कैलाली उद्योग वाणिज्यको निर्वाचन,मतदाता भेट्नमै व्यस्त ओझा प्यानल

शेयेर गर्नुहोस



धनगढी/कैलाली उद्योग वाणिज्य संघको भदौ २८ गते हुने निर्वाचनका लागि मैदानमा उत्रिएको पुष्करराज ओझा नेतृत्वको प्यानल मतदाता भेटघाटमा व्यस्त रहेको छ ।

ओझा नेतृत्वको प्यानलले मतदातालाई आफ्ना एजेण्डा सुनाउँदै मत माग्न थालेको हो । कैलाली उद्योग वाणिज्य संघको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्नका लागि ओझा नेतृत्वको पूरै प्यानल धनगढी बजारमा व्यवसायीका घरदैलो तथा व्यापारिक प्रतिष्ठानमा पुग्न थालेका छन् ।

आफूहरु व्यवसायी साथीहरुसँग मत माग्दै घरदैलो गर्न थालेको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार ओमबहादुर बिष्टले बताए । उनले भने,‘हामी आफ्ना एजेण्डा लिएर मतदाताको घरदैलोमै पुगेका छौँ ।’ मतदातालाई भेट्ने र व्यवसायीक हितका एजेण्डाहरु प्रत्येक पसल तथा व्यापारिक प्रतिष्ठानमा पुगेर मत मागिरहेको अध्यक्ष पदका उम्मेदवार पुष्करराज ओझाले बताए । उनले भने, ‘मतदाता भेट्दा उहाँहरु उत्साहित हुनुहुन्छ ।’


आफूले निर्वाचन जितेपछि व्यवसायीको हक र हितका लागि सधै तत्पर रहने बताउँदै उनले भने, ‘उद्योग वाणिज्य संघमा दर्ता हुने व्यवसायीलाई एक लाख रुपैयाँ बराबरको दुर्घटना विमा सुविधा निःशुल्क उपलब्ध गराउने, विपद् वा संकटमा प्रभावित व्यवसायीलाई तत्काल राहत तथा पुनस्र्थापनामा सहयोग गर्ने जस्ता १५ वटा प्रतिवद्धता व्यक्त गर्दछु ।’


कैलाली उद्योग वाणिज्य संघको दुई कार्यकाल वरिष्ठ उपाध्यक्ष रहेर काम गरिसकेका ओझा सामाजिक संघसंस्थामा पनि उत्तिकै क्रियाशील छन् । उनी नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका उपाध्यक्ष, सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसन प्रदेश अध्यक्ष, ह्युमानिटी फाउण्डेसन नेपालका उपाध्यक्ष, नेपाली य’वा उद्यमी मञ्चका संस्थापक अध्यक्षसमेत रहेर काम गरिसकेका अनुभवी व्यक्तित्व हुन् ।


उनको प्यानलमा वरिष्ठ उपाध्यक्षमा ओमबहादुर बिष्ट, उपाध्यक्ष (उद्योग) वासुदेव भट्ट, उपाध्यक्ष (एसोसियट) मनोज अग्रवाल, उपाध्यक्ष (वाणिज्य) गगनराज केसी, उपाध्यक्ष (वस्तुगत) भीमराज ओझा (अबु), महासचिवमा दिनेश लम्साल, कोषाध्यक्षमा सुरेन्द्रबहादुर कडायत, सचिवमा कृष्णाकुुमारी बिष्ट, सदस्यहरुमा अजय पाण्डेय, बमबहादुर कुँवर, धु्रवराज दाहाल, कमला भट्टराई, पदमबहादुर सिंह, प्रजापति जोशी (प्रकाश), रेखा बास्तोला, सुरजबहादुर रैका, सुरेश सापकोटा, ई. तर्कराज भट्ट, टेकबहादुर खड्का, अनुप भण्डारी र विन्दु सुनार रहेका छन् ।

ताजा खबर

Exactly how to Get an ESA Letter Near You: A Comprehensive Guide

Can My Health Care Physician Create an ESA Letter?

Explore Online Slot Machines With Free Bonus Play

The Ultimate Guide to Online Roulette Gambling

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

अतिक्रमण क्षेत्रमा गएर फुलमाला लगाउदै बन मन्त्री

जमुना न्युरे,धनगढी/सुदूरपश्चिम प्रदेशको उधोग पर्यटन वन तथा वातावरण मन्त्रालयका मन्त्री लक्ष्मण किसोर चौधरीले कैलाली जिल्लाको भजनी नगरपालिका वडा १ रहेको मोहन्याल सामुदायिक बनमा वन कार्यलय

अझै पढ्नुहोस्