TRENDING
Casino Balloon: новые горизонты онлайн‑казино в Казахстане
“Demonstration Crazy Time Cuma-cuma 2025 Gioca Con Assenza Di Registrazione Rtp 96 08%
ТОП-10 Секретных фишек Pinco, о которых не знают новички
Hvordan man vælger et casino uden om rofus for sportsvæddemål
+800 Jeux De Casino Gratuits Pour Débutants Sur Jeux Com
Next
Prev

कैलाली–४ बाट प्रतिनिधि सभा सदस्यमा कोइराला विजयी

शेयेर गर्नुहोस


धनगढी/कैलाली–४ बाट प्रतिनिधि सभा सदस्यमा खेमराज कोइराला विजयी भएका छन् । शिक्षा, सामाजिक सेवा र कृषि उद्यममा लामो अनुभव सँगालेका कोइराला अब संघीय संसदमा यहाँका जनताको प्रतिनिधित्व गर्ने जिम्मेवारीमा पुगेका छन् ।

यो क्षेत्रमा कुल मतदाता १ लाख १५ हजार १४३ रहेकोमा ६३ हजार २९१ मत खसेको थियो । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार कोइरालाले आफ्ना प्रतिद्वन्द्वी गोरखबहादुर विष्टलाई १७ हजार २५५ मतले पछि पार्दै जित हासिल गरे । 

उनले कुल २८,५५६ मत प्राप्त गर्दा बिष्टले ११ हजार ३०१ मत प्राप्त गरे । उनलाई पछ्याइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल रजवारले १० हजार ३५८ मत ल्याए भने एमालेका लेखराज भट्ट यो क्षेत्रमा चौथो स्थानमा झरेका छन् । उनले ९ हजार ४४४ मत प्राप्त गरे । यस्तै नेपाली कम्युनिस्ट पार्टीका हरिराम चौधरीले ५ हजार ६०९ मत प्राप्त गरे ।

२०३३ गौरीगंगाको मंगलपुरमा जन्मिएका कोइराला पेशाले शिक्षक र कृषक हुन । विविध अनुभवले भरिएका उनी यसअघि कुनै दलसँग आबद्ध थिएनन् ।  धनगढीस्थित पञ्चमी माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका उनले कैलाली बहुमुखी क्याम्पसबाट अंग्रेजी र अर्थशास्त्र विषयमा स्नातक गरेका छन् । त्यसपछि महेन्द्र बहुमुखी क्याम्पसबाट ग्रामीण विकास विषयमा स्नातकोत्तर अध्ययन गरेका छन् । 

भारतको कुमौन विश्वविद्यालयबाट अंग्रेजी विषयमा डबल मेजर अध्ययन गरेका उनी हाल महेन्द्र बहुमुखी क्याम्पसमा एलएलबीको अन्तिम वर्षमा अध्ययनरत छन् । कोइरालाले करिब २४ वर्ष शिक्षण पेशामा बिताएका छन् । शिक्षा क्षेत्रमै लामो समय काम गरेका उनले निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सनमा केन्द्रीय सदस्यका रूपमा पनि भूमिका निर्वाह गरिसकेका छन् ।

सँगै सामाजिक क्षेत्रमा पनि उनी सक्रिय रहे । लायन्स क्लब अफ गौरिगंगाका सदस्य रहेका उनको विभिन्न सामाजिक अभियान तथा सामुदायिक कार्यक्रममा सक्रिय सहभागिता रहँदै आएको छ । शिक्षण पेशासँगै उनले वैदेशिक रोजगारीको अनुभव पनि सँगालेका छन् । दक्षिण कोरियामा करिब दुई वर्ष काम गरेको अनुभव उनीसँग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Casino Balloon: новые горизонты онлайн‑казино в Казахстане

“Demonstration Crazy Time Cuma-cuma 2025 Gioca Con Assenza Di Registrazione Rtp 96 08%

ТОП-10 Секретных фишек Pinco, о которых не знают новички

Hvordan man vælger et casino uden om rofus for sportsvæddemål

+800 Jeux De Casino Gratuits Pour Débutants Sur Jeux Com

Kasyno Depozyt Paysafecard – Recenzja Eksperta

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिम सरकार: उच्च बन अधिकृत सरुवा कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले दसाैँ तहका बरिस्ठ डिभिजलन वन अधिकृतकाे समय नपुगेरै सरुवा गरेपछि त्याे निर्णय विवादित भएको छ। सुदूरपश्चिम प्रदेश सरकारकाे साउन ३० गतेकाे

अझै पढ्नुहोस्
समाचार

नियम विपरित सामाजिक सुरक्षा भत्ता लिनेबाट गरायो करिब आधा करोड फिर्ता

असोज १० सुखड– लाेकु सिंह ठकुरि/ कैलालीको बर्दगोरिया गाउँपालिकाले नियम विपरीत सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यक्तिहरूबाट करिब आधा करोड रुपैयाँ फिर्ता गराएको छ । विगत

अझै पढ्नुहोस्
समाचार

कैलाली- २ मा प्रलोपाका उम्मेदवार रावल ब्याक

कैलाली क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सूर्य बहादुर थापालाई सघाउने गरी प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार डम्बर बहादुर रावल ब्याक भएका छन्। आज कैलाली

अझै पढ्नुहोस्