क्याम्पसले अनुसन्धान सम्बन्धि प्रथम राष्ट्रिय सम्मेलन गर्ने

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी/कैलाली बहुमुखी क्याम्पसले प्रथम राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको हो। शिक्षा, समाज, व्यवस्थापन र विज्ञानको क्षेत्रमा विद्यमान ज्ञान,सीप र अनुभवको उजागर गर्न दुई दिने राष्ट्रिय सम्मेलन आयोजना हुने भएको हो ।

बिहीवार धनगढीमा पत्रकार सम्मेलन गर्दै चैत १८ र १९ गते क्याम्पसले प्रथम राष्ट्रिय सम्मेलन गर्न लागेको बताइएको छ। सम्मेलनमा सुदूरपश्चिम विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, मध्यमाञ्चल विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र भारतको उत्तर प्रदेशको लखनउ विश्वविद्यालयलका अनुसन्धानकर्ता प्राध्यापकहरूको सहभागी रहने सम्मेलनका संयोजक सहप्राध्यापक मोहनसिंह साउँदले पत्रकार सम्मेलनमा बताए।

दुई दिनसम्म चल्ने सम्मेलनमा शिक्षा, समाज, व्यवस्थापन र विज्ञान विधामा ६२ जना अनुसन्धानकर्ताले अनुसन्धान पत्र प्रस्तुत गर्ने छन्। कैलाली बहुमुखी क्याम्पसको सभा हलमा चैत १८ गते ८ बजे सम्मेलनको उद्घाटन गरिने छ। उद्घाटन सत्रमा मुख्य वक्ताका रुपमा प्राध्यापक नन्दबहादुर सिंहलाई चयन गरिएको छ। दुई दिनसम्म विहान ८ बजेदेखि साँझ साढे तीन बजेसम्म सम्मेलनमा अनुसन्धान पत्र प्रस्तुति र छलफल गरिने संयोजक साउँंदले बताए।

पत्रकार सम्मेलनमा क्याम्पसका सहप्राध्यापक डाक्टर राजेन्द्रवीर चन्द, सहप्राध्यापक ठाकुरप्रसाद ढुङ्गेलले क्याम्पसले पहिलो पटक प्राज्ञिक सम्मेलन गर्न लागेको र यो कुरालाई क्याम्पसले निरन्तरता दिने बताएका छन्। सम्मेलनको उदेश्य समाजका मौलिक ज्ञान, व्यवहार र संस्कारको अध्ययन गरेर मौलिक ज्ञान र संस्कारको उजागर गर्नु रहेको आयोजकले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धनगढी बजार लगाएर आसपास क्षेत्र जलमग्न

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पत्रकार महासंघ कैलाली अध्यक्षमा श्रवण देउवा सर्वसम्मत चयन

धनगढी, २८ मंसिर/ नेपाल पत्रकार महासङ्घ कैलाली जिल्लाको अध्यक्षमा श्रवण देउवा सर्वसम्मत चयन हुनुभएको छ। प्रेस युनियन र प्रेस चौतारीको संयुक्त उम्मेदवारको रूपमा अध्यक्षको उम्मेदवारी

अझै पढ्नुहोस्
समाचार

दार्चुलामा मनाइने ऐतिहासिक जोलजिवी मेला सांस्कृतिक महोत्सव २०८० को उद्घाटन

जमुना न्युरे/ दार्चुला जिल्लामा मनाइने ऎतिहासिक जोलजिबी मेला साँस्कृतिक महोत्सव २०८० को उद्घाटन भएको छ । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री

अझै पढ्नुहोस्
समाचार

हत्याको बिराेधमा लम्कीमा राजमार्ग अवरुद्ध, ८ जना पक्राउ

टीकापुर/ कैलालीकाे टीकापुरमा खुकुरी प्रहारबाट एक युवकको हत्या भएपछि लम्किमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर १ का भुपेन्द्र बडुवालको खुकुरी

अझै पढ्नुहोस्
जीवनशैली

शितलहरले तराईको जनजिवन प्रभावित

अप्सरा बुढाटीकापुर/केही दिनदेखि चलिरहेको शीतलहरले गर्दा अत्याधिक जाडो बढन थालेपछि तराईको जनजीवन प्रभावित बनेको छ । गत पुस २८ गतेदेखि एक्कासि शीतलहर चल्न थालेपछि जाडो

अझै पढ्नुहोस्