन्, मनको बोझ बिसाउने ठाउँ हराएको जस्तो लाग्छ ।”


तर, आज समय फेरिएको छ । मादलको स्थान डिजे र आधुनिक सङ्गीतले लिएको छ । मनका बह पोख्ने मौलिक भाकाहरू भड्किलो र व्यावसायिक गीतहरूको भीडमा हराउँदै गएको कैलाली जिल्ला समन्वय प्रमुख टिका चौधरी भुल बताए ।


पुराना पुस्ताका लागि तीज केवल नाचगान र रमाइलो मात्र थिएन, यो महिलाहरूका लागि आफ्ना भावना व्यक्त गर्ने महत्त्वपूर्ण पर्व थियो । विवाहपछि घरपरिवार र समाजबाट भोगेका पिडा, माइतीको सम्झना जस्ता विषयहरू तीज गीतका मुख्य विषयवस्तु हुन्थे ।


६५ वर्षीय मैती बुढाथोकी आफ्नो पालाको तीज सम्झँदै भन्छिन , “माइत जान पनि तीज नै कुर्नुपथ्र्यो, त्यसमाथि लिन नआए जान पाइँदैनथ्यो । मादल मुजुराजस्ता परम्परागत बाजाहरूको तालमा गाइने यी गीतहरूमा भावनात्मक गहिराइ र मौलिकता थियो । अब त मादलको भाका सुनिन नै मुस्किल पर्छ, बुढाथोकिले भनिन ।

आधुनिकताको प्रभावः हराउँदै मादलको घिन्ताङ

पछिल्ला केही वर्षयता तीज गीतको स्वरूपमा ठुलो परिवर्तन आएको छ । आधुनिक सङ्गीत, भड्किलो भिडियो र व्यावसायिकताको होडमा तीजका मौलिक भाकाहरू ओझेलमा परेका छन् । भड्किलो खालका दुई अर्थ लाग्ने शब्दहरूको प्रयोग बढेको पाइन्छ, जसले गर्दा पुराना पुस्ताका मौलिक तिज गीतहरू हराउँदै गएको घोडाघोडी नगरपालिकाका उपप्रमुख गुलिया कुमारी चौधरी बताए ।
चौधरीले भनिन , मादल बजाएर तिजका भाका गाउँदै नाच्ने त कहिले कसो मात्रै देखिन्छ । अहिले त ति सबै कुराहरु लोप हुदै गएका छन् ।


तीजको मौलिकता हराउँदै जाँदा यसको सबैभन्दा ठुलो असर मादलजस्ता परम्परागत बाजाहरूमा परेको छ । कुनै समय तीजको पर्याय मानिने मादल आजकाल गाउँघरमा समेत कमै सुनिन्छ । आधुनिक र डिजिटल बाजाको प्रयोग बढेसँगै मादल बजाउने चलन पनि हराउँदै गएको छ । यसले एकातिर सांस्कृतिक पहिचानलाई कमजोर बनाइरहेको छ भने अर्कोतिर मादल बनाउने र बजाउने पेसामा संलग्नहरूलाई समेत असर पारेको छ ।

डिजेका कारण व्यवसायमा असर पुगेको लम्की चुहा नगरपालिका–३ का मादल व्यवसायी तीर्थ वादी बताए । “तीज, तिहार, विवाह हुने सिजनमा पहिले खुबै मादल बिक्री हुन्थ्यो”, उहाँले भन्नुभयो, “मादलको साटो बाख्रासम्म दिने गर्थे तर अहिले मादल बेच्न निकै गाह्रो पर्छ ।” तीर्थ भन्नुहुन्छ, “डिजेले मादल लोप भइसकेको छ जसले गर्दा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा आइपुगेको छ मादल बनाएर राखेको छु बिक्री हुँदैन ।”

मौलिकता जोगाउने प्रयास

तीज गीतमा बढ्दो विकृति र मौलिकता हराउँदै गइरहेको बेला यसलाई जोगाउने प्रयास पनि भइरहेका छन् । कैलालीको घोडाघोडी नगरपालिकाले मौलिक तीज गीत प्रतियोगिता आयोजना गरेर परम्परागत भाका र संस्कृति जोगाउने प्रयास गरेको छ । अघिल्लो बर्ष पनि आयोजना गरेको पालिकाले यस बर्ष सोमवार तिज प्रतियोगताको आयोजना गरेको हो । यस्ता प्रतियोगिताहरूले पुराना भाकाहरूलाई नयाँ पुस्तासम्म पुग्न मद्दत गर्ने र तीजको वास्तविक मर्मलाई जीवित राख्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको घोडाघोडी नगरपालिकाका नगर प्रमुख खड्क रावतले भने ।


तीज पर्वको सांस्कृतिक महत्वलाई जोगाइराख्नु सबैको दायित्व रहेको बताउँदै नगर प्रमुख रावतले भन्नुभयो, आधुनिकतालाई आत्मसाथ गर्दा आफ्नो मौलिकता र पहिचानलाई बिर्सन हुँदैन । मादलको ताल र मनका बह पोख्ने तीजका भाकाहरू केवल मनोरञ्जनका साधन मात्र होइनन्, यी हाम्रो समाज, संस्कृति र इतिहासका जीवन्त अभिलेख पनि हुन् ।

यिनको संरक्षण गर्नु भनेको हाम्रो आफ्नै पहिचानको संरक्षण गर्नु हो रावतले बताए । केही दिनअघि पनि घोडाघोडी महिला सञ्जालले मौलिक तीज मिलन कार्यक्रमको आयोजना गरेको थियो । घोडाघोडी मन्दिर नजिक महिलाहरू जम्मा भएर मादल बजाएर तीज गीत गाउँदै रमाइलो गरेको सञ्जालका अध्यक्ष रमा आचार्यले बताइन ।

“तीजको मौलिकता हराउँदै गएको छ”,उनले भने सुखदुख
साट्ने तीज अहिले भड्किलो हुँदै गएको छ, यसलाई जोगाउनका लागि तीज मिलन कार्यक्रम गरेका हौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Manfaat besar memahami strategi dan gates of olympus 1000 demo bagi pemain cerdas

Sfumature sorprendenti rivelano il segreto di uno sguardo perfetto con browinner per un risultato naturale

Aktuelle Strategien für Spieler, die zum Erfolg mit browinner casino gelangen wollen

Reel Chance in the Kaasino High-Roller Lounge

सम्बन्धितखवर

छुटाउनु भयो कि !