कैलालीमा ३० प्रतिशत धानवालिमा क्षति, राहत दिनुपर्ने स्थानीयकाे माग

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीमा अविरल रुपमा आएको बेमौसमी वर्षा र बाढीका कारण ३० प्रतिशत धानवालिमा क्षति भएको छ ।

कैलाली जिल्लाको टीकापुर,भजनी, कैलारि, जानकी, जोशीपुर, गौरीगंगा, घोडाघोडी, लम्कीचुहा र गोदावरीमा सबैभन्दा बढी धानबालीमा क्षति भएको तथ्यांकले देखाएको छ । धानवाली भित्र्याउने बेला बाढीले नाेक्सान गरेपछि स्थानीयले सरकारलाई उचित राहतकाे व्यवस्था गर्नुपर्ने माग राखेका छन् । यस वर्ष खाद्य संकट नै आउने गरी क्षति भएको सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताउनुभयाे ।

उहाँले किसानले काट्न बाँकी राखेको धान पनि ढलेर कुहिने अवस्थामा रहेको बताउनुभयो ।
जाेशिले बेमौसमी झरीले धानबालीमा अपूर्णिय क्षति भएको भन्दै क्षतिको एकिन तथ्यांक संकलभइरहेको बताउनुभयो ।

कैलालीमा मोहन्याल र चुरेबाहेक ११ पालिकामा धानबालीमा भएको क्षतिको प्रारम्भिक अध्ययनअनुसार ७० हजार ५ सय हेक्टरमध्ये २१ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति भएको तथ्यांक आएको छ ।

ताजा खबर

Mobile casino fruit machines: what Aussie players should weigh before spinning

मान्छेको ज्यान लिएको बाघको गतिविधि गाउँतिर

Nowe kasyno online BLIK: wszystko, co musisz wiedzieć

सम्बन्धितखवर

छुटाउनु भयो कि !

1win KZ скачать на Андроид: мобильные ставки в Казахстане

Казахстанский беттинг переживает настоящий бум.Ещё пару лет назад большинство игроков делали ставки с ноутбуков или по старинке – через терминалы.Сегодня всё иначе.Мобильный интернет в Казахстане

अझै पढ्नुहोस्