कैलाली जिल्लामा धान खेती उत्पादनमा वृद्धि

शेयेर गर्नुहोस

लबदेव धामी,धनगढी /  कैलाली जिल्लामा धान खेती उत्पादनमा वृद्धि भएको छ । गत बर्षको तुलनामा ६ हजार ५ सय मेट्रिक टनले वृद्धि भएको कृषि ज्ञान केन्द्र कैलालीका निमित्त प्रमुख हरि प्रसाद पनेरुले बताए ।

कैलाली जिल्ला भरीमा धान खेती हुने गरेको जमिन ६ हजार ५ सय हेक्टर क्षेत्रफल रहेको छ । जस्मा यस बर्ष धान उत्पादकत्व प्रति हेक्टर ४ दशमलव ८ मेट्रिक टन रहेको निमित्त प्रमुख पनेरुले सुदूरपत्र अनलाइनलाई जानकारी दिए ।

गत बर्ष ३ लाख ५ हजार ५ सय मेट्रिक टन उत्पादन भएको धान यस बर्ष बढेर ३ लाख १२ हजार मेट्रिक टन उत्पादन भएको पनेरुले बताए ।

यस्तै यस आर्थिक बर्ष २०८०/०८१ मा अन्य कृषि सम्बन्धि अनुदान , मल , बिउका लागि कृषि ज्ञान केन्द्र लागि परेको र यस बर्ष पनि कृषकहरुका लागि विभिन्न सेवा सुविधा रहेको समेत पनेरु जानकारी दिए । गहुँको विउ ७० देखि ७५ हेक्टरमा उत्पादन रहेको , ५० हेक्टरमा आलु, २० हेक्टरमा तोरी र १० हेक्टरमा मसुरोको बिउ समेत यस ज्ञान केन्द्रको मताहतमा उत्पादन भैरहेको बताए ।

यस्तै च्याउ खेतीमा , सुन्तला खेतीमा , बसन्ते मकै खेतीमा , ब्यबसायीक फलफूल खेतीमा समेत यो बर्ष काम गरिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

निजामती सेवामा फेरि आन्तरिक प्रतिस्पर्धा राख्न लबिङ

टीकापुर/ निजामती सेवामा आन्तरिक प्रतिस्पर्धाबाटै माथिल्लो पदमा जान पाउने व्यवस्था कायम राख्न लबिङ सुरु भएको छ । सरकारले ‘निजामती कर्मचारी सेवासम्बन्धी विधेयक’ फिर्ता लिएर पुनः

अझै पढ्नुहोस्
खेलकुद

नेपाललाई जेम्बावे ए को ८८ रनकाे सामान्य लक्ष्य

काठमाडौं । दोस्रो एकदिवसीय खेलमा जिम्बावे ए ले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टीयू  क्रिकेट मैदानमा टस हारेर

अझै पढ्नुहोस्
समाचार

चरा तथा जैविक विविधता संरक्षणका लागि कञ्चनपुरमा अभियान सञ्चालन

धनगढी/चरा तथा जैविक विविधता संरक्षणका लागि कञ्चनपुरमा अभियान सञ्चालन गरिएको छ । नेपाल पन्छी संरक्षण सङ्घ ९विसिएन०ले बेलौरी, पुनर्वास नगरपालिका, बेलडाँडी र लालझाडी गाउँपालिकामा चरा

अझै पढ्नुहोस्