कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता: चौथो दिनमा घोडाघोडी,पन्चकोशी र विजय स्पोर्ट्स क्लब विजयी

शेयेर गर्नुहोस

त्यसै गरी दिउँसो भएको दोस्रो खेलमा पन्चकोशी युवा क्लब लम्की र बिहानी युवा क्लब भजनी बिच भएको थियो । जसमा पन्चकोशी युवा क्लबले ३ गोल प्रहार गर्दे बिहानी युवा क्लब भजनीलाई हराएको थियो । निर्धारित खेल समयमा बिहानी युवा क्लब भजनीले १ गोल फर्काउन सफल भएको थियो । उक्त खेलको म्यान अफ द म्याच पन्चकोशी युवा क्लब लम्कीका खेलाडी देवीराम मगर घोषित भए ।

आजै भएको दिउँसो तेस्रो खेलमा स्टार सिटी धनगढी र विजय स्पोर्ट्स क्लब धनगढी बिच खेल भएको थियो । जसमा विजय स्पोर्ट्स क्लब धनगढीले ३ गोल प्रहार गर्दे स्टार सिटी धनगढीलाई हराएको थियो । निर्धारित खेल समयमा स्टार सिटी धनगढीले गोल फर्काउन सकेन । उक्त खेलको म्यान अफ द म्याच विजय स्पोर्ट्स क्लब धनगढीका सन्दीप क्षेत्री घोषित भएका थिए ।

वैशाख २८ गते देखी सुरु भएको जिल्ला लिग ज्येष्ठ १२ गते सम्म सञ्चालन हुने छ । कैलाली जिल्ला लिग फुटबल सङ्घको आयोजना र घोडाघोडी क्लबको स्थानीय आयोजनामा हुने प्रतियोगिता सुखड रङ्गशालामा सञ्चालन भइरहेको छ । प्रतियोगितामा जिल्लाका ए डिभिजनका ७, बी डिभिजनका ६ र क्वालिफायर्सका ७ टिम गरी २० टिमको सहभागी रहेको छ ।

ए डिभिजन लिनको विजेता क्लबले ७५ हजार र दोस्रो हुने क्लबले ३७ हजार ५ सय पुरस्कार पाउने छन् । त्यस्तै बी डिभिजनको प्रथम हुने टिमले ५० हजार तथा दोस्रो हुने टिमले २५ हजार पुरस्कार पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

काट्यो पत्र प्रदेश पर्यटन इकाई धनगढीले चिसापानीमा पर्यटन सुचना केन्द्रलाइ

जमुना न्युरे,धनगढी/काट्यो पत्र प्रदेश पर्यटन इकाई कार्यन्वयन कार्यक्रम धनगढीले चिसापानीमा रहेको पर्यटन प्रबर्द्धन तथा सूचना केन्द्रको भवन भन्दै चर्च बनाएको समिति का अध्यक्ष तपेन्द्र शाहिलाइ

अझै पढ्नुहोस्
समाचार

२० औँ साधारणसभा तथा सार्बजनिक सुनुवाइ सम्पन्न

जमुना न्युरे ,सुखड /कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा न ५ सेउकलिया मा रहेको फुलबारी सामुदायिक वन उपभोक्ता समुह सेउकलियाको २० औ वार्सिक साधारणसभा तथा सार्बजनिक

अझै पढ्नुहोस्
समाचार

कहिले रोकिन्छन् सरकार द्वन्द र बेपत्ता पारिएका परिवारहरुको आँसु

जमुना न्युरे,धनगढी/कैलाली जिल्लाको गौरिगंगा नगरपालिकामा बस्ने कृति चौधरीले राज्य परिवारबाट बेपता पारिएका आफ्ना श्रीमान अहिलेसम्म नत सास छ नत लास नै छ ,अहिले परिवारको सम्पूर्ण

अझै पढ्नुहोस्