खो खो U21 प्रतियोगिता सम्पन्न , दुबै तर्फको उपाधी लुम्बिनी प्रदेशलाई

शेयेर गर्नुहोस

धनगढी /धनगढीमा प्रथम-U21 राष्ट्रिय पुरुष तथा महिला खो-खो प्रतियोगिता सुदुरपश्चिम प्रदेश स्तरिय धनगढी उप महानगर पालिका वडा ३ त्रिभुवन माध्यमिक बिधालय बोराडाडीमा सप्पन्न भएको छ ।

समापन समारोहका प्रमुख अतिथिको आसन बाट बोल्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपाने ले अन्य खेलहरु जस्तै खो खो खेल नेपाल तथा अन्तर्राष्ट्रिय जगतमा खेल खेलिदै छ । यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिए पनि सङ्घले यु–२१ उमेर समूहको प्रतियोगिता पहिलो पटक हो ।

प्रतियोगितामा महिला तथा पुरुष दुबै तर्फ लुम्बिनी प्रदेश प्रथम भएको छ भने पुरुष तर्फ दोस्रो सुदूरपश्चिम महिला तर्फ बाग्मती , तेस्रोमा पुरुषमा बागमती र महिला सुदूरपश्चिम भएका छन् ।
प्रतियोगिताको विजेता टोलीलाई २५ हजार, उपविजेतालाई १५ हजार र तेस्रो हुने टोलीलाई १० हजार रुपियाँ प्रदान गरिनेछ । यस्तै वेस्ट रनर र चेजरलाई १०/१० हजार रुपियाँ नगद पुरस्कार सहित प्रमाण पत्र दिएको थियो ।

प्रतियोगितामा कर्णालीबाहेक ६ प्रदेशका महिला र पुरुष टोलीको सहभागिता एक सय ४४ खेलाडी, २४ प्रशिक्षक र ६ जना टिम व्यवस्थापक गरी एक सय ७२ जनाको प्रत्यक्ष सहभागिता रहको सङ्घले जानकारी दिएको छ ।

नेपाल खो-खो संघका केन्द्रिय अध्यक्ष श्री प्रदिप महर्जन सभापतित्वमा भएको कार्यक्रम संचालन नेपाल खो खो संघका बरिस्ठ उपाध्यक्ष श्री छ्त्र बहादुर शाहीले गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य सुदुरपश्चिम प्रदेश खो खो संघका अध्यक्ष श्री कृष्ण बोहराले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

होमस्टेको प्रचारप्रसार गर्न भादा महोत्सव

जमुना न्युरे ,धनगढी / ग्रामिण क्षेत्रमा होमस्टेको प्रचलन बढ्दो छ । ब्यवस्थित होटल,लज नभएको स्थानमा होमस्टे एउटा राम्रो बिकल्प पनि हो । होमस्टेको छुट्टै बिषेशता

अझै पढ्नुहोस्
समाचार

मार्क्सवादी ज्ञान केन्द्रको प्रदेश भेला सम्पन्न

टीकापुर,मार्क्सवादी ज्ञान केन्द्रको भर्चुअल माध्यमबाट बुधबार राति भएको दोस्रो प्रदेश भेलाले सर्वसम्मतिबाट दुर्गाप्रसाद भण्डारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित प्रदेश समितिमा

अझै पढ्नुहोस्
राजनीति

टीकापुर विमानस्थल सञ्चालनमा ल्याएर छाेड्छु :- मन्त्री आले

टीकापुर/संस्कृत पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले टीकापुर विमानस्थल सञ्चालनमा ल्याएर छाेड्ने बताउनु भएको छ ।शुक्रबार टीकापुरमा विमानस्थलको स्थलगत अनुगमन गर्नुहुँदै मन्त्री आलेले साे कुरा

अझै पढ्नुहोस्
समाचार

उच्च अदालत दिपायलको उत्पेषणयुक्त परमादेशलाई मानेनन् बि अध्यक्ष र्टेराले

उच्च अदालत दिपायलले प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर गरेको उत्पेषणयुक्त परमादेशलाई गौरीगंगा नगरपालिका–८, लिक्मास्थित जनप्रिय माध्यमिक विद्यालयको व्यवस्थापन समितिले टेरेको छैन। उच्च अदालत दिपायलको गत जेठ

अझै पढ्नुहोस्