कैलालीको घोडाघोडीमा लोपोन्मुख सालक भेटियो

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/ कैलालीमा लोपोन्मुख सालक फेला परेको छ । जिल्लाको घोडाघोडी नगरपालिका ५ वनखेत शिबसमाज सामुदायिक बन छेउमा रहेको खानेपानी ट्यान्की नजिक बाट लोपोन्मुख सालक फेला परेको हो । आइतबार   राति बनखेत गाउँ पस्दै गरेको अवस्थामा स्थानीयहरूले सालकलाई देखेका थिए ।  आइतबार   राति नै बनकर्मी राजु मिनेलको नेतृत्व मा गयको टोलीले सालकको उद्धार गरेको  सब डिभिजन वन कार्यालय सुखडका प्रमुख नितेश राज भट्टराईले बताए दिए ।

आइतबार   राति नै सालकलाई उद्धार गरी सब डिभिजन वन कार्यालय सुखडमा राखिएको छ । सालक भेटिएपछि एकाबिहानै सब डिभिजन वन कार्यालय सुखडमा हेर्ने मान्छेको भीड लागेको थियो । सालक १५ के.जि तौल र ३ .५ फिट लामो भाले सालक रहेको छ । दुर्लभ सालकलाई उद्धार गरेर उसकै प्राकृतिक वासस्थान छोड्ने तयारी भइरहेको बताईएको छ । उक्त सालकलाइ बर्दिया राष्ट्रिय निकुञ्जमा छोडिने डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरले जानकारी दिए ।

सालक नेपालमा अति लोपोन्मुख वन्यजन्तुमा पर्ने भए पनि छालाका लागि चोरी तस्करी हुँदै आएको बताइन्छ । कैलालीमा यसको सङ्ख्या अति न्यून रहेको छ । स्थानीय थारु भाषामा सालमच्छी र नेपालीमा तामे सालक भनेर चिनिने सालकको अङ्ग्रेजी नाम पेङ्गोलिङ्ग प्राय नेपाल, भारत, चीन लगायतका दक्षिण एसियाली राष्ट्रहरू तथा अफ्रिकाका उष्ण भू–भागमा पाइन्छ । शरीरमा ठुलठुला कत्लाले ढाकेको र खबटामुनि पहेँलो जगर जस्ता रौँ उम्रेका हुन्छन्।
पुच्छरको सहायताले रुखको हाँगामा झुन्डिने यो जनावर खतरा महसुस भएमा त्यसबाट जोगिन डल्लो पर्ने संरक्षण विद्को भनाइ छ
दुई हजार ५०० मिटर उचाइको सालको जङ्गलमा भेटिने सालकको दाँत नभए पनि ६० देखि ७० सेन्टिमिटरसम्म फैलने जिब्रोको सहायताले धमिरा र कमिला खान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पालिकाले प्रधानाध्यापक नियुक्त गरे विद्यार्थीले आन्दोलन सुरु

कैलालीको घोडाघोडी नगरपालिकाले  शिक्षा नियमावली २०५९ विपरीत प्रधानाध्यापक नियुक्त गरेपछि विद्यार्थीले आन्दोलन सुरु गरेका छन्।  शिक्षा नियमावली २०५९को नियम ९३  मा विद्यालयको प्रधानाध्यापकको नियुक्ति सम्बन्धी अधिकार सम्बन्धित

अझै पढ्नुहोस्
समाचार

डब्लुडब्लुजेको अध्यक्षमा खड्का

काठमाडौँ/क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) को अध्यक्षमा रामकला खड्‌का चयन हुनुभएको छ । हिजो भएको १२औं साधारणसभा तथा सातौँ अधिवेशनको सर्वसम्मतिबाट उहाँ अध्यक्षमा चयन हुनुभएको हो।

अझै पढ्नुहोस्
समाचार

मुख्यमन्त्री कमल बहादुर शाह र आर्थिक मन्त्री नरेश कुमार शाही संगको भेटमा

धनगढी/सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री कमल बहादुर शाह ज्युले जल तथा उर्जा मन्त्री माननीय शक्ति बहादुर बस्नेतज्युलाई भेटघाट गर्नुभएको छ। उक्त भेटघाटमा सुदूरपश्चिम प्रदेशको बिकासका

अझै पढ्नुहोस्
समाचार

गेटामा अस्पताल सफल भए मात्रै विश्वबिद्यालय : स्वस्थ्य मन्त्री बस्नेत

धनगढी, १६ पुस/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतले गेटामा तत्काल मेडिकल विश्व विद्यालय बनाउन एकजुुट भएर लाग्न आग्रह गरेका छन् । मन्त्री बस्नेतले सुदूरपश्चिमका नागरिकले

अझै पढ्नुहोस्