कोरोनाले थलिएको र्‍याफि्टङ ब्यबसाय लयमा फर्किदै चिसापानी

शेयेर गर्नुहोस

जमुना न्युरे/कर्णाली र्‍याफि्टङ एन्ड एडभेन्चर प्रालीले कैलालिको कर्णालीमा र्‍याफि्टङ संचालन गरेको १० बर्ष भैसकेको छ ।
सुरुवाती दिनमा कर्णाली नदिमा संचालन गरेको र्‍याफि्टङ हाल कर्णाली संगै आसपासका क्षेत्रमा समेत सुरुवात गरेको कर्णाली र्‍याफि्टङ एन्ड एडभेन्चर प्राली चिसापानीका सन्चालक देबराज जैसीले बताएका छन् ।


नेपाल एसोसिएन अफ र्‍याफि्टङ एजेन्सी (नारा ) का केन्द्रिय सदस्य समेत रहेका जैशिले कर्णाली सङ्गै भेरी र सेती नदिमा र्याफि्टङ ब्यबसाय गरिरहेका छ्न ।अन्तरिक तथा बाहय पर्यटकहरुलाई लक्षीत गरि बोटिङ तथा र्‍याफि्टङ ब्यवसाय गरेका जैसीले बिदेशी पर्यटक भने कमै मात्रमा आउने गरेको बताए । उनले भने, बिदेशी पर्यटक नेपालको पुर्वी क्षेत्र तथा चितवन र पोखरा आसपास कै क्षेत्रमा केन्द्रित रहन्छ्न बर्दियाकी ठाकुरद्वार सम्म पनि पुग्छ्न ।


तर कर्णाली आउने र र्‍याफि्टङ गर्ने थोरै मात्र हुन्छ्न ।
विशेष गरि आन्तरिक पर्यटक नै लक्षित रहेको उनको भनाइ छ ।
जैसिले कर्णालीमा चलिरहेको र्‍याफि्टङ सेवा मार्फत हलाका लागि सोचे जति आम्दानी हुन नसकेको बताए । उनले भने , आउने दिनमा पर्यटन क्षेत्र नै बिकासको प्रमुख आधार रहेकाले आउने भबिस्य राम्रो छ ।


कम्पनी मा १५ जना कामदार रहेको बताउदै उनी भन्छ्न,उनिहरुको ज्याला,कार्यलय सन्चालन खर्च कटाएर बार्षिक २ लाख देखि ३ लाख सम्म आम्दानी हुने गरेको छ ।
कर्णाली पितमारिमा र्‍याफि्टङ / बोटिङको विशेष किसिमका प्याकेज संगै बोटिङको सुबिधा रहेको छ। पिकनिक खान जाने हरुको नजरमा समेत बोटिङ आकर्षणको केन्द्र बनेको छ । पिकनिक जाने टोलिहरुकै लागि भनेर जैसिले सहुलियत रुपमा १०० रुपैयाँमा बोटिङ गराउने गरेको बताए । पछिल्लो समयमा कोरोनाले थलिएको पर्यटन ब्यबसायहरुलाई सुदूरपश्चिम प्रदेश पर्यटन कार्यक्रम कार्यन्वयन इकाई धनगढीले आर्थिक तथा प्राबिधिक रुपमा सबल बनाउनका लागि सहयोग गर्दै सहजीकरण गर्ने गरेको पर्यटन कार्यक्रम कार्यन्वयन इकाइ धनगढीका निमित प्रमुख डबल बहादुर बोहराले बताए ।

ताजा खबर

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

Daily Cars And Truck Rental in Dubai: Whatever You Need to Know

Exactly how to Book a Private Yacht in Dubai

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बाघ गणनाका लागि राखिएका क्यामरा चोरी तथा तोडफोड

कंचनपुर/शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका मध्ये ३ जोडी क्यामरा चोरी तथा तोडफोड भएका छन् । निकुञ्जको बेलडाँडी र मालुबेला सेक्टरका क्यामरा तोडफोड तथा चोरी

अझै पढ्नुहोस्
लेखहरु

धर्तीपुत्रको रक्तकोषमा मुलुक बिरानोको कल्पना कहाँ हुन्छ र ?

रेशम चौधरी,टीकापुर/इन्द्रैलाई चाहिने पुष्पबाटीका, अप्सराले घेरिएको महादेव मगन भई धतुरोमा, नागले बेरिएको लङ्कैजल्दा पनि रावणलाई, सुनकै सिंहासनको चिन्ता भेद खोलेर भाइ मार्ने विभिषणलाई, केको बोध

अझै पढ्नुहोस्