कैलालीमा दुई दिने खेलकुद पत्रकारिता तालिम सम्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी /कैलालीमा दुई दिने खेलकुद पत्रकारिता तालिम सम्पन्न भएको छ । जिल्लाको चुरे गाउँपालिका स्थित खानीडाँडामा हिजोदेखि सुरु भएको दुई दिने खेलकुद पत्रकारिता तालिम आज सकिएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिमको सहकार्यमा नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले तालिमको आयोजना गरेको हो ।

तालिमको एक कार्यक्रमका बिच समापन गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावल रहेका थिए । हिजो आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव विश्वदिप बेस्राले तालिमको उद्घाटन गरेका थिए ।


तालिमममा सहभागी पत्रकारहरुलाई वरिष्ठ एथ्लेटिक्स प्रशिक्षक तथा त्रिभुवन विश्वविद्यालयका खेल तथा विज्ञानका प्राध्यापक शुसिल नरसिंह राणा, नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य नविन लुइटेल, टेलिभिजन खेल पत्रकार अनन्त वाग्ले, खेल पत्रकार यज्ञराज जोशी लगायतले दुई दिनसम्म प्रशिक्षण दिएका छन् । तालिममा विभिन्न जिल्लाहरुका ४० बढी पत्रकारको सहभागिता रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

सरकारको प्रस्तावित विधालय शिक्षा ऎन विरुद्ध शिक्षकहरु आन्दोलित

धनगढी/कैलाली शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय परिसरमा आज बिहान १० बजे देखि आन्दोलन गर्दै धर्नामा बसेका शिक्षिकाहरु देउडा मार्फत सरकारलाई ध्यानाकर्षण गराए । सधै

अझै पढ्नुहोस्
पर्यटन

पुरैना तालमा पुन निर्माणका लागि माटोको ड्याम बनाउँदै

जमुना न्युरे,भजनी/कैलालीको भजनी नगरपालिका– ७, लालबोझीमा मोहना नदीको बाढीले पुरेपछि खेत बनेको एक सय ४४ बिघाको पुरैना ताल ब्युँताउन थालिएको छ । डिभिजन बन कार्यलय पहलमानपुरले

अझै पढ्नुहोस्
समाचार

नि:शुल्क पाइने औषधी समेत उपलब्ध छैन स्वास्थ्य संस्थामा

जमुना न्युरे / कैलाली सुगम जिल्लाको रुपमा चिनियता पनि दुई गाउँ पालिकाहरु भने निकै दुर्गममा रहेका छन् । झट्ट सुन्दा कैलाली जिल्लामा पनि पिउने पानी,

अझै पढ्नुहोस्
समाचार

१ दिने कान तथा दातको निशुल्क जाँच शिविर मसुरियामा सप्पन्न

सुखड/गौरीगंगा नगर स्तरीय मेलमिलाप केन्द्र चौमलाको आयोजनामा,नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाको सहकार्य तथा ९ न. वडा कार्यालयको समन्वयमा १ दिने कान तथा दातको निशुल्क जाँच

अझै पढ्नुहोस्