कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता : क्वालिफायर्सको उपाधि सैपाल युवा क्लब गोदावरीले जित्यो

शेयेर गर्नुहोस

१२ जेठ,सुखड । कैलाली घोडाघोडी नगरपालिका–१ सुखड रङ्गशालामा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको क्वालिफायर्सको उपाधि सैपाल युवा क्लब गोदावरीले जितेको छ । पेनाल्टी शुटआउटमा भजनी युवा क्लब भजनीलाई हराएर उपाधि जितेको हो । समयमा दुई टिम बाट १–१ गोल भए पछि अन्तिममा पेनाल्टी शुटआउट भएको थियो । पेनाल्टी शुटआउटमा सैपाल युवा क्लब गोदावरीले ५ गोल हान्न सफल भयो भने भजनी युवा क्लब भजनीले ३ गोल हान्न मात्र सफल भयो ।

क्वालिफायर्सको उपाधि जिते सँग सैपाल युवा क्लब गोदावरी ‘वि’ डिभिजनमा उक्लेको छ । न्यु सुन्दर शक्ति युवा क्लब कैलारीलाई हराएर भजनी युवा क्लब भजनी फाइनमा प्रवेश गरेको हो भने टेक बहादुर चोखाल प्रतिष्ठान धनगढीलाई हराएर सैपाल युवा क्लब गोदावरी फाइनमा पुगेको हो । क्वालिफायर्सको उपाधिको लागी आज बिहान भजनी युवा क्लब भजनी र सैपाल युवा क्लब गोदावरी बिच खेल भएको थियो । उक्त खेलको म्यान अफ द म्याच भने सैपाल युवा क्लब गोदावरी गोल रक्षक दिनेश नेपाली घोषित भएका थिए ।

वैशाख २८ गते देखी सुरु भएको जिल्ला लिग ज्येष्ठ १२ गते सम्म सञ्चालन हुने छ । कैलाली जिल्ला लिग फुटबल सङ्घको आयोजना र घोडाघोडी क्लबको स्थानीय आयोजनामा हुने प्रतियोगिता सुखड रङ्गशालामा सञ्चालन भइरहेको छ । प्रतियोगितामा जिल्लाका ए डिभिजनका ७, बी डिभिजनका ६ र क्वालिफायर्सका ७ टिम गरी २० टिमको सहभागी रहेको छ । ए डिभिजन लिगको विजेता क्लबले ७५ हजार र दोस्रो हुने क्लबले ३७ हजार ५ सय पुरस्कार पाउने छन् । त्यस्तै बी डिभिजनको प्रथम हुने टिमले ५० हजार तथा दोस्रो हुने टिमले २५ हजार पुरस्कार पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

काम गर्ने सेवा प्रदायक निकायहरु सँग संवाद कार्यक्रम सम्पन्न

जमुना न्युरे ,धनगढी/ वैबाहिक आधारमा विभेद नगरौ भन्ने मुल नाराका साथ लैङ्गकि हिसाको क्षेत्रमा काम गर्ने सेवा प्रदायक निकायहरु सगं अन्तर सम्बाद कार्यक्रम धनगढिमा सम्पन्न

अझै पढ्नुहोस्
प्रदेश

सुदूरपश्चिममा मलको चर्को अभाव, किसान आक्रोसित

डोटीः गहुँ छर्ने बेलामा जिल्लामा युरिया मल नपाउँदा किसान आक्रोसित बनेका छन् । असोज अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीले यहाँका किसानको धानखेती बगाएपछि

अझै पढ्नुहोस्
समाचार

लोकतन्त्रकामा अभिव्यक्ति र प्रेस स्वतन्त्रता अनिवार्य छ : नेता महर

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले कांग्रेस लोकतान्त्रिक प्रणालीको अनुयायी भएकाले प्रजातन्त्र बाँच्नका लागि अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता

अझै पढ्नुहोस्
समाचार

खुल्ला आकाशमा भविष्य खोज्दै

जमुना न्युरे,सुर्खेत /असार साउनको भेल होस यात पुष माघको कठ्याङ्गीदो जाडोमा स –साना बालबालिका खालि खुट्टा शरीरमा एक सरो पातलो लाज ढाक्ने कपडामा खुल्ला आकाशमा

अझै पढ्नुहोस्