कोरियामा २५ लाखले गुमाए रोजगारी, नेपाली पनि प्रभावित

शेयेर गर्नुहोस

नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ । गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्कअनुसार यहाँको बेरोजगारी दर गत अगष्टमा ०।१ प्रतिशतले वृद्धि भएर हाल ३.१ प्रतिशत पुगेको छ । यो सँगै वित्तीय सङ्कट उत्पन्न भई गत अगष्टमा रोजगारी गुमाउनेको सङ्ख्या पछिल्लो आठ महिनायताकै उच्च हो ।

यसको प्रत्यक्ष असर यहाँ श्रम गरिरहेका नेपालीहरूमा पनि देखिन थालेको छ । कम्पनीमा काम घट्न थालेपछि अतिरिक्त काम नहुने, रात्रि तथा दिवा वा अन्य सिफ्ट हुनेको एक सिफ्ट मात्र चल्ने, बिदाका दिन चलिरहेका कम्पनीहरू पनि नचल्ने, कतिपय कम्पनीले बेतलबी बिदा बस्न वाध्यात्मक अवस्था सिर्जना गर्ने, हप्तामा तीन वा चार दिन मात्र काममा बोलाउनेलगायतका कारण नियमित पाइरहेको आम्दानीमा गिरावट आउने तथा समयमा तलब पाउनसमेत मुस्किल भएको यहाँ श्रम गरिरहेका नेपालीहरूको भनाइ छ ।

यद्यपि एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले यो महामारीमा कोरियामा आम्दानी तथा काम घटे पनि विदेशी कामदारहरू विशेषगरी नेपालीहरू अझै सुरक्षित रहेको बताए। उनले कम्पनी बन्द भई बोरोजगार भएँ भन्ने एकाधबाहेक सुन्नु नपरेको र थोरै भए पनि आम्दानी भइरहनु सुखद कुरा हो भने ।

कोरियामा श्रम गर्ने नेपालीहरूको भिसा (इ–९) बलियो हुने र उनीहरूलाई कुनै समस्या परे श्रम नियमानुसार अधिकार लिन र कम्पनी परिवर्तन गरेर भए पनि रोजागरी बचाइराख्न सक्ने भएका कारण नेपालीहरूलाई खासै चिन्ता नहुने उनको धारणा छ ।

यहाँका मझौला तथा ठूला कम्पनीहरू विशेषतः बाह्य निर्यातमा निर्भर रहन्छन् । कोरोना माहामारीका कारण निर्यात घट्दा त्यसको प्रत्यक्ष असर साना कम्पनीलगायतमा पर्दा यहाँको श्रमबजारमा अत्यधिक उथलपुथल देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

दिगाे विकास बचत तथा ऋण सहकारीकाे साधारणसभा सम्पन्न,१६ लाख बढी नाफा कमाउन सफल

टीकापुर/टीकापुर ८ स्थित दिगाे विकास बचत तथा ऋण सहकारी संस्थाकाे साधारणसभा सम्पन्न भएको छ ।शनिबार बटनपुरमा सहकारी संस्थाको १७ ओै बार्षिक साधारणसभा सम्पन्न भएको हाे

अझै पढ्नुहोस्
Highlights

दुख झेलिरहेका छबिलाई फेरि ताराको दुख आयो

जमुना न्युरे,सुखड /आफै अपांगता जिवन बाँचिरहेका कैलालीको घोडाघोडी नगरपालिका-१ हिम्मतपुर शिविरका छविलाल चौधरीले सिकलसेल एनिमियाबाट ग्रसित आफ्नी श्रीमती तारा कुमारी चौधरीको जिवन रक्षाका लागी अपिल

अझै पढ्नुहोस्
समाचार

भौतिक मन्त्री देउवाले होलीलगत्तै सरकारले विश्वासको मत लिन्छु

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले होलीलगत्तै सरकारले विश्वासको मत लिने बताएका छन् । प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको होली मिलन कार्यक्रमम

अझै पढ्नुहोस्
समाचार

राष्ट्रिय मानव अधिकार आयोगको २४ औं स्थापना दिवस मनाइयो

धनगढी,१३ जेठ । राष्ट्रिय मानव अधिकार आयोगको २४ औं स्थापना दिवसको अवसरमा धनगढीमा एक कार्यक्रम गरी मनाईएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्य मन्त्री माननिय

अझै पढ्नुहोस्