कैलालीमा विधुतिय पासोबाट वन्यजन्तुको चोरी सिकारी

शेयेर गर्नुहोस

जमुना न्युरे,चौमला/कैलालीमा बिधुतिय पासोबाट बन्यजन्तुको चोरी सिकारी बढेको पाइएको छ । कैलालीको गौरिगंगा नगरपालिकामा पर्ने बनहरुमा बिधुतिय पासो हालेर बन्यजन्तुको चोरी सिकारी भइरहेको पाइएको छ ।


गौरिगंगा नगरपालिकाको नवदुर्गा सामुदायिक बनभित्र बिधुतिय पासो हालेर बन्यजन्तुको चोरी सिकारी भइरहेको हो । करिब १ बर्षदेखी बन्यजन्तु चोरी सिकारी भइरहँदा समेत स्थानिय प्रशासन र बन डिभिजन कार्यालय सिकार गर्ने गिरोहसम्म पुग्न सकेको छैन । कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर ६ मा पर्ने नवदुर्गा सामुदायिक बनभित्र बिधुतिय पासोमा परेर ज्यान गएको चित्तल स्थानियले फेला पारे । सामुदायिक बन उपभोक्ता समुहका पदाधिकारीहरुले पासोमा परी मृत अवस्थामा फेला परेको चित्तललाई सव डिभिजन बन कार्यालय चौमला र प्रहरीको सहयोगमा सब डिभिजन बन कार्यालयमा राखेको छ । आइतबारको मात्रै घटना होइन नवदुर्गा सामुदायिक बनबाटै यसअघीपनि चित्तल लगायतका मृगहरु मृत अवस्थामा फेला परिसकेका छन् ।

यसको मुख्य कारण भने बिधुतिय पासो नै हो । छेउमै रहेको आनन्द सामुदायिक बनको कार्यालय संगै रहेको बिधुतिय लाइतबाट पासो थाप्नकै लागी सिकारीले तार तानेको स्थानिय पुरन सिहं कडायतले बताए । करिब ५ सय मिटर लामो तर तानेर बिछाइएको पासोमा परी जंगली जनावर मात्रै होइन, घर पालुवा गाई बस्तुहरु समेत मरेका छन्, कडायतले भने “म यहाँको बिधुतको अध्यक्षपनि हो, राती एक्कासी बत्ती जाने समस्या भएपछि हामीले यसको खोजी गरेका थियौँ, यो पासोमा जनावर पर्दा सबै ठाउँ बत्ती गएर अन्धकार हुने भयो, के रहेछ भनेर हेर्दा यहाँ जंगलमा करेन्ट छरिएको पाइयो, हामीले प्रहरी र बन कर्मचारीहरुलाई बोलाएर मरेको चित्तललाई बन कार्यालय लग्यौँ र थप अनुसन्धानका लागी आग्रह गरेका छौँ ।”

बनमा यसरी करेन्ट लगाएर जनावर मार्नु गैर कानुनी रहेको स्थानिय भरत कुँवर बताउँछन् । संका लागेर खोज्दै जाँदा सिमित मात्रामा मृत अवस्थाका मृग भेटिएपनि बिधुतिय पासोबाट सयौँ मृग तस्करी भइसकेको छ उनले भने “चोरी सिकारी नियन्त्रण गर्नका लागी स्थानिय प्रशासन संगै बन कार्यालय चुकेको छ समयमै यसको नियन्त्रणमा ध्यान नदिए बन्यजन्तुको नास हुनुका साथै ठुलो मानविय क्षतीपनि हुनसक्छ ।”


बिधुतिय पासोका कारण एकातर्फ बनमा रहेका जनावरहरुको चोरी सिकारी बढेको छ भने, अर्को तर्फ आम बन उपभोक्ताहरुमा समेत करेन्टबाट ज्यान जाने खतरा बढेको छ । एक सामुदायिक बनबाट अर्को सामुदायिक बनसम्म तानिएको तारबाट बन्यजन्तु सिकार हुनु बनकर्मीकै संलग्नता त होइन भन्ने शंकामा स्थानिय छन् । यस बारे स्थानिय प्रहरी, सव डिभिजन बन कार्यालय, गौरिगंगा नगरपालिकालाई जानकारी गराइसक्दा सम्म नियन्त्रण अँझै हुन नसकेको नवदुर्गा सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष चिरञ्जिवी छेडालले बताए । हामी आफैले यसको नियन्त्रणमा जुटेपनि चोरले फेरी कुनै न कुनै जुक्ती निकालिरहेका कारण प्रशासन कडा रुपमा नलाग्दासम्म नियन्त्रण गर्न चुनौती रहेको उनले बताए ।

दैनिक सयौँ मानिस आवतजावत हुने बाटोबाटै सिकारीहरुले बिधुतिय तार तानेको स्थान छ । तर यस तर्फ आम नागरिक संगै सव डिभिजन बन र प्रहरीको त्यती नजर पर्न सकेको छैन । सव डिभिजन बन कार्यालय गौरिगंगाका निमित्त प्रमुख ओम प्रकास उपाध्यायले भने बन्यजन्तु चोरी सिकारीको खबर आउना साथ स्थानिय प्रशासनको सहयोगमा गस्ती तथा खोजतलासको काम गरिरहेको दावी गरेका छन् ।
घट्नाको अनुसन्धान गरि दोषिलाई वन ऎन२०७६ अनुसार कानुनी कारबाही गरिने उपाध्यायले जानकारी दिए ।

ताजा खबर

The Comprehensive Guide to Pettable ESA Letter Expenses

Feinste Online Portomaschinen: Ein Leitfaden für das ultimative Pc-Spiel-Erlebnis

The Home Associated With Online Slot Games

बिरबहादुरको एक कलले बचायो करिब ३० परिवार

Quais os casinos online legais mais populares em Portugal que conquistam os jogadores?

Entdecken Sie die spannende Welt der Echtgeld Online-Casinos

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुरमा ठकुल्ला सेवा समाजकाे साधारण सभा सम्पन्न

टीकापुर/ टीकापुरमा ठकुल्ला सेवा समाज कैलालीको दोश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजका अध्यक्ष गगनसिंह ठकुल्लाको अध्यक्षतामा भएको साधारण सभामा संविधानसभा सदस्य हरिश ठकुल्ला

अझै पढ्नुहोस्